आजदेखि शुरु हुँदै विश्वकप फुटबलको महासंग्राम, रुस र साउदी अरेबिया भिड्ने


मस्को । फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ आज सुरु हुँदैछ ।

पूर्वी युरोपमा पहिलो पटक आयोजना भएको विश्वकपको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबीयाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल मस्कोको लुजनिकी रङ्गशालामा एक भब्य समारोहकाबीच नेपाली समयानुसार राती पौने ९ बजे सुरु हुनेछ ।

सो अघि प्रतियोगिताको उद्घाटन हुनेछ ।

३२ राष्ट्र सहभागी महाकुम्भको खेलहरु रुसका १० शहरमा आयोजना हुनेछन् ।

ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन उपाधि दाबेदार मानिएका छन् ।

अर्जेन्टिना, इङ्ल्याण्ड, बेल्जियम, पोर्चुगल त्यसपछिको सूचीमा परेका छन् ।

आयोजक रुसलाई समूहचरण पार गर्ने निकै ठूलो चुनौती रहेको खेल जानकारहरु बताउछन् ।

२१ औं संस्करणको विश्वकपको उद्घाटन खेल, फिफा वरियतामा पछाडि रहेका दुई टोलीबीचको प्रतिस्पर्धाबाट सुरु हुन लागेको हो ।

७० औं वरियतामा रहेको आयोजक रुसले आफ्ना पछिल्लो ७ खेलमा जित दर्ता गर्न सकेको छैन ।

वरियताको ६७ औं स्थानमा रहेको साउदी अरेबीया एसियाबाट सीधै छनोट भएको हो । साउदी ओसामा हावसावी र रुस ईगोर ईफिनकिभको कप्तानीमा मैदान उत्रनेछन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: