रेडमी वाइ टु भारतमा सार्वजनिक


नयाँ दिल्ली । साओमी मोबाइलको रेडमी वाइ टु स्मार्टफोन भारतमा सार्वजनिक भएको छ । १६ मेगापिक्सेलको आर्टिफेसियल इन्टिलिजेन्ट (एआई) क्यामरा जडित यो फोनको साओमीका उपाध्यक्ष तथा भारत प्रमुखसमेत रहेका मनु कुमार जैनले बिहीबार सार्वजनिक गरेका हुन् ।

साओमी भारतमा सबैभन्दा बिक्री हुने स्मार्टफोनमा पर्दछ । कम्पनीको रेडमी भर्सनका न्यून तथा मध्यम मूल्यका मोबाइलहरुको भारतमा बिक्री उच्च छ । यसअघि भारतीय बजारमा रेडमी वाइ वानको सफल विक्रीपश्चात् यसैको दोस्रो संस्करण बजारमा ल्याएको कम्पनीले जनाएको छ । वाइवानको तुलनामा वाइ टुमा फरक भनेको यसको अटो एचडिआर एआइ प्रोट्रेट सेल्फी क्यामरा हो । कम रेन्जको स्मार्टफोनमा सेल्फीमै पोट्रेट मोड (एसएलआर क्यामरा जसरी ब्याग्राउन्ड ब्लर गर्ने मोड) हुनुले यसको चर्चा बढेको छ । सार्वजनिक गरिएकै दिन भारतमा रेडमी वाइवाटटु ह्यासट्याग ट्रेन्डिङमा छ ।

वाइ टु दुई संस्करणमा उपलब्ध छ । ३ जीबी ¥याममा ३२ जीबी स्टोरेज र ४ जीबी ¥याम भर्सनमा ६४ जीबी स्टोरेज उपलब्ध छ । फोनमा अक्टाकोर सिपियुसहितको स्न्यापड्रागनको ६२५ चिपसेट रहेको छ । एचडिप्लस रिज्योलुसन र ५.९९ इन्चको डिस्प्ले रहेको फोन गोल्ड, डार्क ग्रे र रोज गोल्डमा उपलब्ध छ । डिडेकेडेट माइक्रो एसडिकार्ड सहित डिउल सीम स्लट, फेस अनलक फिचर, गुगलको एन्ड्रोइडको ओरियो अपरेटिङ सिस्टम, ३०८० एमएएच ब्याट्रि, एमआइको पछिल्लो अपरेटिङ सिस्टम एमआइयुआइ १० लगाएत यसका अन्य फिचरहरु हुन् ।

फ्रन्ट एआइ क्यामरा रहेको यो फोनमा १२ मेगापिक्सेल र ५ मेगापिक्सेलका डिउल क्यामरा समेत छन् । बजेट फोनमा उत्कृष्ट फिचर उपलब्ध गराइएको वाइ टु भारतीय उपभोक्तालाई लक्षित गरेर बनाइएको कम्पनीले जनाएको छ । अमेजन इन्डियामा वाइ टुको ३ जीवी ¥याम र ३२ जीवी स्टोरेजको मूल्य ९ हजार ९९९ भारु अर्थात् करिब १६ हजार नेपाली रुपैयाँ तोकिएको छ भने ४ जीवी ¥याम र ६४ जीवी स्टोरेज भर्सनको मूल्य १२ हजार ९९९ भारु अर्थात् करिव २० हजार ८ सय पर्नेछ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: