आयोगका उपाध्यक्ष डा. देवकोटाद्वारा पदभार ग्रहण


प्रदेश–३ को नीति तथा योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका डा. खिमलाल देवकोटाले बुधबार पदभार ग्रहण गरेका छन् ।

प्रदेश—३ का मुख्यमन्त्री डोरमणि पौडेलले डा. देवकोटा र आयोगका सदस्य श्यामकुमार बस्नेतलाई बुधवार एक समारोहबीच पद तथा गोपनियताको सपथ ग्रहण गराए । आयोगको सदस्य बस्नेतले पनि पदभार ग्रहण गरेका छन् ।

प्रदेशको मन्त्रीपरिषद बैठकले मंगलबार आयोगको उपाध्यक्षमा डा. देवकोटालाई र सदस्यमा बस्नेतलाई नियुक्त गरेको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: