वयोधा अस्पतालमा रक्तदान कार्यक्रम हुँदै


काठमाण्डौं । विश्व रक्तदाता दिवसका अवसरमा वल्खुस्थित वयोधा अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

उपत्यकामा रगतको अभाव रहेको जानकारी पाएपछि अस्पतालले रक्तदान कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

रक्तदान कार्यक्रम अस्पताल परिसरमा असार १ गते शुक्रबार हुने छ।

‘रक्तदान गरौँ जीवन बचाऔँ ‘भन्ने नारासहित अस्पतालले शुक्रबार बिहान ९ देखि १ बजेसम्म रक्तदान कार्यक्रम गर्न लागेको अस्पतालले जनाएको छ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: