तनहुँमा आगो लाग्दा १५ लाखको क्षति


दमौली– तनहुँको म्याग्दे गाउँपालिका–६ गाउँस्वारास्थित तोपबहादुर शाहीको घरमा आज विद्युत चुहिएर आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

शाहीको ढुंगा माटोले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको छ। रासस

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: