डिल बहादुर लामाको मुक्तक-एकोहोरो बोलिरहन्छ


तिम्रो नयनमा चम्किलो ती हेर्न रहर छ।
मिलन अनि बिछोड एउटा प्रितमा बहर छ।
भिडभाडमा हराउने मान्छेहरूको बस्ती
एउटा त्यस्तो हाम्रो लागि लाग्छ शहर छ।

मनका कुरा मनैसङ्ग गरे मैले सयौ चोटि।
कहिले भाबुक क्रोधमा कहिले मैले सयौ चोटि।
यात्रा बेगमा हावासङ्गै जारी राखिएर
बारम्बार सम्झिराख्छु तिम्लाई मैले सयौ चोटि।

किन किन यो मन मेरो पोलिरहन्छ।
नबोल्दा नि कोहि एकोहोरो बोलिरहन्छ।
यस्तै हो कहिले काहीँ जस्तो भान भा छ
पानी सुक्दै गएपछि पक्कै खोलिरहन्छ।

भन्थ्यो भन्न त परेलामा लुकाइदिन्छु।
कोहि कसैले बिबाद गरे माया फुकाइदिन्छु।
तिम्रो चोखो मायाको शंका कदापि छैन ममा
बिचार गर सानू नत्र बिस्कुन बनाई सुकाइदिन्छु।

डिल बहादुर लामा
बेलकोटगढी-४ दियाले,नुवाकोट

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: