किन रोकियो नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न?’


Nepal Live

 

काठमाडौं- नेपाल टेलिभिजनबाट हरेक शनिबार राति ८:४५ मा प्रसारण हुँदै आएको टक शो ‘सिधा प्रश्न’ बन्द भएको छ। कार्यक्रम रोकिनुले अहिले नयाँ तरङ्ग ल्याएकाे छ । कार्यक्रम प्रस्तोता राजु थापाले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ठाडो निर्देशनमा कार्यक्रम बन्द गराइएको दाबी गरेका छन् भने उनको दाबीलाई टेलिभिजन प्रशासनले अस्विकार गरेको छ। नेपाल टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले ‘कार्यक्रमलाई निरन्तरता दिन आवश्यक नभएकाले बन्द गरिएको बताएका छन् ।

महाप्रबन्धक रोका चाहिँ सञ्चारमन्त्री बास्कोटाको निर्देशन नआएको र टेलिभिजन प्रशासनले कार्यक्रमको आवश्यकता नदेखेर रोकिएको बताएका छन्। ‘सिधा प्रश्न’मा अन्तवार्ता प्रसारण नहुँदै केही दृश्य लिक भएको पाइयो,’ उनी भन्छन्, ‘यसकारण बन्द गर्नुपरेको हो।’

यसैबीच, नेपाल पत्रकार महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यक्रम बन्द गरिएको प्रति आपत्ति जनाएको छ।  प्रश्न सोधेकै आधारमा लामो समयदेखि प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ। महासंघले सरकारले नीति तथा कार्यक्रममा आफूले सञ्चारमाध्यम सञ्चालन नगर्ने प्रतिबद्धता गरेको पनि स्मरण गराएको छ। यस्तै, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।  लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने सरकारका लागि यस्तो कार्य सुहाउँदो नभएको जनाउँदै प्रतिष्ठानले प्रश्नको जवाफ खोज्नु र जनतालार्इ सुसूचित गराउनु सञ्चारकर्मीको दायित्व भएको उल्लेख गरेको छ।

प्रेस युनियनले पनि बन्द भएको कार्यक्रम शीघ्र प्रसारणको व्यवस्था गर्न माग गर्दै आम सञ्चारकर्मीलाई स्वतन्त्र  भयरहित सञ्चारकर्म गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

यस्ताे छ महासंघकाे विज्ञप्ति ः

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: