‘रोमियो एण्ड मुना’ ले सार्वजनिक गर्याे यस्ताे डरलाग्दाे पाेष्टर


काठमाडौं – अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता बिनय श्रेष्ठको मुख्य भुमिकामा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’ले नयाँ पोष्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले चलचित्रको राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरेको हो । 

चलचित्रको केही अगाडी बक्सवाला पोष्टर रिलिज गरिएको थियो । यसको चर्चा सेलाउन नपाउदै निर्माण युनिटले आफु भित्रको राक्षसिलाई चिन्नुस् र निकाल्नुस् भन्ने ट्याग लाइन सहित नयाँ पोष्टर रिलिज गरेको हो । राक्षसी रुपवाला पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो ।

११ साउनदेखि प्रदर्शनमा आउँने चलचित्र ‘रोमियो एण्ड मुना’मा बिनय र श्रृष्टिको साथै पोष्टरमा देखिएको मोन्सर अर्थात राक्षसी रुपको समेत महत्वपुर्ण पात्रको रुपमा देख्न सकिने निर्माता प्रशन्न गोपालीले बताए । चलचित्रमा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरिएको गोपालीको भनाई रहेको छ ।

नरेश कुमार केसी चलचित्रका लेखन निर्देशक हुन् । कम्युटर ग्राफिक्सबाट चलचित्रका लागि राक्षसी रुपवाला पात्र तयार पारिएको नेपालको लागि यो सम्भवत पहिलो भएको निर्देशक केसीले बताए । निकै मिहिनेत र संघर्षबाट राक्षसी रुपवाला पात्र तयार परिएको केसीको भनाई रहेको छ ।

विनय र श्रृष्टि, राक्षसी रुपवाला पात्रको अलवा चलचित्रमा सुष्मा कार्की, सुरक्षा भट्टराई, प्रज्जवल सुजल गिरी लगायतको समेत मुख्य भुमिका रहेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: