सिटिजन्स बैंक र मेडिसिटी अस्पताल बिच सहकार्य


काठमाण्डौ, जेठ ३० । सिटिजन्स बैंक र मेडिसिटी अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । सम्भौतापत्रमा सिटिजन्स बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र मेडिसिटी अस्पतालका जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट÷क्रेडिट कार्ड लिएका बैैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७ प्रतिशत छुट पाउने छन् ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाटकरिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाईआधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: