सलमान खानलाई ज्यान मार्ने धम्कि, सुरक्षा व्यवस्था कडा


बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कि आएको समाचार प्राप्त भएको छ ।

केहि दिन अगाडि लोरेन्श बिस्नोई नामका ग्याङ्स्टारले खुलेआम ज्यान मार्ने धम्की दिएका थिए।

यो खानले कालो हरिणको शिकार गरेको मुद्दाको सुनुवाईको लागि जयपुर कोर्टमा जाने बेलामा भएको थियो।

त्यो बेलामा लोरेन्सको धम्कीमा कसैले धेरै ध्यान दिएको थिएनन् तर सन् २०१८ को मे ६ मा हरियाणा पुलिसले लोरेन्सको एक खबरीलाई पक्रिएको थियो।

यो खबरीले लोरेन्सको पूरै योजना थाहा भयो। यो खबर सार्वजनिक हुने बित्तिकै सुरक्षा व्यवस्था कडा पारिएको छ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: