यसकारण अावश्यक छ शाकाहारी भाेजन


बनस्पतिबाट प्राप्त खानेकुराहरुलाई शाकाहार भनिन्छ भने पशुपन्छीको मासु र रगतबाट प्राप्त खानेकुराहरुलाई मांसाहार भनिन्छ. अन्डा, दुध, दहि समेत न खानेलाई पूर्ण शाकाहारी (Vegan) भनिन्छ ।
नेपाल अहिंसाप्रेमी शाकाहारी समाजले किन शाकाहारी बनौ अभियान संचालन गर्नु पर्यो त ?  
१. पृथिवीको जलवायु तथा मौसम परिवर्तनको प्रमुख कारणहरु मध्ये मांसहारले ठुलो हिस्सा लिएको छ l
पृथिवीको तापक्रम बढ्नुलाई Global Warming भनिन्छ. जुन हरित गृह ग्यास (ग्रिनहाउस ग्यास) उत्पादन हुनको मुख्य कारणहरु पानीको बाफ,कार्बनडाइ अक्साइडमिथेन ग्यासनाईट्रस् अक्साइड ग्यास र ओजोन ग्यास पर्दछ l जनवारबाट कार्बनडाइ अक्साइड, मिथेन ग्यास र नाइट्रस् अक्साइड ग्यास उत्पादन हुन्छ l  जनवारहरुले उत्पादन गर्ने मिथेन ग्यास र नाइट्रस् अक्साइड ग्यास हरित गृह ग्यास उत्पादन गर्न क्रमशः २० र ३०० गुणा कार्बनडाइ अक्साइड भन्दा बढी हुन्छ l मासु र दूधको लागि पालेका पशु पन्छीहरुबाट हरितगृह ग्यास (Greenhouse gas) उत्पादन १८% भन्दा बढी हुने गर्दछ l जनावरबाट संसारभर ७.१ अरब टन कार्बनडाइ अक्साइड२.२ अरब टन कार्बनडाइ अक्साइड बराबरको मिथेन ग्यास२.२ अरब टन कार्बनडाइ अक्साइड बराबरको नाइट्रस् अक्साइड ग्यास उत्पादन गर्दछन् l पृथिवीको जलवायु तथा मौसम परिवर्तनको समस्या भनेको भूकम्प भन्दा ज्यादैनै ठुलो छ l त्यसैले पृथिवीलाई जोगाउन शाकाहारी जीवनशैली अपनाउनुको विकल्प छैन l 
२. भोकमरी समस्याको प्रमुख कारण मांसहार हुन्  l
संयुक्त राष्ट्रसंघले सार्बजनिक गरेको तथ्यांकअनुसार संसारभर प्रतिदिन २१००० अर्थात् प्रतिबर्ष ७६,६५,००० व्यक्तिहरु भोकमरी र भोकसंग सम्बन्धित कारणहरुले मर्दछ. यसैगरी संसारभर प्रतिबर्ष ८७ करोड व्यक्तिहरु दुइ छाक राम्ररी खान नपाउने रहेकोछ. यो विषम परिस्थिति मांसहारसंग सम्बन्धित छ.
किनकी चरण नभएको व्यवसायिक मासु उत्पादनमा १ केजी गाई, सुँगुर, कुखुरा र माछाको मासु उत्पादन गर्नलाई क्रमशः ७, ४, २.२ र १.२ किलो अन्न खुवाउनु पर्छ l बिकसित देशमा ७०% अन्न पशुपन्छीलाई खुवाएर मासु उत्पादन गर्नको लागि खर्च गर्दछ भने बिकसिल देशमा ४०% अन्न खर्च हुन्छ l एक अध्ययनले ३२ करोड जनसंख्या भएको अमेरिकाले मात्र शाकाहारी भईदिएर जनावरलाई खुवाउने अन्न मान्छेलाई खुवाउने हो भने ८० करोड अन्य व्यक्तिलाई खुवाउन पुग्छ l त्यसैले भोकमरीको समस्याबाट जोगाउन शाकाहारी भोजन/जीवनशैली अपनाउन अनिवार्य भै सकेको छ l
३. मांसाहारले निम्न कुराहरुमा अत्याधिक इन्धन/बिजुली/ग्यास/उर्जा खर्च हुन्छ l
पशुपन्छीको घाँस र दाना उत्पादन गर्न, पाल्ने फर्म हाउस संचालन गर्न काट्ने कलकारखाना चलाउन, प्रशोधन गर्न, पशुपन्छी र मासु ओसारपसार गर्न र मासु नसडोस भनेर बरफ अथवा माइनस बीस डिग्री सेन्टिग्रेडमा राख्न l मासु पकाउन सागसब्जी भन्दा १० सौ गुणा ग्यास खपत हुन्छ, एक अध्ययनले देखाए अनुसार चार सदस्यीय अमेरिकी परिवारले खाने गरेको ४८० के.जी. मासुको उत्पादनमा ९८४ लिटर पेट्रोल लाग्दछ.l कर्नेल युनिभर्सिटीका डेविड पिमेंतल भन्नु हुन्छ: मासुजन्य पदार्थबाट १ केलोरी प्रोटिन प्राप्त गर्न २८ केलोरी पेट्रोलियम उर्जा खर्च हुन्छ l तर अन्न गेडागुडीबाट १ केलोरी प्रोटिन प्राप्त गर्न ३,३ मात्र केलोरी पेट्रोलियम उर्जा खर्च हुन्छ l
४. रोग तथा अन्य कारणहरुः
एक पाउण्ड मासुबाट प्राप्त हुने प्रोटिन उत्पादन गर्न बनस्पतिबाट प्राप्त हुने प्रोटिन उत्पादन गर्न भन्दा १२ गुणा ज्यादा जमिन१३ गुणा ज्यादा इन्धन र १५ गुणा ज्यादा पानीको आवस्यकता पर्दछ l
मानिसलाई चाहिने अक्सिजन पशुपन्छीले लिएर मानिसलाई नचाहिने हानिकारक कार्बनडाइअक्साइड उत्पादन गर्दछ
एउटा सानो मासु केन्द्रित व्यवसायिक पशु पालन (गाइ भैसीबाख्राकुखुरासुँगुर) केन्द्रले उत्पादन गर्ने फोहर एउटा सानो सहरबाट उत्पादित हुने फोहर भन्दा ज्यादा हुन्छ l जनवारले उत्पादन गर्ने फोहर मानिसले उत्पादन गर्ने भन्दा १३ गुणा ज्यादा हुन्छ l पशुजन्य फोहरमा पशु खाद्यान्न किटाणुबिषालु लेउ,ढुषीपरजीवीपशु औषधिको मात्राभारी धातु (जस्तातामा आदि) जनावरको हर्मोनएन्तिबयोतिककिटनाशक बिषादी आदि पर्दछ l यो फोहरलाई खेतमा बिसर्जन गरे पनि पानीमाटोहावा आदिलाई प्रदुषित गर्दछ.
यी फोहरहरु मान्छेको दिसा भन्दा १० देखि १०० गुणा हुन्छ. ४० भन्दा धेरै रोगहरु पशुकै मलको कारणले लाग्दछ l
क. मांशाहारी भोजन पाचन प्रणाली अनुकूल नहुनुले सही तवरबाट पच्न पाउँदैन ।
ख. सही ढङ्गबाट पाचन नहुँदा पेट ढुस्स भैराख्ने हुन्छजसले कब्जियतलाई पत्तै नदिइ पाल्न थाल्छ ।
ग. समस्त रोगहरूको आगमन यही कब्जियतले सृजित गरेको विष द्रव्यको फैलावटले नै हो ।
घ. वनस्पतिजन्य भोजनको तुलनामा यो भोजन अधिक गर्मी प्रधान हुन्छ जसले बेचैनी निम्त्याउँछ ।
ङ. जसको मासु खाइन्छ तिनका रोगहरू स्वतः हामीमा सर्ने सम्भावना अत्याधिक हुन्छ । जस्तैः ब्लडफ्लूस्वाइनफ्लूम्याडकाउसार्स आदि ।
च. मासुबाट अम्लिय पदार्थ स्वतः वृद्धि हुन्छउक्त अम्ललाई शरीरले पीएच सन्तुलन मिलाउन हड्डीबाट क्याल्सियम तान्नु पर्दछ । यदि पर्याप्त मात्रामा क्याल्सियमको मात्रा आपूर्ति भएन भने हड्डी खिइने रोग अस्टियोपोरोसिस हुने सम्भावना बढ्छ ।
छ. माछामासुमा रमाउने जीवन शैलीले रगतमा चिल्लो (क्लोष्ट्रोल) बढि हुने मुटुरोग जन्माउँछसाथै रातो मासुका साथ मदिरा पनि थप भयो भने निःसन्देह क्यानसर भित्रने सम्भावनालाई छेक्न सकिन्न ।
वर्ल्र्ड क्यान्सर रिसर्च फन्डले पाच वर्ष लगाएर गरेको अध्ययनको नतिजा हो ।
ज. मांशाहारी जीवन शैलिले मधुमेहउच्च रक्तचापमोटोपन र मुटुका समस्या अधिक हुन्छन् ।
यि माथिका कारणले मौसम परिबर्तन, भोकमारी, इन्धन खपत र रोग  आदि कारणहरुले मानव र पृथिवीलाई जोगाउन शाकाहारी भोजन/जीवनशैली अपनाउन अनिवार्य भै सकेको हुनाले नै अन्तरास्ट्रिय संयुक्त राष्ट्र संघले शाकाहारी हुन आह्वान गरिसकेको छ.

सामाजिक न्यायको हिसाबले मांसाहार हत्याहिंसालुट्पाटबाट मात्र प्राप्त गर्दछ l मान्छेको हो भने यदि जिउदो हुदा आखा दान गरेको छैन भने मरे पछि लासबाट आखा झिक्न पाइदैन l जनावरलाई मार्नको लागि समात्दाघिसाऊदाछुरी घोच्दा कस्तो असह्य पीडा हुन्छ होला. धार्मिक हिसाबले बुद्धले सम्पूर्ण प्राणीहरु पहिलेका जीवनहरुमा असंख्या पटक आमा भई सकेका हुन् र हत्याबाट प्राप्त मासु खानले लामो  समय  नरकमा बसेर ५०० पटक हत्या भएरै ऋण तिर्नु  पर्छ भनेका  छन् l हिन्दुमा माता दुर्गा(पार्वती) भगवान् शिवसँग भन्नुहुन्छ:-
हे प्रभु! मौलोमा पशुलाई बाँधेर हत्या गरी रगतको खोलो बगाउने क्रूर व्यक्ति स्वर्ग जान पाउने भए नरक जाने को हो त ? भगवन् शिवजी भन्नु  हुन्छ:- जसले मेरो नाम बेचेर पशु मारी बन्धुहरूको साथमा खान्छ उसले मारिएको पशुको शरीरमा जति रौँ छन् त्यति वर्ष सम्म असिपत्रबन नामक नरकमा बास गरी तरबारका धारको प्रहारका साथमा घोर यातना भोग्नेछ।।
यो शाकाहारी स्वस्थ र शान्त समाजको निर्माण गरौ भन्ने महाननिर्बिकल्पनिस्वार्थीकरुणादयामायाले ओतपोत सर्बहितको लागि थालनी भएको पुण्य कार्य हो. कुनै व्यक्तिगत हितको लागि मात्र संचालित होइन. सबैले बिसाल हृदय लिएर हातेमालो गर्दै आगाडी बढौं ।
Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: