जलविदयुतको क्षेत्रमा लगानी चुनौतीपूर्ण छ : दूधकोशी पावर कम्पनीका अध्यक्ष प्रेम लामा सँगकाे अन्तरवार्ता


प्रेम लामा, अध्यक्ष, दूधकोशी पावर कम्पनी

‘नेपालमा निर्माण व्यवसाय र जलविद्युत क्षेत्रले मुलुकलाई समृद्ध बनाउन ठूलो भूमिका खेलेको छ । साथै रोजगारीका लागि विदेशिएका युवाहरुलाई रोजगारी सिर्जना गर्न पनि सहयोग गरेको छ । देशमा विकास, समृद्धि र रोजगारी सिर्जनाका विषयमा केन्द्रित रहेर युवा सफल उद्यमी प्रेम लामासँग सेताेघर डट कमको लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।’

तपाईं ऊर्जा उद्यमी भएको नाताले नेपालको उर्जा क्षेत्रलाई कसरी लिनुभएको छ ?
नेपालले उर्जाको क्षेत्रमा भर्खरै पिकअप लिन थालेको छ । यसको राम्रो भविष्य छ र सम्भावना पनि उत्तिकै छ । खासगरी नेपालकोे समुन्नति, समृद्धि र विकासको लागि उर्जाको महत्वपूर्ण भूमिका रहन्छ ।

तपाईंले दूधकोशी पावर कम्पनीको थालनी गरिसक्नु भएको छ । यसले विशेष गरी खोटाङे जनताको जीवनस्तरमा कस्तो खालको प्रभाव पार्छ ?
खासगरी दूधकोशी पावर कम्पनी ६ दशमलव ५ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको हो । यसको लागत १ अर्ब २५ करोड स्टिमेट भएको छ । यसलाई सकेसम्म खोटाङवासीको बीचमा साझा रुपमा प्रस्तुत गर्ने प्रयाश गरेका छौं । यस कम्पनीको संस्थापक सेयरमा अधिकांश खोटाङवासी नै छन् । यस कम्पनीले जति पनि खोटाङबाट बाहिरी जिल्लामा बसोबास गर्ने बासिन्दाहरु (जस्तै विराटनगर, काठमाडौं लगायत) जो जहाँ जुन क्षेत्रमा छरिएर बस्नुभएको छ, उहाँहरुलाई एक ठाउँमा उभ्याउने काम गरेको छ । यस कम्पनीलाई हामीले उहाँहरुकै लगानीलाई आत्मसात् गरेर अगाडि बढाएका छौं । दूधकोशी पावर कम्पनी प्रा.लि.ले कुनै राजनीतिक पार्टीको विचारबाट प्रभावित भएर नभई जनताको सबै तहका जनताको साझा कम्पनीको रुपमा काम गरेर अगाडि बढेको छ । भोलिका दिनमा पनि यसलाई मूल आधार बनाउने छौं ।

यस कम्पनीबाट उत्पादित बिदयुतले अब कति वर्षमा बत्ति बाल्ने लक्ष्य लिएको छ नि ?
लगभग अब एक वर्षमा यो कम्पनी पूरा गर्ने योजना रहेको छ । यसका धेरै कामहरु पूरा भइसकेका छन् । ५० प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । यही हिसाबले काम अगाडि बढिरहेमा एक वर्षमा निर्माण कार्य पूरा भइसक्छ ।

धकोशी पावर कम्पनी ६ दशमलव ५ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको हो । यसको लागत १ अर्ब २५ करोड स्टिमेट भएको छ । यसलाई सकेसम्म खोटाङवासीको बीचमा साझा रुपमा प्रस्तुत गर्ने प्रयाश गरेका छौं । यस कम्पनीको संस्थापक सेयरमा अधिकांश खोटाङवासी नै छन् । यस कम्पनीले जति पनि खोटाङबाट बाहिरी जिल्लामा बसोबास गर्ने बासिन्दाहरु (जस्तै विराटनगर, काठमाडौं लगायत) जो जहाँ जुन क्षेत्रमा छरिएर बस्नुभएको छ, उहाँहरुलाई एक ठाउँमा उभ्याउने काम गरेको छ ।

जलविद्युत निर्माण जस्तो जोखिमपूर्ण काम खोटाङ्गमै गर्न तपाईं कसरी प्रभावित हुनुभयो ?
म एउटा निर्माण व्यवसायमा संलग्न भएको व्यक्ति हुँ । मेरो आफ्नो जन्मथलो पनि खोटाङ्ग नै हो । खोटाङ जिल्लामा रावाखोला छ, जुन खोटाङ्गकै ठूलो खोला हो । त्यसको वरीपरी पुल, बाटो बनाएर हामी बसोबास गरेका छौं । आजभन्दा १० बर्ष अगाडि करिब–करिब द्वन्द्वकालमै हामीहरु निर्माण व्यवसायमा काम गरिरहेका थियौं । हामी निर्माणको काम गर्ने भएकाले हाम्रोबीचमा एउटा विचार आयो । यसरी बगेर गएको पानीमा केही गरौं भन्ने विचार । जुन बेलामा खोटाङ जिल्लामा बिजुली थिएन । मानिसहरु उज्यालोका लागि कुटीमा भर पर्नुपथ्र्यो । त्यस्तो बेलामा हामी काम थाल्यौं । मलाई पनि धेरै अनुभव थिएन । त्यसैले पनि यो काम सम्पन्न गर्न १० औं वर्ष लाग्यो । अझै पनि लगभग एक वर्ष लाग्छ ।

आयोजनाको क्षमता ६ दशमलब ५ मेगावाट नै हुन्छ । प्राविधिकहरुको रिपोर्टले कुन बेलामा पानीको बहाव कस्तो स्वरुपको हुन्छ भन्ने अनुसन्धानले देखाइसकेकोले पनि यसको क्षमता त्यति नै हो भन्ने पक्का छ । प्राविधिकहरुले अध्ययन गर्दा ३-४ वर्षको पानीको क्षमतालाई आधार मानेर एभरेजमा रिपोर्ट तयार गरिएकाले यसको क्षमता ६ दशमलब ५ भन्दा कम क्षमताको हुँदैन । यसको १० प्रतिशत तलमाथि हुने भन्ने छ, त्यसले खासै असर गर्दैन ।

यहाँको भौगोलिक अवस्था र पानीको क्षमतालाई हेर्दा यसबाट विद्युत उत्पादन गर्ने क्षमता कस्तो देख्नुभएको छ ? तपाईले ६ दशमलब ५ मेगावाट भन्नुभयो कहीलेकाहीं पानीको बहाव बढेर बढी क्षमताको वा पानीको बहाव घटेर कमी हुने देख्नु भएको छ कि ?
हामीले त प्राविधिक रिपोर्टलाई नै तथ्यपूर्ण आधार मान्ने गर्छौं । यसैकारण आयोजनाको क्षमता ६ दशमलब ५ मेगावाट नै हुन्छ । प्राविधिकहरुको रिपोर्टले कुन बेलामा पानीको बहाव कस्तो स्वरुपको हुन्छ भन्ने अनुसन्धानले देखाइसकेकोले पनि यसको क्षमता त्यति नै हो भन्ने पक्का छ । प्राविधिकहरुले अध्ययन गर्दा ३-४ वर्षको पानीको क्षमतालाई आधार मानेर एभरेजमा रिपोर्ट तयार गरिएकाले यसको क्षमता ६ दशमलब ५ भन्दा कम क्षमताको हुँदैन । यसको १० प्रतिशत तलमाथि हुने भन्ने छ, त्यसले खासै असर गर्दैन ।

तपाईं एउटा निर्माण व्यवसायी हुनुहुन्छ, अहिले नेपाली युवाहरु कामको खोजीमा विदेशिएका छन् । ती जनशक्तिलाई कसरी व्यवस्थित गर्न सकिन्छ जस्तो तपार्इंलाई लाग्छ ?
नेपाल एउटा प्रचुर सम्भावना भएको मुलुक हो । ती सम्भावनाहरु प्रकृतिले हामीलाई चाहिँदो मात्रामा दिएको छ । यहाँ उद्योग सञ्चालन गर्न र मुलुकको समृद्धिका लागि हामीले जलविद्युतमा केन्द्रित गर्नैपर्छ । हाम्रो भनाई छ नि, पावर धेरै हुन्छ त्यो कहाँ लाने भन्ने छ, त्यो होइन यो धेरै हुँदैन । जस्तो दक्षिण कोरियामा मानिस १ करोड पनि छैन । तर उनीहरुको पावर अति धेरै छ, झन्डै ४० हजार मेगावाट त आजभन्दा १० वर्ष अगाडि नै थियो । जति धेरै पावर हुन्छ, त्यो देश समृद्धितिर गएकै हुन्छ । त्यसैले हामी मुलुकलाई समृद्धितिर अगाडि बढाउने हो भने जलविद्युतमा लगानी बढाउनैपर्छ । हाम्रोमा जाडो महिनामा कम उत्पादन हुन्छ, वर्षाको सिजनमा बढी हुन्छ ।

हामीकहाँ जलविद्युतमा लगानी भइरहेको छ, जस्तै तामाकोशी । अन्य पनि पछिल्लो समयमा थुप्रै आएका छन् । यसको प्रसारण लाइन लगायत अन्य धेरै समस्याहरु पनि रहेका छन् । उत्पादन भइसकेपछि पनि नेपाली जनताको घरघरमा जडान हुनुपर्ने भौतिक इन्फ्याक्चरहरु त देखिँदैन नि त ?
हाम्रो जस्तो सानो प्रोजेक्टको लागि त्यसको समस्या छैन, तयार छ । ठूलो प्रोजेक्टको लागि त प्रशस्त मात्रामा प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ । प्रसारण लाइन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग क्षमता पुगेन भने ग्लोबल टेण्डर गरेर भएपनि अनुभवी व्यवसायीहरुलाई भित्र्याउन जरुरी छ । त्यसलाई सहज बनाउन र वैदेशिक लगानी भित्र्याउन सरकारले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्छ । यो क्षेत्रमा धेरै मात्रामा विदेशी लगानीकर्ताहरु आइरहेका हुन्छन् । तर, त्यो लगानी गर्ने वातावरण नभएका कारण उनीहरु फर्कने गर्दछन् । त्यसमा सरकारले वातावरण बनाउन स्पष्ट हुनुपर्छ ।

उद्योग सञ्चालन गर्न र मुलुकको समृद्धिका लागि हामीले जलविद्युतमा केन्द्रित गर्नैपर्छ । हाम्रो भनाई छ नि, पावर धेरै हुन्छ त्यो कहाँ लाने भन्ने छ, त्यो होइन यो धेरै हुँदैन । जस्तो दक्षिण कोरियामा मानिस १ करोड पनि छैन । तर उनीहरुको पावर अति धेरै छ, झन्डै ४० हजार मेगावाट त आजभन्दा १० वर्ष अगाडि नै थियो । जति धेरै पावर हुन्छ, त्यो देश समृद्धितिर गएकै हुन्छ । त्यसैले हामी मुलुकलाई समृद्धितिर अगाडि बढाउने हो भने जलविद्युतमा लगानी बढाउनैपर्छ ।

यो दूधकोशी पावर कम्पनीमा लगानी गर्नेहरु कुन तह र तप्काका व्यक्ति छन् ?
यसमा लागनी गर्ने विशेषतः स्थानीय व्यक्तिहरु बढी छन् । त्यसपछि विदेशमा रहेका नेपालीहरु जस्तै एनआरएनका अध्यक्ष भुवन भट्टले पनि यस कम्पनीमा लगानी गर्नु भएको छ । खासगरी स्थानीयवासीहरुको ठूलो योगदान र साथ हामीहरुमा रहेको छ ।

तपाईंको चाहीं यसमा कति प्रतिशत लगानी रहेको छ ?
यस दूधकोशी पावर कम्पनीमा मेरो ३२ प्रतिशत लगानी रहेको छ । त्यसपछि स्थानीय जनता र केही विदेशमा रहेका राम्रा योजना भएका साथीहरुको समेत लगानी रहेको छ ।

यो बाहेक तपाईको अन्य कुन–कुन क्षेत्रमा लगानी रहेको छ ?
निर्माण व्यवसाय हामीले नेपाल सरकारसँग समन्वय गरेर सञ्चालन गरेका हुन्छौं । लगानी गर्दा पनि कम्पनीले लगानी गरेको हुन्छ । तर, दूधकोशी पावर कम्पनीमा चाहिं निर्माण व्यवसाय कम्पनीको संलग्नता रहेको छैन ।

एनआरएनका अध्यक्ष भुवन भट्टले पनि यस कम्पनीमा लगानी गर्नु भएको छ । खासगरी स्थानीयवासीहरुको ठूलो योगदान र साथ हामीहरुमा रहेको छ

त्यसो भनेपछि पावर कम्पनी र निर्माण कम्पनी छुट्टाछुट्टै हो ?
मेरा दुईवटा कम्पनीहरु छन् । एउटा निर्माण व्यवसाय कम्पनी र अर्को पावर कम्पनी । पावर कम्पनीको काम यो निर्माण कम्पनीले गर्दैन । यो चाहिं ट्रान्सपरेन्सीको कारणले नगरेको । यसमा फरक के छ भने पावर कम्पनीमा पब्लिकको लगानी हुन्छ । निर्माण कम्पनीमा त्यो हुँदैन । यसमा काम गर्दा उता निर्माण कम्पनीले बिल दिन्छ त्यसलाई पावर कम्पनीले पेमेन्ट गर्छ । यसमा व्यक्ति एउटै भए पनि कारोबार छुट्टाछुट्टै हुन्छ । यसरी निर्माण कम्पनी र पावर कम्पनीको हिसाब छुट्टै भएपछि सजिलो भयो । यसले अरु निर्माण कम्पनीसँग काम गर्न पनि सजिलो भयो । हामीले काम गर्दा राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वान गरेर पारदर्शी ढंगले मात्र कामहरु गर्नुपर्छ ।

निर्माण व्यवसायले नेपाली युवाहरुको रोजगारी र नेपालको अर्थतन्त्रमा कस्तो भूमिका खेलेको पाउनुभएको छ ?
राष्ट्र निर्माणको मेरुदण्ड भनेकै निर्माण व्यवसाय हो । यसलाई नेपालकै सन्दर्भमा भन्ने हो भने कृषि पछि सबैभन्दा बढी रोजगारी दिने क्षेत्र निर्माण व्यवसाय नै हो । निर्माण व्यवसायभित्र केही विकृतिहरु पनि देखिएका छन् । यस व्यवसाय भित्रका विकृति हटाउन सिन्डिकेटहरु तोड्नुपर्ने हुन्छ । यसले मुलुकको झन्डै ७५ प्रतिशत काम पनि गरेको छ । त्यो काम गर्ने १०÷२० वटा कम्पनीले मात्रै काम गरेको छ । त्यसले गर्दा सबै कम्पनी त अगाडि बढ्न सकेनन् । त्यति मात्रै अगाडि बढे । काम गरेको छ भन्दैमा सबै राम्रो हो भन्ने पनि होइन । केही विकृतिले गर्दा सबैलाई त्यसैगरी हेर्न मिल्दैन । यसमा जसरी कम्पनीहरुलाई बर्गिकरण गरिएको त्यसको आधार उहाँहरुले गरेको निर्माण कार्यलाई मुल्यांकन गरेर पुरस्कृत गरेर राज्यले अगाडि बढ्नुपर्ने हुन्छ । राम्रो काम गर्नेलाई झन् पेलेर जाने र नराम्रो गर्नेलाई प्रभावमा परेर जोखाउने काम गर्नुभएन । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ । देश विकास गर्नलाई निर्माण व्यवसायले नै पहरा फोर्ने, ढुंगा फोर्ने हो । जस्तो कहीले काही कस्तो हुन्छ भने काम गर्दागर्दै भौगोलिक कारणले त्यो पूरा नहुन पनि सक्छ । त्यस्तो बेला राज्यले सहयोग गर्नुपर्यो । तर, हामीहरुकोमा त्यस्तै छैन निर्माण व्यवसायी एउटा सम्झौता भएको हुन्छ । त्यसमा कर्मचारी फेरिएको फेरिएकै गर्छ अनि समस्या आइरहन्छ । पछि आउने कर्मचारीलाई त्यो कुरा थाहा पनि हुँदैन । त्यसैले समस्याहरु आइरहन्छ ।

पछिल्लो समय धेरै युवाहरु निर्माण व्यवसायमा आकर्षित हुँदै आएका छन् व्यवसायी र कामदारबीच सम्बन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ ?
यो व्यवसायमा युवाहरु आकर्षित हुनु एकदमै राम्रो कुरा हो । जुन जनशक्तिले निर्माण कार्यमा शक्ति प्रदान गर्दछन् । उनीहरुलाई यस पेशामा अनशासित तरिकाले लाग्न आह्वान पनि गर्दछु । हिजोको समयमा पार्टीहरुले पनि युवाहरुलाई व्यवस्थित गर्न सकेनन् । त्यसले गर्दा जहाँ टण्डर परेको छ, त्यहाँ युवाहरु गएर हामी मिलाउछौं भन्ने हस्तक्षेप गर्ने जस्तो सिन्डिकेटको रुप लियो । जसको कारणले गर्दा काम गर्ने भन्दा नगर्नेको बढी अधिकार रह्यो । त्यो विकृति हो, त्यसलाई तोड्दै अबका युवाहरु व्यवसायमा समर्पित भएर लाग्नुपर्छ । यसमा युवाहरुले राज्यलाई दिनुपर्ने जुन योगदान हुन्छ त्यो इमानदार भएर दिनुपर्छ । जहाँ टेण्डर भयो त्यहाँ गएर अवरोध सिर्जना गर्ने भन्दा पनि त्यस व्यवसायप्रति समर्पित भएर लाग्नुपर्छ । युवाहरुको राष्ट्र निर्माण गर्न ठूलो भूमिका रहन्छ त्यसलाई व्यवसायिक मर्यादाभित्र रहेर खेल्नुपर्छ । त्यसो गर्दा मुलुकको समृद्धिसँग युवाहरुको पनि समृद्धि हुन्छ । त्यसैले युवाहरु यो क्षेत्रमा आकर्षित हुन जरुरी देखिन्छ ।

दूधकोशी पावर कम्पनी प्रालिबाट उत्पादन भएको विद्युत्ले कति घरधुरीलाई सेवा दिन्छ ?
हामीले यहाँबाट उत्पादन गरेको बिजुली कति घरधुरीलाई पुग्छ भन्ने होइन । यहाँ उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले किनी सक्यो । यो बिजुली हामीले राज्यलाई दिन्छौं । अनि त्यो चाहिं केन्द्रीय प्रशारणमा जान्छ । यो कति घरलाई दिने वा पुग्ने भन्ने हुँदैन ।

यहाँ उत्पादित विद्युत् कति जिल्लालाई पुग्छ ?
यो खोटाङ, ओखलढुंगा र सोलुखुम्बु यी तीनवटा जिल्लालाई पुग्छ तर त्यो केन्द्रीय प्रशारण लाइनबाट वितरण हुने हो ।

अन्त्यमा, विशेष गरी जलविद्युत क्षेत्रमा लागेका युवा उद्यमीहरुलाई केही सुझाव दिन चाहनुहुन्छ कि ?
व्यवसायमा लाग्दा इमानदारीपूर्वक स्वच्छ हिसाबले लाग्नुपर्यो । पेशाभित्र देखिएका विकृति र विसङ्गतिलाई निर्मूल पार्दै अगाडि बढ्नुप¥यो । व्यवसाय मार्फत राष्ट्रको समृद्धितिर सबै नेपाली युवाहरुको ध्यान खिच्नुपर्छ । जब मुलुकको समृद्धिको कुरा आउँछ, त्यहाँ पक्कै पनि उद्योग व्यवसाय फस्टाउने छ । साथै देशका होनहार युवाहरु रोजगारीको लागि विदेसिनुपर्ने अवस्था सिर्जना नहोस् । सबै युवाहरुलाई नेपालमै रोजगारीको वातावरण बनोस् । त्यसैमा नेपाल र नेपाली युवाहरुको भलो छ भन्ने मलाई लाग्छ । 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: