स्पेनको मुख्य प्रशिक्षकबाट लोपेटेगीलाई हटाईयो


रियल मड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त भएको केही समयमै स्पेनिस राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जुलेन लोपेटेगी पदच्यूत भएका छन् ।

स्पेनिस फुटबल फेडेरेशनले रियल मड्रिडमा नियुक्त हुनेबारे संघसँग सल्लाह नगरेको भन्दै विश्वकप सुरु हुनु एक दिनअघि लोपेटेगीलाई बर्खास्त गरेको हो ।

स्पेनले आउँदो शुक्रबार पोर्चुगलविरुद्धको खेलसँगै विश्वकपको सुरुआत गर्दैछ । विश्वकप फुटबल बिहीबारदेखि रुसमा सुरु हुँदैछ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: