सानै उमेरमा उद्यमी बनेका आशिषको यस्ताे प्यासन, परिवार र साथीहरूकाे समेत उनलार्इ छ सहयाेग


विगत ६ बर्ष पहिले देखि भक्तपुरको सुर्यविनायकबाट भित्र पट्टी पर्ने कटुञ्जेमा प्रभाव कृषि फार्म नामक नर्सरी फार्म सञ्चालन गर्दै आएका आशिष चगुथी कलेज पढिरहेका समेत छन् । उनले २०६९ देखि १५ रोपनी क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आएका छन् । हाल उनको नर्सरीमा जलवेरा, गोदावरी र ग्ल्याडलसका फूलहरु उत्पादन हुँदै आएका छन । मौसम अनुसार सयपत्री लगायत अन्य फूलहरु समेत उपलब्ध हुने भएपनि यस फार्मले जलवेरा उत्पादनलाई विशेष जोड दिँदै आएको छ । हाल यी फूलका विरुवाहरु भारतको राइज एण्ड साइन कम्पनीबाट आयात हुँदै आएका छन् ।

शुरुमा ५ लाख रकम कर्जा लिएर आशिषले यो व्यवसाय शुरु गरेका हुन् । नर्सरी संचालनमा आउनको निम्ति भने दाईको महत्वपूर्ण प्रेरणा रह्यो । परिवारबाट समेत राम्रो सहयोग प्राप्त भयो । हाल उनले फार्मको बार्षिक भाडा करिब अढाई लाख भाडा तिरेर यो व्यवसाय गर्दै आएका छन् ।
अहिले नेपालमा फ्लोरिकल्चर फस्टाउँदै गरेको अवस्थामा नेपालमा यस क्षेत्रको अवस्था समेत निकै नै राम्रो बन्दै गएको छ । नेपालमा सानै उमेरमा फरक तवरले कृषि तथा उद्यमशिलता विकासको नयाँ माध्यममा जोडिएका चगुथी यस व्यवसायको भविष्य निकै राम्रो रहेको बताउँछन् ।


कहाँ हुन्छ विक्री ?
नेपालमा अहिले पुष्प व्यवसाय फस्टाउनुमा फूल प्रतिको आकर्षण नै मुख्य हो । नेपालमा अहिले पनि ठूलो परिमाणमा विदेशबाट समेत फूलहरु आयात भइरहेको छ । अवास्तविक फूल समेत निकै ठूलो परिमाणमा नेपालमा चलनचल्तीमा छ ।
हाल पार्टी प्यालेस तथा बैंक्वेट, विवाह समारोह तथा अन्य विविध शुभकार्यहरुमा फूलको माग निकै नै बढेको छ । नेपालका होटलहरु तथा विभिन्न राजनीतिक कार्यक्रम लगायत विभिन्न औपचारिक कार्यक्रमहरुमा समेत यी फूलहरु विक्री हुने गरेका छन् । आगामी दिनमा समेत कृषि क्षेत्रमा नै राम्रो अवसर देखेको कारण यसै क्षेत्रलाई नै कार्य क्षेत्रको रुपमा अघी बढाउने आफ्नो योजना रहेको समेत उनले बताएका छन् ।

हाल काठमाडौंको तिनकुने स्थित नासा कलेजमा कक्षा १२ मा अध्ययन समेत गरिरहेका उनी व्यवसाय शुरुमा गाह्रो भएपनि अहिले सम्म आउँदा भने आफूले शुरु गरेको कामबाट राम्रो हौसला समेत प्राप्त भइसकेको र व्यवसायले गति लिइरहेको बताउँछन् ।
नेपालमा अवसर छैनन् भन्ने मान्यताले ठूलो सङ्ख्यामा नेपालीहरु रोजगारीको निम्ति विदेशिइरहेको अहिलेको अवस्थामा नेपालमा पनि अवसर छन् भन्ने सम्बन्धमा आशिषको प्रयाशले निकै राम्रो सन्देश प्रवाह गर्न सक्छ ।
कुनै पनि काम गर्नको निम्ति इच्छाशक्ति र आफ्नो काम प्रति आफूलाई पूर्ण विश्वास हुनसके आफूले शुरु गरेको कार्यलाई निश्चित गति दिन सकिने अनुभव सँगालेका छन् आशिष ।

पानीको समस्या :
भक्तपुरको कटुञ्जे क्षेत्रमा फ्लोरिकल्चर व्यवसायमा आवद्ध आशिष उक्त क्षेत्रमा पानीको समस्या भएको कारण पानी सङ्कलनको निम्ति प्लाष्टिक बिछ्याइएको पोखरी निर्माण गरेका छन् ।

रोगहरु :
फूल उत्पादनको क्रममा विभिन्न रोगहरुले समेत आक्रमण गर्ने भएको कारण कीटनाशक औषधी समेत निकै धेरै मात्रामा प्रयोग गर्नुपर्ने अवस्था रहने आशिष बताउँछन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: