‘तिम्रो मायामा’ सार्वजनिक


काठमाडौं । असोज १९ गते प्रदर्शन हुने फिल्म ड्रिम गर्लको गीतको भिडियो सार्वजनिक भएको छ। अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको ‘तिम्रो मायामा’ बोलको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर रहेकोछ।

गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा कलाकार आकाश श्रेष्ठ र आश्मा गिरी फिचर्ड छन्। ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्म लभ स्टोरीमा आधारित छ।

फिल्ममा आकाश र आश्मासँगै सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा,लक्ष्मी गिरी, लगायतको अभिनय छ। निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धिताल फिल्मका निर्माता हुन्।

फिल्ममा राहुल राई र रामेश्वर हुमागाइको छायाँकन छ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: