प्रधानमन्त्री ओली चीनमा, हेर्नुहोस १० फोटोमा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणको क्रममा बेइजिङमा छन् । प्रधानमन्त्री ओली मंगलबार बिहान १ सय १९ जनाको जम्बो टोलीसहित चीन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

यसअघि बुधबार बिहन प्रधानमन्त्री ओलीले नेपाल–चाइना बिजनेश फोरमलाई बेइजिङमा सम्बोधन गरेका थिए ।

ओलीले एसियाली पूर्वाधार तथा लगानी बैंकका अध्यक्ष जेन लिक्यूनसँग समेत भेटवार्ता गरेका छन् ।

तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका नायक माओत्से तुङको समाधीस्थलमा पुगेर ओलीले श्रद्धान्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका नायक माओत्से तुङको समाधीस्थलमा पुगेर श्रद्धान्जली अर्पण गर्दै ।

प्रधानमन्त्री ओली र एसियाली पूर्वाधार तथा लगानी बैंकका अध्यक्ष जेन लिक्यूनबीच भेटवार्ता हुँदै ।

चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल ।

चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुईलाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षरपछि हात मिलाउँदै संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु या ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल–चाइना बिजनेश फोरमलाई बेइजिङमा बुधबार सम्बोधन गर्द ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: