एनजीओ पदाधिकारीको सम्पत्ति विवरण खोज्दै गृह


काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत पदाधिकारीहरुको सम्पत्ति विवरण खोज्न थालेको छ ।

मन्त्रालयले बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै जिल्लामा रहेका एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउन निर्देशन दिएको हो ।

गृह स्रोतका अनुसार संकलन गरिएको सम्पत्ति विवरण गोप्य शिलबन्दी गरेर पठाउन र त्यसै गरी संकलन गर्नु पर्ने पत्रमा उल्लेख गरिएको छ । गृहको निर्देशनमा एनजीओ र आईएनजीओमा कार्यरत् कर्मचारीहरुको सम्पत्ति विवरण भने पेश गर्नु पर्ने उल्लेख छैन ।

यसअघि गत २४ जेठमा गृहमन्त्री रामबहादुर थापालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले एनजिओ र आईएनजिओको गतिविधि नियन्त्रण गर्न आग्रह गरेकी थिइन् । दुई मन्त्रीकाबीच भएको छलफलने एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित यसको नियमन गर्ने निर्णय भएको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: