सरसफाइ अभियन्ता शर्मा सल्लाहकार नियुक्त


वन तथा वातावरण मन्त्रालयले सरसफाइ अभियन्ता, भरतपुर महानगरपालिका– १० का खेम शर्मालाई उक्त मन्त्रालय अन्तर्गतको सरसफाइ तथा फोहोर व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा नियुक्त गरेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यही जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई सो पदमा एक वर्षका लागि नियुक्त गरेका हुन् ।

वन तथा वातावरण मन्त्रालयबाट हालै तयार गरी कार्यान्वयनमा ल्याइएको ‘नेपाल स्वच्छ’ वातावरण महाअभियान–२०७५ तर्जुमाको क्रममा पु¥याउनुभएको सहयोग स्वरुप उनलाई सो पदमा अवैतनिक हैसियतमा नियुक्त गरिएको हो ।

उनलाई उक्त अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक पर्ने प्राविधिक सल्लाह, समन्वय, स्रोत पहिचान र अभिलेखीकरणको कार्यमा सहयोग पु¥याउनुपर्ने कार्यक्षेत्र तोकिएको सो मन्त्रालयले जनाएको छ ।

नेपालका एक ख्यातीप्राप्त सरसफाइ अभियन्ता शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ क्षेत्र तथा पछिल्लो समयमा वीर अस्पतालको सफाइ स्वयंसेवी रुपमा गरेका छन् ।

अष्ट्रेलियामा खेम्स क्लिनिङ कम्पनीको स्थापना गरी विगत एक दशकदेखि सफाइ क्षेत्रमा कार्यरत शर्माले हाल नेपालमा सरसफाइको क्षेत्रमा स्वयंसेवीरुपमा कामगरी सफाइका लागि सीप हस्तान्तरणको काम गर्दै आएका छन् । रासस

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: