युवा माझ लाेकप्रिय बन्दै टाेखा केव मिनी फनपार्क, थपिँदैछन् यस्ता सुविधाहरू


हाल स्विमिङ पुल, रेष्टुरेन्ट, रिक्रियसेसन, प्ले स्टेसन, मनोरञ्जन, योग ध्यान लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको टोखा केव मिनी फनपार्कले काठमाडौं उपत्यका भित्रका युवा वर्गलाई छोटो अवधिमा नै आकर्षित गर्न सफल भएको छ ।

म्यानेजर सुर्य डंगोल, टाेखा केव मिनी फनपार्क

टोखा क्षेत्रको पर्यटकीय विकासमा समेत फनपार्कले महत्वपूर्ण भूमीका निर्वाह गरेको छ । विभिन्न सुविधाहरु एकै ठाऊँमा प्राप्त गर्न सकिने, काठमाडौं उपत्यका भित्रै रिङरोडबाट करिब २ किलोमिटरको दूरीमारही शान्त र मनोरम वातावरण समेत उपलब्ध गराउनुको अलावा सामाजिक उत्तरदायित्वलाई समेत फनपार्कले विशेष महत्व दिएको कारण युवा वर्गमाझ फनपार्क छोटो अवधिमा नै लोकप्रिय बनेको अनुमान गर्न सकिन्छ ।
टोखा केव नेवारी शब्द रहेको र यसको नेपाली रुपान्तरण ‘टोखाको बगैंचा’ भन्ने हुन्छ । सोही बमोजिम आफूहरुले विभिन्न सेवा सहित उपभोक्ताको मन जित्दै थप कार्यक्रमहरु समेत सञ्चालन गर्न लागेको फनपार्कका म्यानेजर सुर्य डंगोल बताउँछन् । सामुहिक लगानीमा स्थापना भएको टोखा केवले आगामी दिनमा काठमाडौंका अन्य क्षेत्रमा शाखाहरु समेत विस्तार गर्ने योजना बनाएको समेत डंगोलले बताएका छन् ।

साथै काठमाडौंका सबैजसो क्षेत्रबाट फनपार्कमा मानिसहरु मनोरञ्जन तथा मानसिक सन्तुष्टिको लागि आउने गरेको टोखा केव मिनी फनपार्क तथा रेष्टुरेन्टका म्यानेजर सुर्य डंगोलले सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताएका छन् ।

सांस्कृतिक प्रवद्र्धनमा समेत जोड दिइने ः
हाल ४ करोड रकम लगानी भइसकेको यस फनपार्क व्यवस्थापन पक्षले आगामी दिनमा सामाजिक उत्तरदायित्व तथा सांस्कृतिक प्रवद्र्धनको लागि विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने योजना बनाएको छ ।
टोखा क्षेत्र आफैंमा भिन्न कला संस्कृतियुक्त क्षेत्र भएको भन्दै उक्त क्षेत्रलाई सबै माझ चिनाउनको निम्ति समेत आफूहरुले टोखा केव मार्फत नयाँ शुरुवात गरेको समेत डंगोलले बताए ।

के छन् आगामी योजना ः
म्यानेजर डंगोलका अनुसार आगामी दिनमा नेवारी पोशाकहरु तथा अन्य सांस्कृतिक झझल्को दिने विभिन्न वस्तुहरु समेत सङ्कलन गरी सङ्ग्राहलय स्थापना गर्ने, पुराना बाजा तथा नृत्यको प्रवर्दनको निम्ति समेत काम गर्ने, सहकारी दिवस, धान रोपाईं लगायतका विभिन्न अवसरमा कवि गोष्ठी लगायतका उत्प्रेरणामूलक विभिन्न कार्यहरु गर्ने, ज्येष्ठ नागरिकहरुलाई नगद सहित सम्मान कार्य गर्ने, टोखामा परम्परागत रुपमा चलनचल्तीमा रहेको डिँकीबाट कुटेको चिउराको प्रवद्र्धन गर्ने लगायतका कार्यहरु समेत सञ्चालनको निम्ति आफूहरु प्रक्रियागत रुपमा अघी बढ्ने बताएका छन् ।


हाल यस फनपार्क अन्तरगतको रेष्टुरेन्टले पिकनिक पार्टी, बर्थडे, सहकारीका साधारणसभा लगायतका विभिन्न गतिविधिहरु समेत संचालन गर्दै आएको छ । रेष्टुरेन्टमा वारा, चटामरी, मेथीको सुप लगायतका वस्तुहरुको अलावा सबैजसो फास्टफुड तथा खाजा सेटहरु उपलब्ध हुँदै आएका छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: