यी हुन् विश्वकपका पाँच दाबेदार टिम


मस्को । यसै महिनको १४ तारिदेखि जुलाई १५ सम्म रूसको राजधानी मस्कोमा २१ औं विश्वकप फुटबलको आयोजना हुन गइरहेको छ । यो विश्वकपमा ३२ टिमबीच भिडन्त हुँदैछ, तर यी ३२ टिममध्ये पाँच टिमलाई विश्वकपको प्रवल दावेदारका रूपमा हेरिँदै आएको छ । प्रमुख दावेदारी गर्ने टिम कुन कुन हुन् त ?

ब्राजिल : पछिल्लो पटक २०१४ मा ब्राजिलको विश्वकप जित्ने सपना जर्मनीले चकनाचुर पारेको थियो । उक्त वर्ष जर्मनीले ब्राजिललाई ७–१ को अन्तरले हराएको थियो । पाँच पटकको विश्वकप विजेता ब्राजिललाई यसपटक फेरि विश्वकप जित्ने अवसर आएको छ । ब्राजिलियन विश्वकप टिमका प्रशिक्षक टिटेले यो टोलीलाई ठूलै सपना देखाएका छन् ।

अर्जेन्टिना : क्वालिफाइङ म्याचमा खराब प्रदर्शन गरेको अर्जेन्टिनाको टिम पनि रूस पुगेको छ । गत साता जेरुसेलममा हुने भनिएको अभ्यास खेल रद्द भएपछि अर्जेन्टिनालाई केही धक्का लागेको छ । यो टिम अधिक रूपमा लियोनल मेसीमा निर्भर रहँदै आएको छ । उनी पनि अहिलेसम्म विश्वकप नजितेको धोको मेट्न चाहन्छन् ।

जर्मनी : यस पटकको अर्को प्रमुख दावेदारका रूपमा जर्मनीलाई पनि हेरिएको छ । पछिल्लो पटकको विश्वकप विजेता जर्मनीलाई ठूला म्याचको टिमका रूपमा मानिँदै आएको छ, तर वार्मअप म्याचमा देखिएको निराशाजनक प्रदर्शनका कारण उसको दाबेदारीमा केही शंका गर्ने ठाउँ भने यथावतै छ । यो टोलीले हालै मात्र साउदी अरबसँग भएको म्याचमा २–१ को जित हासिल गर्न पनि कडा मेहनत गर्नुपरेको छ ।
गोलरक्षक म्यानुअल नुयेर सेप्टेम्बरमा लागेको चोटपछि कम मात्रै खेल खेलेका छन् । जर्मनीको टिमले विगतका ४ वटा विश्वकपमा सेमिफाइनल सम्मको यात्रा गरेको थियो । यस पटक पनि उसको उद्देश्य यही हुन सक्छ ।

फ्रान्स : फ्रान्सले मैत्रीपूर्ण खेलमा अमेरिकासँग १–१ को बराबरी खेलेको थियो । यसका कारण डिडियर डेसच्याम्पलाई अझै धेरै गर्न बाँकी रहेको महसुस भएको छ । यद्यपि आयरल्यान्ड र इटालीसँगको म्याचमा भने फ्रान्सले जित हासिल गरेको थियो । उक्त म्याचमा पाउल पोग्बाको प्रदर्शन राम्रो रहेको थियो । फ्रान्स पनि अन्तिम चारको दावेदारमध्येमा रहेको छ ।

स्पेन : ब्राजिल जस्तै स्पेन पनि २०१४ मा भएको खराब प्रदर्शनको दु:ख यहाँ भुलाउन चाहन्छ । पछिल्लो पटक स्पेन नकआउट चरणबाट बाहिरिएको थियो । दुई वर्षको अवधिमा जुलेन लोपेटेगुई प्रशिक्षक रहेको स्पेनले एक म्याच पनि हारेको छैन । स्पेनलाई समूह बीको पहिलो म्याच पोर्चुगलसँग खेल्नुपर्ने छ । टिमम रहेका ७ खेलाडी युरो २०१६ को टिममा पनि भाग लिएका थिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: