विद्यार्थीमा अतिरिक्त क्रियाकलापकाे महत्वबारे प्रिन्सिपल खड्काकाे धारणा


राम गाेपाल खड्का, प्रिन्सिपल, इमेज स्कुल

शुक्रवार सिर्जनशिल विद्यार्थी समाजले तारकेश्वरको इमेज स्कुलमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । विद्यालयमा आयोजना गरिएको उक्त प्रतियोगितामा समन्वयनकारी भूमीका निर्वाह गरेको इमेज स्कुलका प्रिन्सिपल राम गोपाल खड्कासँग हामीले विद्यार्थीहरुको निम्ति अतिरिक्त क्रियाकलाप र प्रतिष्पर्धात्मक गतिविधिहरुको भूमीका किन आवश्यक छ भन्ने सम्बन्धमा संक्षिप्त प्रतिक्रिया लिएका थियौं । प्रस्तुत छ प्रिन्सिपल खड्काको धारणा :

विद्यार्थीको प्रतिभा प्रष्फुटनको निम्ति नियमित शैक्षिक क्रियाकलापको अलावा अतिरिक्त क्रियाकलापहरुको समेत भूमीका निकै नै महत्वपूर्ण रहने गर्छ । यसैकारण हाम्रो विद्यालयमा पनि अतिरिक्त शैक्षिक क्रियाकलापहरुलाई निकै जागरुकताको साथ सञ्चालन गरिँदै आइएको छ ।

सिर्जनशिल विद्यार्थी समाजले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिताले समेत विद्यार्थीको क्षमता विकास र प्रष्फुटनमा विशेष सहयोग पुगेको छ । हामी आगामी दिनमा पनि ऊहाँहरु जस्तै अन्य संस्थाहरुले यस प्रकृतिको कार्यक्रम आयोजना गर्न चाहनुभएको खण्डमा सहकार्य गर्न हामी सधैं तयार छौं ।
विद्यार्थीलाई निरन्तर हौसला चाहिन्छ । अहिलेका विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र प्रयाप्त हुँदैन । मनोवैज्ञानिक विधिमा आधारित रही शिक्षा प्रदान गर्न सकेको खण्डमा मात्र शिक्षा बढी प्रभावकारी हुन सक्छ भन्ने मान्यता बमोजिम हामीले पनि सोही किसिमले शिक्षा प्रदान गर्न हामी अग्रसर छौं ।


हाम्रो यो इमेज स्कुल तारकेश्वर क्षेत्रमा निकै लामो समय देखि सञ्चालित स्कुल हो । हामीले निरन्तर रुपमा विद्यार्थीको क्षमता विकासमा जोड दिँदै आएका छौं । विद्यार्थीहरु पछिल्लो समय फुटबल, भलिबल, डान्स, ब्याडमिन्टन लगायतका क्रियाकलापहरु विशेष रुचिको साथ संलग्न भइरहेको कारण यी क्रियाकलापहरु हाम्रो विद्यालयमा सञ्चालन हुँदै आएका छन् ।

हाजिरीजवाफ बौद्धिक खुराक हो :
जहाँसम्म हाम्रो स्कुलमा आयोजना भएको हाजिरीजवाफको कुरा छ, यो विद्यार्थीहरुको निम्ति सामान्य खेलकुद वा मनोरञ्जन नभई विशेष वौद्धिक खुराक हो । जसले आपसी प्रतिष्पर्धात्मक तवरले शैक्षिक क्रियाकलापहरुमा संलग्न हुनको निम्ति विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्छ । विद्यार्थीहरुलाई अध्ययनमा रुचि जगाउनको निम्ति पनि यस्ता क्रियाकलापहरुको भूमीका निकै महत्वपूर्ण हुने गर्छ ।
बिना दण्डसजाय विद्यार्थीको मनोविज्ञान र चाहनालाई बुझ्दै नयाँ ढंगले शिक्षा प्रदान गर्न सकेको खण्डमा मात्र सही अर्थमा हामीले दिन खोजेको शिक्षालाई व्यावहारिक समेत बनाउन सकिन्छ ।

शिक्षाको महत्व :
विद्यार्थीलाई सही दिशामा हिँडाउनको निम्ति उसलाई बाह्य रुपमा नभई भित्रै देखि नै सच्चरित्रवान बनाउनुपर्छ । यस क्रममा हामीले प्रदान गर्ने शिक्षाको भूमीका पनि महत्वपूर्ण रहने भएको कारण हामी सोही बमोजिम शिक्षा प्रदान गर्ने कार्यमा निरन्तर लागिरहेका छौं । यसको साथै व्यावहारिक र आत्मनिर्भर बन्न सक्ने शिक्षा अहिलेको आवश्यकता हो ।
मानव जीवनको निम्ति संस्कारको पनि निकै नै महत्वपूर्ण स्थान रहन्छ । शिक्षा र संस्कारलाई सँगसँगै अघी बढाउन सकेमात्र हामीले चाहे बमोजिमका नागरिक हामीले उत्पादन गर्न सक्छौं ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: