देशभर पाँच वर्षभित्र विद्युत उत्पादन हुन्छः ऊर्जा मन्त्री


ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने कुरा प्रष्ट पारेका छन् । मन्त्री पुनले आगामी पाँच बर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराउने प्रतिवद्ध व्यक्त गरेका हुन् । हालसम्म नेपाली नागरिकहरुले ३५ प्रतिशत नागरिकहरुले विद्युतको पहँच नपुगेका कारण ती नागरिकहरुलाई जुन जुन क्षेत्रमा विद्युत उत्पादन नपुगेका ठाउँहरुमा विद्युत उत्पादन पु¥याउनका लागि सरकार विभिन्न चरणबाट प्रयासरत रहेको कुरा समेत मन्त्री पुनले उल्लेख गरेका छन् । सबै नेपालीहरुको चाहना भनेकै घरघरमा बिजुली बत्ति बालेर उज्यालोतर्फ आकर्षित हुनु नै हो । समग्र नेपाली जनताहरुमा विद्युतको सहजिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्नु नै विभिन्न खालका समाजिक संघसंस्थाहरुको भूमिका महत्वपूर्ण रहेको कुरा समेत मन्त्री पुन प्रष्ट पारेका छन् ।

अहिले मुलुकले हाम्रा राष्ट्रिय नेता केपी शर्मा ओलीको नेतृत्वमा देशले एउटा धेरै ठूलो चुनौतीहरु पार गर्दै देशमा वामपन्थीहरुको एउटा राम्रो पकडको अलावा स्थिर सरकार बनाउन हामीहरु सफल भएका छौं । यसको सगसगै अब हामीहरु सबै मुलुकको विकास निर्माणमा एक जुट भएर अघि बढ्नु पर्छ । यी खालका नयाँ योजना अनुसार अघि बढ्दा मात्र देश र समग्र नेपाली जनताहरुको हित हुन सक्ने कुरा समेत मन्त्री पुनले प्रष्ट पारेका छन् । हामी अब मुलकमा भएका विभिन्न खालका समस्याहरु प्रति चनाखो हुँदै ती खालका समस्याहरुलाई के कसरी हल गर्न सकिन्छ, अहिलेका हामीबिचमा रहेका समस्याहरुलाई कसरी समधान गर्न सकिन्छ यी गहन विषयवस्तु प्रति हामीहरुको ध्यान जान सक्नु पर्छ । अनि मात्र मुलुकको हित र नेपाली जनताहरुको हित हुन सक्ने कुरा मन्त्री पुनले बताए ।

सरकारले तीन बर्षमा ३ हजार ५ बर्षमा ५,००० र १० बर्षमा १० हजार मेगावाट विद्युत उपलब्ध गराउने लक्ष्य रहेकाले अब सबै तह र तप्कालाई समेटिएर अघि बढ्ने र हाम्रो मन्त्रालयले केही दिन जारी गरेको श्वतपत्रमा ऊर्जाको उत्पादनमा जोड, प्रशारण लाइनमा पहिलो प्राथमिकता र अन्य खालका नीतिगत विषयहरुमा समेत मन्त्री पुनले स्पष्ट पारेको समेत जानकारी दिएका छन् । सरकारले राम्रोसँगले आफ्ना विभिन्न खालका योजनाहरुलाई आम रुपमा जनताहरुका लागि राहत हुने किसिमबाट हामीहरु एक ढिक्का भएर अघि बढ्दै आएको कुरा समेत मन्त्री पुनले बताए । नेपालमा जलस्रोतको एकीकृत विकास गरेर आर्थिक समृद्धिको आधार तयार पर्ने भन्र्दै मन्त्री पुनले विकट ठाउँहरुमा रहेका सम्पूर्ण नागरिकहरुमा विद्युत् जस्तो मानव जीवनमा नभई नहुने वस्तु दिनकै लागि यी खालका सेवा दिनका लागि सामुदायिक संस्थाहरुको भूमिका प्रभावकारी रहेको उल्लेख गरे । सामुदायिक विद्युत्तीकरणमा समुदायले १ अर्ब २५ करोड लगानी गरेको कुरा समेत मन्त्री पुन प्रष्ट पारेका छन् । विद्युतमा आधारित ऊर्जा उद्यमीमार्फत स्थानीय स्तरमा पाँच हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले विकट क्षेत्रमा गरिने विद्युतीकरणमा लागत बढि हुने हुँदा सेवा संचालनमा ठूलो खालका विभिन्न समस्याहरु आइपरेको कुरा बताए । नेपाल विद्युतप्राधिकरणले सामुदायिक विद्युतीकरणको मर्म र भावना अनुकूल कार्य हुन नसकिरहेको र ग्रामीण क्षेत्रमा गरिबीका समस्याका कारण १० प्रतिशत रकम संकलनमा ठूलो खालका समस्या परेको भन्दै ज्ञवालीले स्पष्ट ग्रामीण विद्यतीकरण नीति लागू गर्नुपर्नेमा विशेष खालका जोड दिनुपर्ने जस्तो गहन विषयवस्तुको उठान गर्नुभएको थियो । नेपालमा सामुदायिक ग्रामीण विद्युतीकरणका लागि संस्थामा प्रयाप्त कर्मचारीको राम्रो व्यवस्था नभएको, विद्युत संकलन कार्य संचालनमा जटिलता देखिउनु, ग्रामीण विद्युतीकरण घाटाको व्यवसाय भएकाले आर्थिक रुपले समेत संस्थाको दीगोपनमा समेत ठूलै चुनौती खडा हुने गरेको अध्यक्ष ज्ञवालीले प्रष्ट पारेका छन् । हामीकँहा सबैभन्दा ठूलो पआर शक्ति र मुलुकमा रहेका अन्धकारलाई चम्किलो बनाउँदै देशको विकास निर्माणलाई समेत अत्यन्त दुरदरामा लाने चीज भनेकै जलविद्युत् भएकोले यो क्षेत्रको विकास निर्माणको लागि हामी सबै राजनीति दल, सरकार, नेपली जनताहरु सबै आ–आफ्नो ठाउँबाट एकजुट भएर अघि बढ्न आवश्यक भएको कुरा समेत अध्यक्ष ज्ञवाली बताउनुहुन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: