नेप्सेमा सामान्य अंकले सुधार


शेयर बजार परिसूचक नेप्सेमा बुधवार सामान्य अंकले सुधार देखिएको छ ।

नेप्से बुधवार २ दशमलव ८१ अंकले बृद्धि भई एक हजार २ सय ४२ दशलमव ७ अंकमा पुगेको छ ।

कारोबार भएका १० कम्पनी समूह मध्ये टेलिकम बाहेक बाँकी सबै समूहको उपसूचक उकालो लागेको छ । नेप्से उकालो लागेपनि कारोबार रकममा भने ९ करोड रुपैयाँले गिरावट आएको छ ।

सबै भन्दा बढी बीमा समूहको उपसूचक १८ दशमलव ६६ अंकले बढेको छ ।

नेप्सेमा आज एक सय ६२ कम्पनीका ४ हजार ४८ कारोबारबाट ६ लाख ३५ हजार १० कित्ता शेयर किनबेच भए ।

जसअन्र्तगत २१ करोड ४८ लाख २ हजार १ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: