ग्यास विक्रेता महासंघकाे नेतृत्वमा महेश्वर, चन्द्र थापा वरिष्ठ उपाध्यक्ष


शनिवार काठमाडाैंमा सम्पन्न ग्यास विक्रेता महासंघ नेपालकाे तेस्राे महाधिवेशनबाट महेश्वर श्रेष्ठकाे नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएकाे छ । महासंघले संगठनलार्इ संघीय संरचना बमाेजिम प्रादेशिक संरचनामा सातै प्रदेश स्तरीय कमिटिहरू गठन गरेकाे छ । 

महासंघकाे वरिष्ठ उपाध्यक्षमा चन्द्र थापा छन् भने उपाध्यक्षमा राम प्रसाद ज्ञवाली निर्वाचित भएका छन् । यसैगरी महासचिवमा विनाेद काफ्ले निर्वाचित भएका छन् भने सचिवमा विष्णु दुलाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा राजेश दाहाल छन् ।

नवनिर्वाचित अध्यक्ष महेश्वर श्रेष्ठ अघिल्लाे कार्यकालमा वरिष्ठ उपाध्यक्षकाे जिम्मेवारीमा रहेका व्यक्ति हुन् । यसैगरी हालका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले महासंघमा महासचिवकाे जिम्मेवारी निर्वाह गरिसकेका छन् । नवनिर्वाचित महासचिव विनाेद काफ्ले ग्यास विक्रेता संघ काठमाडाैंका निवर्तमान अध्यक्ष हुन् ।
महासंघकाे नयाँ नेतृत्वमा चन्द्र थापाकाे पक्षमा राम्राे जनमाहाेल रहेपनि वरियताकाे क्रममा महेश्वर अघी रहेकाे कारण महेश्वर अध्यक्ष बनेका हुन् । सहमतीय प्रणाली बमाेजिम संस्थालार्इ अघी बढाउनुपर्छ भन्ने मान्यतामा थापाले विशेष सक्रिय रहँदै अाएका थिए ।
नयाँ निर्वाचित कार्यसमितिलार्इ सबै व्यवसायीहरूलार्इ मिलाउँदै सङ्गठन सुदृढ गर्ने, व्यवसायलार्इ व्यवस्थित गर्ने, जनचेतनामूलक कार्यक्रमहरू देशभर सञ्चालन गर्ने लगायतका जिम्मेवारी रहनेछन् ।
देशभरबाट काठमाडाैंमा उपस्थित भएका ग्यास व्यवसायीहरूकाे निकै भव्य उपस्थिति बीच उद्घाटन समाराेहमा प्रमुख अतिथिकाे रूपमा उपस्थित भएका किसान कुमार श्रेष्ठले ग्यास व्यवसायीहरूका जाहेज माग सम्बाेधन गर्न अाफू सदैव तयार रहेकाे समेत बताएका छन् ।  उनले भने, अाज देखि ग्यास उद्याेग संघ र महासंघका जाहेज माग पूरा गर्नकाे निम्ति प्रतिनिधिसभामा माग सम्बाेधन गर्न सारथीकाे रूपमा काम गर्न म प्रतिवद्दता व्यक्त गर्दछु । उनले नयाँ निर्वाचित कार्यसमितिले तत्काल नै ग्यास व्यवसायीहरूका मागहरू अघी बढाउन समेत अाग्रह गर्दै अाफ्नाे सहयाेग प्राप्त हुनेमा विश्वस्त पारेका छन् ।
Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: