मुलुककाे समृद्दि बारे सरकार सँग गुनासाे छ, धुर्मुससुन्तलीसँग होइन


रवि सेन्चुरी

अहिले नेपालमा समृद्धिको वहस घनिभुत रुपले घन्किरहेको छ । अहिले नेपालमा समृद्धि यति प्यारो भएको छ कि यसको थोरै मात्र आलोचना गरे पनि देशद्रोही र यथास्थितिवादीको आरोप लाग्न सक्छ । आज समृद्धि बहस सँगसँगै जनतामा एक किसिमको न्यानो आशा पलाएको छ, अव त केहि हुन्छ कि भनेर । बजारमा समृद्धि बारे अनेक चर्चापरिचर्चा चलिरहेको छ कोहीले समृद्धि पानीजहाज चढेर आउँछ भन्छन्, कोहीले घर–घरमा ग्यास पाइप जोडेर ल्याइन्छ भन्छन्, कोहि–कोहिले ठुला–ठुला जलविद्युत आयोजना बनाएर ल्याइन्छ भन्छन् र कोही ठुला–ठुला घर र चाक्लो बाटोसँग जोडेर समृद्धिलाई व्याख्या गरेका छन् । सामान्य जनतामा समृद्धिको आगमनसँगै आफ्नो दुखपीडाका दिन जानेछन्, आफ्नो पनि सुखको दिन आउनेछ भनेर समृद्धिको मृगतृष्णायुक्त पर्खाइमा छन् । आज हाम्रो नेतृत्व वर्गले अरुलाई दोष लगाएर पन्छिने ठाउँहरु दिनप्रतिदिन साघुरो हुँदै गएको छ किनकि राजतन्त्रको अन्त्य भएको छ, कम्युनिष्टको बहुमतीय सरकार बनेको छ, जुन इतिहासमै बलियो सरकार हो जसले स्थिर सरकार चलाउन सक्ने ल्याकत राख्छ अब यस्तो बेलामा सरकार कतिको जवाफदेहि भएर काम गर्छ भन्ने कुरा महत्वपूर्ण हो ।

यसै परिस्थितिमा मुलुकका विभिन्न समस्याका वावजुज पनि धुर्मुससुन्तली फाउण्डेसनले भने धेरै राम्रा काम गर्दै नेपाली जनताको मन जित्न सफल भएको छ जुन सकारात्मक पक्ष हो, जसले भूकम्प पीडितको घाउमा मलम लगाउने काम गरे त्यस्तै मुसहर समुदायलाई खुसि दिने पर्यास गरे अझ राम्रो गर्दै जाउन् हामो साथसहयोग र शुभकामना छ । हामी सबैमा सकारात्मक सँगसँगै केहि कमीकमजोरी पनि रहेका हुन्छन्, जसलाई सहि समयमा आलोचना गरिदिनाले हामीले आफ्ना कमीकमजोरी सुधार्ने अवसर पनि पाउँछौं तर हामीले आलोचनालाई विरोध जसरि बुझिदिंदा धेरै नै समस्या पर्ने गरेको पनि यथार्थ छ, त्यसैले आज हामीले धुर्मुससुन्तली फाउण्डेसनलाई सकारात्मक आलोचना गर्नु भनेको समृद्धिको आलोचना गर्नु जस्तै हुन जान्छ । हामीले समृद्धिको बहस गरिरहेका छौं तर पछिल्ला केहि घटनालाई हेर्दा हामी कुन धरातलमा बसेर समृद्धि बहस गरिरहेका छौं भन्ने कुरा प्रमुख हो किनकि केहि दिन अघि धुर्मुससुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला बनाउने उद्घोष गर्यो, जुन सकारात्मक पक्ष हो । देश र खेलाडीको लागि तर एउटा समाजसेवीले उद्घोष गर्यो भन्दैमा राज्यका शक्ति सम्पन्न नीतिनिर्माता निरही भएर पछिपछि लाग्नुले कस्तो संदेश जाला त्यस्तै देशको ठुलो अस्पताल वीर अस्पतालको रंगरोगन गरिनु राम्रो पक्ष हो तर यसरि कुनै व्यक्तिगत फाउन्डेसनले गरिरहँदा हाम्रो अघी सयौं प्रश्नहरु उब्जिन सक्छन् किनकि हामीले समृद्धिको त्यस्तै विकासको कुरा गर्दैछाैं । यति वर्षमा यस्तो हुनेछ उस्तो हुनेछ भनेर कराई रहँदा जावो एउटा क्रिकेट मैदान बनाउन नसक्ने र विर अस्पतालमा रंगरोगन गर्न नसक्ने सरकारबाट अरु के आस गर्न सकिन्छ भन्ने कुरा पनि हुन आउँछ ।

धुर्मुससुन्तली फाउन्डेसनका गतिविधि र नेपाल सरकारको लाचारीपनलाई हामीले विभिन्न दृष्टिकोणबाट व्याख्या विश्लेष्ण गर्न सक्छाैं । कुनै व्यक्ति विशेष राज्यलाई चुनौती दिंदै पुर्वाधारहरु निर्माण गर्दै जान्छ भने हामीले राज्य कि कङ्गाल छ, कि गैरजिम्मेवारी छ भनेर बुझ्नुपर्छ । यहाँ कुनै फाउन्डेसनको विरोध गर्न खोजेको होइन यति उल्लेख गर्न खोजेको हो कि, के हो भने व्यक्ति वा फाउन्डेसन पुरै सर्वेसर्वा होइन उसले कति निर्माण गर्न सक्छ धेरै भनेको ४–५ वटा परियोजनाहरु हो, जसले केही ठाऊँको समस्या त हल होला तर सम्पूर्ण नेपालको समस्या त हल हुँदैन त्यसका लागि नेपाल सरकार आफैं कसिनुपर्छ । आफैंले त्यस्ता काम अग्रसर भएर कार्यान्वयन गर्नुपर्छ । गरिव घरले आफैंले कमाएर आफ्नो समस्याको हल गर्नुपर्छ । गरिब छ भनेर कसैले कपडा, खानेकुरा वा कुनै वस्तु देला त्यसले केहि समयको समस्या त हल होला तर दिर्घकालका लागि समस्या हल हुँदैन बरु गरिवलाई परनिर्भर र आसे बन्नको लागि मद्दत पुग्छ त्यसैले देशले पनि आफ्नो जिम्मेवारी वहन गर्न सक्नुपर्छ । आज एउटा व्यक्ति वा फाउन्डेसनले चाह्यो भने गर्न सक्दो रहेछ भने नेपाल सरकारले चाहेमा त के सम्म गर्न सक्दैन ? किनकि नेपाल दिदीबहिनी तथा दाजुभाइले प्राकृतिक आपतविपत लगायत विभिन्न समयमा गरेको सहयोगको आधारमा यो भन्न सकिन्छ कि नेपाली जहाँ भएपनि नेपालको विकास भएको हेर्न चाहन्छन्

उनीहरुले देशको विकासको लागि खुलेर सहयोग गर्न चाहन्छन् मात्र एउटा भरपर्दो माध्यमको खाँचो छ, त्यसैले नेपाल सरकारले अब देश विकासको लागि जनतालाई सँगसँगै लिएर जानु आवश्यक छ, त्यसका लागि सरकारले भरपर्दो विश्वासिलो संस्था बनाउन जरुरि छ । यदि समृद्धि नै ल्याउने हो भने नेपाल सरकारले निर्वाचन क्षेत्र वा जिल्ला स्तरमा नेपाल सरकार, स्थानीय जनता र वैदेशिक रोजगारीमा गएका समुदायलाई साथ लिएर विकास निर्माणका काम थालेमा छिटोछरितो हुनुका साथै सहयोग समेत मिल्न सक्छ । यसकारण विकास निर्माणको लागि कुनै वैदेशिक तथा नेपाली फाउन्डेसनको त्यति जरुरत पर्दैन ।

अब नेपाली जनताको दःुख देखाएर कसैलाई पनि भावनाको खेती गर्ने छुट छैन अब नेपालमा साँच्चि नै समृद्धि ल्याउने हो भने नेपाल सरकारले पहलकदमी चाल्नुपर्छ । साथै सम्पूर्ण समाजसेवी मन र हात सँग हातेमालो गर्दै अघि बढ्न सक्नुपर्छ । आज कोहिले राम्रो काम गर्छन् भने त्यसलाई सम्मान गर्न सक्नुपर्छ तर त्यसको आधारमा राज्यलाई दोष तथा बेइज्जत गरेर कुनै व्यक्ति र सँस्था महान बनाउने छुट कसैलाई पनि छैन । कुनै पनि राम्रो काम बाट पाठ सिक्न लजाउनु हुँदैन न त जनप्रिय काम गर्न ढिला नै गर्नु हुन्छ, तर धुर्मुससुन्तली लगायतका समाजमा उत्कृष्ट काम गर्ने अन्य व्यक्ति संघसंस्थाबाट केहि सिकेर नेपाल सरकारले अब केहि गर्नुपर्छ किनकि नेपाल सरकारसँग हरेक कुरा छ, जसलाई उसले उपलब्ध साधन र वस्तुहरुको सहि परिचालन गर्नसके मात्र पनि समृद्धि ल्याउन सकिन्छ । जनताको साथ सहयोगबाट गरिने सामाजिक कार्य पनि समृद्धि ल्याउने आधार मध्ये एक आधार हुन सक्छ किनकि समृद्धि त्यसै आउँदैन । त्यसका लागि कुनै एक व्यक्ति र संस्थाले त्यो पहल गर्दैमा पूर्ण हुँदैन सरकारले आफैं काम गर्नुपर्छ । त्यसले गर्दा नेपाल सरकारले कुनै व्यक्ति वा संस्थाको भर पर्नु भन्दा पनि आफ्नै पहलकदमीमा जनता सँग मिलेर विकासका उत्कृष्ट कामहरु शुरुवात गर्नुपर्छ । यो पहल हुन नसकेकै कारण नै जनताहरुको गुनासो छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: