नेपालमा यस्ताे नहाेस् : दीर्घराज प्रसार्इकाे विष्लेषण

  • दृष्टिकाेण

  • दीर्घराज प्रसार्इ

    कांग्रेस, एमाले माओवादीहरु नेपालमा अराजकता संस्थागत गर्न चाहन्छन् ! बेलायतमा गणतन्त्रबादीहरुका टाउका काटेर झुण्डयाइए ! त्यस्तो खतरनाक परिस्थिति नेपालमा नआओस् !

    बेलायतमा सन् १६४९ मा राजतन्त्र समाप्त गरेर ओंलिवर क्रम्वेल सत्तामा आएपछि बेलायत गणतान्त्रिक मुलुक भयो । बेलायतमा राजाले कर बढाए भन्दै त्यसको आक्रोशमा ओलिभर क्रम्वेलको नेतृत्वमा बेलायतका केही उग्रवादीहरुको सक्रियतामा राजाप्रति आक्रोशित बनेर राजा चाल्स प्रथमको हत्या गरेर सन् १६५९मा राजसंस्था विस्थापित गरियो । बेलायतमा राजसंस्था बिस्थापित भएपछि निरंकुशता, भ्रष्टाचार र अत्याचारले पराकाष्ठा नाघ्यो । अत्याचार सहन नसकेर बेलायती जनता गणतन्त्रको विरुद्ध सक्रिय भए ।

    बेलायतमा क्रम्वेलको मृत्यूपछि उनका छोरा राष्ट्रपति बने । त्यसपछि बेलायती जनताको आक्रोसको सीमा रहेन । क्रम्वेल राष्टपति भएकोको ११ बर्षपछि १६६० मा उनको लास चिहानबाट झिकेर बेलायती जनताले शहर घुमाए । गणतन्त्रबादीहरुका टाउका काटेर ‘यिनै हुन् बेलायतका गणतन्त्रवादी’ भन्ने लेखिएका ब्यानरहरु शहरमा झुण्डयाइए ।

    त्यस्तो अत्याचारी सत्ता कायम रहिरहनु भन्दा बेलायती जनताको लागि राजतन्त्र नैं स्थायित्व र प्रजातन्त्रको संरक्षण र स्वतन्त्रताको लागि बेलायती जनताको लागि साझा शक्ति हो भन्ने ठानेर सन् १६६० मा स्कटल्याण्डमा रहेका चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजसिंहासनमा राखियो । राजालाई स्थापित गरेपछि गृहयुद्धमा फसिसकेको बेलायत जोगियो । त्यसपछि बेलायतमा राजसंस्था बेलायती जनताको लागि एकताको प्रतीकको रुपमा मानिन्छ ।

    अमेरिकी स्वार्थले सन् १९५८मा इराकमा राजतन्त्र फालेर सद्दाम हुसेन इराकको राष्ट्रप्रमुख बनाइयो । सद्दाम हुसेनको क्रुर तानाशाही नीतिले इराकमा सिया र सुन्नी तथा कुर्दीत मुसलमानहरुको बीचमा भएको गृहयुद्धले लाखौं मान्छे मारिए । शान्तिमय इराक गृहयुद्धमा फस्यो । पछि अमेरिकी स्वार्थ बिपरित सद्दाम हुसेनले कूवेत माथि आक्रमण गरेपछि अमेरिका सद्दाम हुसेनको बिरुद्ध खनियो र पछि सद्दाम हुसेनलाई झुण्डाइयो । त्यो बेलादेखि इराकमा श्मशानले बास गरेको छ । त्यस्तै सन् १९७९मा इरानमा राजा रेजा शाह फहलबीले सत्ता त्यागेपछि इस्लामिक क्रान्तिको नाममा लाखौं इरानी जनता मारिएका छन् र राजतन्त्रभन्दा धार्मिक निरंकुशतामा इरान फसेको छ ।

    दोस्रो विश्वयुद्धदेखि संसारमा अमेरिकी दादागिरिको पराकाष्ठा नाघेको छ । अफगानिस्तानमा त्यहाँका कम्युनिष्टहरुले कम्युनिष्ट स्थापनाको लागि सोभियत रुस गुहारे । सन् १९७९मा अफगानिस्तानमा सोभियत रुसको दबाबमा राजतन्त्र विस्थापित गरियो । पछि अफगानिस्तानका प्रजातन्त्रवादीहरुले कम्युनिष्ट सत्ता फाल्न अमेरिका गुहारे । त्यसपछि अमेरिकाको ठाडो हस्तक्षेपबाट अफगानिस्तान माथि आफ्नो पकड जमायो । कम्युनिष्ट शासक नाजीबुल्लालाई झुडयाइयो । अहिलेसम्म अफगानिस्तान अमेरिकी प्रभूत्व कायम छ । गृहयुद्धमा फसेर अफगानी जनता रगतको खोलोमा पौढी खेल्दैछन् ।

    त्यस्तै सन् १९७०मा कम्बोडियामा राजतन्त्र हटाइयो र कम्युनिष्ट सत्ताबाट लाखौं कम्बोडियाली जनता बेकसुरमा मारिए । आखिरीमा सन् १९९३ मा कम्बोडियाका जनताले राजा नरोद्धम सिंहानुकलाई सत्तामा ल्याएपछि कम्बोडियामा शान्ति छायो । स्पेनमा पनि केही उग्रवादी राजाको बिरुद्ध खनिएपछि राजा अल्फोन्सो तेस्रोले देश छाडे । स्पेन अशान्त भयो । पछि सन् १९६९ मा हुँवा कार्लोसलाई राजसिंहासनमा राखेपछि स्पेन स्थिर बन्न पुग्यो ।

    अमेरिकी स्वार्थले सन् १९५८मा इराकमा राजतन्त्र फालेर सद्दाम हुसेन इराकको राष्ट्रप्रमुख बनाइयो । सद्दाम हुसेनको क्रुर तानाशाही नीतिले इराकमा सिया र सुन्नी तथा कुर्दीत मुसलमानहरुको बीचमा भएको गृहयुद्धले लाखौं मान्छे मारिए । शान्तिमय इराक गृहयुद्धमा फस्यो । पछि अमेरिकी स्वार्थ बिपरित सद्दाम हुसेनले कूवेत माथि आक्रमण गरेपछि अमेरिका सद्दाम हुसेनको बिरुद्ध खनियो र पछि सद्दाम हुसेनलाई झुण्डाइयो । त्यो बेलादेखि इराकमा श्मशानले बास गरेको छ ।

    यसरी कतिपय ठाउँमा राजतन्त्रको आरोह-प्रत्यारोह पुनसर््थापना भएको छ । आफ्नो देशभित्र शान्ति सुव्यवस्थाका साथ शासन चलोस् र देशको सार्वभौम अस्तित्व बाँचिरहोस् भन्ने चासो संसारमा सबै जनताको चासो हुन्छ । राज्य व्यवस्था सधैं स्थिर रहिरहोस् भन्नका लागि गद्दीसीन राजालाई वाल्यकालदेखि आफ्नो देशको स्वतन्त्रता, शासन पद्धति र जनताको हितका कुराहरुको शिक्षा दिइने हुँदा स्वभावैले राजा राजकाजमा विशिष्ट गुण हासिल गरेका हुन्छन् ।

    नेपालका राजाहरुलाई पनि देश र जनताको सुरक्षा र सम्वर्धनका शिक्षा दिक्षा गराइएको हून्छ । तर दरबार हत्याकाण्डपछि अपरझट्टमा राजसिंहासनमा बसेका राजा ज्ञानेन्द्रलाई चौतर्फी दबाब पर्न थालेको थियो । राजालाई विवादमा फसाएर देशभित्र अराजक परिस्थिति सिर्जना गराइने पनि अनेकौं षड्यन्त्रहरु पनि देखा पर्न थाले । त्योबेला नेपाली कांग्रेसको सरकार थियो । कांग्रेस बहुमतमा थियो । तर राजालाई विवादमा उतार्न हो वा कांग्रेसभित्रको झगडाले हो वि.सं. २०५८ सालमा प्रधानमंत्री शेरबहादुरले प्रतिनिधिसभा भंग गरेर २०४७ सालको संविधानको धारा १२७ उल्लेख गरेर राजालाई सत्ता बुझाए । राजा ज्ञानेन्द्रले पनि संविधानको धारा ३५(१) र धारा २७ अनुसार कार्यकारिणी अधिकार हातमा लिए ।

    त्यसपछि दलका नेताहरु सबैले राजाबाट पद प्राप्त हुने आशा राखे । गिरिजाले मान्छे पठाए, माधव नेपालले राजालाई बिन्तिपत्र नैं पठाए । सबैले सत्ता पाउने कुरा थिएन र आफूहरुले सत्ता नपाएपछि सबै राजालाई निरंकुशताको आरोप गर्न थालेर बिकसित भएको अहिलेको विकराल अवस्था हो । बितेका १० बर्षको खतरनाक परिस्थितिबाट मुक्त हुन नेपाली जनताले राजसंस्था चाहेका बेलामा कुनै पार्टीका नेताले अवरोध निकाल्छन् भने उनीहरुको हालत सन् १६६० मा बेलायतमा गणतन्त्रवादीहरुको टाउको सडक-सडकमा प्रदर्शन गर्नुपर्ने परिस्थिति आएको जस्तो नहुन सक्छ भन्न सकिदैन ।

    तर यो भूमिमा त्यस्तो खतरनाक परिस्थिति नआओस् । त्यसैले राजा ज्ञानेन्द्रको मध्यस्ततामा सबैपार्टी र पार्टी बाहिरका देशभक्तहरुले मुलुकको निकाश खोज्नुपर्दछ । देशभन्दा ठूलो गणतन्त्र होइन । अव बीना पूर्वाग्रह राजा र जनताको संयुक्त प्रयासमा देशभित्रका ब्याप्त भ्रष्टाचार र विदेशी हस्तक्षेपबाट मुक्त भएर यो पूण्यभूमिलाई बचाउन हामी सबै सक्रिय हुनुपर्छ ।
    -दीर्घराज प्रसाई

    Comment

    Related News 

    ताजा अपडेट

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: