आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट


काठमाडौं । एप्पलको नेपालकालागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले ग्राहकहरुको लागि सुनौलो अवसर ल्याएको छ । ग्राहकहरु जसले आफ्नु मोवाइल ब्याट्रीको समस्या झेली रहनु परेको छ , उहाँहरुले अब मात्र रु १०,००० हजरमा तिरेर आफ्नु आइफोन साट्न सक्नु हुनेछ । ग्राहकहरुले उक्त आइफोन साट्नको लागि जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.को अफिस शेर्पा मल जानुपर्ने छ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरुलाई अनुरोध गर्दछ । हामी ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्दछौं । हाम्रा आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड र क्विालिटी कम्प्यूटर (बिर्तामोड) बाट मात्र खरिद गर्नुहोस् र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न नभुल्नुहोला । ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।

सबै ग्राहकले कृपया एप्पलका सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गर्नुहोस् र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउनु होस् साथै सुनिश्चित हुनुहोस् भन्ने हाम्रो आग्रह रहेको छ । थुप्रै फोनहरु अनधिकृत रुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन्, तर त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् । एप्पलका प्रयोगकर्ताहरुलाई अनुरोध छ की सक्कली उत्पादनहरु मात्र खरिद गरौं र अनधिकृत रुपमा आउने सामाग्रीहरुबाट टाढै रहौं ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: