नेपाल कम्युनिस्ट पार्टीको दर्ता खारेज माग गर्दै सर्वोच्चमा रिट दायर


काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले बिहीबार संविधान र कानुन विपरित रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

‘दल दर्ताका लागि सो पार्टीको केन्द्रीय समितिमा एक तिहाई महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था’ विपरित सो पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए।

रिटमा संविधान र दल दर्ता ऐन बमोजिम सो दल र अन्य दलहरुलाई पनि दल दर्ता गर्न गराउन तत्काल परमादेश जारी गर्न पनि माग गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

निर्वाचन आयोगले गत जेठ २३ गते केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दल दर्ता गर्ने निर्णय गरेको थियो। सोही निर्णय संविधान र दल दर्ता ऐन विपरित भएकाले खारेज गर्नुपर्ने रिट निवेदकद्धय वरिष्ठ अधिवक्ता भण्डारी र अधिवक्ता तुलाधरको दावी छ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: