गुन्डा नाइके संजीव लामा पक्राउ


उडल्याण्ड कम्प्लेक्समा नोला लाउञ्ज एण्ड बार चलाउँदै आएका लामालाई जबरजस्ती  करणी उद्योग मुद्दामा प्रहरीले कारबाही गर्ने तयारी गरेको छ। दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले लामालाई पक्राउ गरिएको पुष्टि गरे। लामा लामो समयदेखि गुन्डागर्दीमा संलग्न व्यक्ति भएको प्रहरी अधिकारीहरु बताउँछन्। उनी पटक पटक पक्राउ समेत परेका थिए। गोठाटार गोलीकाण्डमा समेत उनी मुछिएका व्यक्ति हुन्। जसमा एक बालकको मृत्यु भएको थियो। गुन्डागर्दीमा प्रहरीबाट जोगिन उनी राजनीतिमा समेत लागेका थिए। उनी तरुण दल काभ्रेका अध्यक्ष हुन्।

स्रोतका अनुसार उनले आफु ठूलो डन भएकाे बताउँदै युवतीलाई पटक-पटक यौन दुर्व्र्यबहार गर्दै आएका थिए।

नेपाल लाइभ बाट

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: