स्वास्थ्यमन्त्रि यादवको प्रतिवद्धता : अस्पतालको गुणस्तर सुधार्छु


उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्नेमा जोड दिएका छन्।
उनले सबैखालका जनताको पहुँचमा स्वास्थ्य सेवा दिने सरकारी अस्पतालको गुणस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री यादवलाई बधाई दिन मन्त्रालय पुगेको स्वास्थ्य पत्रकारहरूको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालको टोलीसँग छलफल गर्दै उनले आफु अस्पतालभित्रका गतिविधि बुझ्ने क्रममै भएको बताए । उनले भने,आफु यहाँभित्रका गतिविधि बुझ्ने क्रममै छु, तर मेरो पहिलो उद्देश्य भनेको सरकारी अस्पतालको सेवा सुधार र सबै नागरिकमा गुणस्तरीय आकस्मिक स्वास्थ्य सेवा पुर्‍याउने नै मुख्य उद्देश्य हुनेछ।’

मन्त्री यादवले चिकित्सकहरूलाई दबाब नदिइकन इच्छाशक्ति जगाएर काम गराउने आफ्नो लक्ष्य रहेको समेत स्पष्ट पारे ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: