गुणस्तरीय सेवामा प्रतिवद्ध नेपा ब्याङ्क्वेट


हाल साढे १० रोपनी क्षेत्रफलमा सञ्चालनमा रहेको यस नेपा ब्याङ्क्वेटले १२ सय व्यक्तिहरुलाई एकैसाथ भोजभतेर गराउन सक्ने क्षमता राख्छ । आवश्यक परे १५ सय व्यक्तिहरु सम्मलाई एकैपटकमा पार्टी तथा भोजभतेर गराउन सक्छ ।

नेपा ब्यांक्वेट विगत ६ बर्ष पहिले देखि सञ्चालनमा आएको हो । यस व्इाङ्क्वेटमा पंकज चन्द्र श्रेष्ठ, दिनेश श्रेष्ठ, पुष्प महर्जन लगायतका व्यक्तिहरुको संलग्नतामा रहेको छ । प्रतिष्पर्धात्मक बजारमा फरक ढंगले सञ्चालनमा आउन सकेमात्र राम्रो सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता बमोजिम शुरुवात गरिएको यो ब्याङ्क्वेटले उपभोक्ताहरुलाई प्रदान गर्ने सेवा तथा गुणस्तरीयतामा विशेष केन्द्रित रहँदै आएको छ । पार्टी प्यालेसले उपलब्ध गराउनुपर्ने सेवामा नयाँपन दिनको निम्ति नवीनतम प्रविधिहरुको प्रयोग गर्दै आएको यो पार्टी प्यालेस अहिले काठमाडौंको नयाँबजार क्षेत्रमा निकै प्रख्यात छ । 

विवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यहरुमा आयोजना गरिने भोजभतेरमा आफूहरुले सरसफाईमा समेत विशेष ध्यान दिँदै आएको क्याङ्क्वेटका सञ्चालक दिनेश श्रेष्ठले बताउनुभयो । ग्राहकहरुको स्वागत सत्कारमा समेत विशेष सजग रहँदै आएको यस बैंक्वेटले खानामा स्वादको अलावा स्वस्थकर हुनुपर्ने कुरामा समेत विशेष जोड दिँदै आएको छ । उपभोक्तालाई पारिवारिक वातावरण दिन सक्नुपर्छ भन्ने मान्यतामा यो ब्यांक्वेट विशेष प्रतिवद्ध छ । पार्टी प्यालेसमा समेत विशेष सजगता अपनाउँदै आएको यस ब्याङ्क्वेटले नेपालका युवाहरुलाई नेपालमा नै अवसरहरु छन् भन्ने सम्बन्धमा समेत सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ ।

पार्टी प्यालेसको क्षेत्रमा दिनेश श्रेष्ठ :
हाल नेपा ब्याङ्क्वेटका सञ्चालक रहेका दिनेश श्रेष्ठ पार्टी प्यालेस क्षेत्रमा सन् २००७ देखि संलग्न भएका हुन् । यद्यपि यस क्षेत्रमा लगानी विस्तार गर्ने चासो भने क्याम्पस अध्ययन गर्ने समयमा वि.सं २०५०-५१ देखि नै पलाएको हो । त्यसै बमोजिम नै हाल सासा ब्यांक्वेट सञ्चालन गर्दै आएका दीपक महर्जन सँगको सहकार्यमा उनी पहिलो पटक पार्टी प्यालेस व्यवसायमा लगानी विस्तार गर्न पुगेका हुन् ।

सानै उमेरमा पार्टी प्यालेसमा संलग्न :
विद्यालय तह अध्ययन गर्ने समय देखि नै श्रेष्ठले निकै जागरुकताको साथ आफ्ना गतिविधिहरु अघी बढाएका थिए । एकपटक नगरकोटमा पार्टी गर्ने क्रममा निकै समस्या गाह्रोसँग उक्त कार्य सम्पन्न गरेको सम्झन्छन् । निकै सानो उमेरमा नै व्यवसायमा हात हालेका उनीहरुलाई पछि भने भगवानले नै यसै क्षेत्रमा काम गर्नको निम्ति आशिर्वाद दिएको हुन सक्ने श्रेष्ठ अनुमान गर्छन् । नेपालमा लामो समय देखि पार्टी प्यालेस व्यवसाय क्षेत्रमा संलग्न रहेका श्रेष्ठ नेपालमा नै प्रयाप्त सम्भावनाहरु छन् भन्नेमा निकै प्रतिवद्ध भइ ती सम्भावनाहरुलाई व्यावहारिक रुपबाट लागु गर्ने कार्यमा लागिपरेका छन् ।

नेपालमा अहिलेको अवस्थामा पार्टी प्यालेस व्यवसाय :
नेपालमा पार्टी प्यालेस व्यवसाय निकै नै सम्भावना बोकेको क्षेत्र हो । अहिले बढ्दो जनसङ्ख्या, नेपालीहरुको सुधार हुँदै आएको आर्थिक अवस्था, सुविधाभोगि र झण्झटमुक्त बन्ने चाहना नेपालीहरुमा बढ्दै गएको अवस्थामा अहिले पार्टी प्यालेस क्षेत्र प्रति आकर्षण बढ्दै गएको हुनाले यस क्षेत्रको भविष्य समेत निकै उज्ज्वल छ ।

अहिले पनि यस क्षेत्रमा निकै ठूलो रकम लगानी भएको छ । यद्यपि बढ्दो आवश्यकतालाई यत्तिले मात्रै सम्बोधन गर्न सक्ने अवस्था नभएको कारण आगामी दिनमा यस क्षेत्रमा थप लगानी विस्तार हुनुपर्ने आवश्यकता रहेको नेपा ब्याङ्क्वेटका सञ्चालक दिनेश श्रेष्ठ बताउनुहुन्छ ।

पार्टी प्यालेस प्रति आकर्षण बढ्नुका कारणहरु :
नेपालमा पार्टीप्यालेस तथा ब्यांक्वेट मार्फत अहिले भोजभतेर गर्ने प्रचलन दिनानुदिन बढ्दो छ । सेवाप्रदायकहरु सेवा प्रवाहको क्रममा आइपर्ने अन्य झण्झटबाट मुक्त हुन चाहन्छन् । कुनै कार्यक्रम गर्ने क्रममा आवश्यक पर्ने विद्युत, पानी, पार्किङ, भाँडाकुँडाको व्यवस्थापन, ठाऊँको उपलब्धता, भान्से तथा अन्य कार्यमा आवश्यक जनशक्ति व्यवस्थापन तथा जोखिमबाट बच्नको समेत सकिने भएको कारण अहिले पार्टी प्यालेसहरु प्रतिको आकर्षण बढिरहेको छ । कार्यक्रम आयोजना गर्ने क्रममा शुरुमा नै पार्टीप्यालेसले उपलब्ध गराउने सेवा र सर्त सम्बन्धी पार्टी प्यालेस व्यवस्थापन पक्षसँग सहमति भएपश्चात् अन्य सबै काम पार्टी प्यालेसले नै गरिदिने हुँदा कार्यक्रम आयोजक बिना झण्झट कार्यक्रममा नै रमाउन सक्ने वातावरण बन्ने गर्छ । यसबाट बाह्य रुपमा समेत आयोजक पक्ष प्रतिको दृष्टिकोण वा प्रतिष्ठा बढ्ने समेत अनुमान गर्न सकिन्छ ।

कस्तो ब्याङ्क्वेट हो नेपा ब्याङ्क्वेट ?
हाल साढे १० रोपनी क्षेत्रफलमा सञ्चालनमा रहेको यस नेपा ब्याङ्क्वेटले १२ सय व्यक्तिहरुलाई एकैसाथ भोजभतेर गराउन सक्ने क्षमता राख्छ । आवश्यक परे १५ सय व्यक्तिहरु सम्मलाई एकैपटकमा पार्टी तथा भोजभतेर गराउन सक्ने अवस्थामा आफहरु रहेको ब्याङ्क्वेट सञ्चालक दिनेश श्रेष्ठले राष्ट्रिय आर्थिक मासिकको कुराकानीको क्रममा बताउनुभएको छ ।

पार्टी प्यालेसहरुको अर्थतन्त्रमा योगदान :
नेपालको अर्थतन्त्र माथि उठाउनको निम्ति समेत पार्टी प्यालेस तथा ब्याङ्क्वेट क्षेत्रले समेत निकै नै महत्वपुर्ण भूमीका निर्वाह गर्दै आएको छ । यस क्षेत्रबाट पनि निकै ठूलो राजस्व संकलन समेत हुँदै आएको छ । यद्यपि आगामी दिनमा यस क्षेत्रमा लगानी गर्न चाहने व्यक्तिहरुलाई थप प्रोत्साहित दिनुपर्ने आवश्यकता समेत छ ।
हाल मध्यम वर्गका व्यक्तिहरुलाई नै लक्षित गरी सञ्चालन हुँदै आएको यस ब्याङ्क्वेटले पारिवारिक वातावरण निर्माण गर्न सकेको हुनाले उनीहरुसँगको बाह्य सम्पर्क समेत राम्रो हुने गरेको दिनेश श्रेष्ठले बताउनुहुन्छ । एकपटक भोजभतेरमा आएका व्यक्तिहरु बाटो पर्दा पछि समेत आएर भेटघाट तथा कुराकानी गरेको देख्दा आफूलाई निकै खुसी लाग्ने श्रेष्ठको भनाई छ ।

पृथकताको प्रयाशमा नेपा :
हाल प्रयाप्त ठाउँ समेत उपलब्ध रहेको यस ब्याङ्क्वेटले विहानको समयमा योग कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । यस बैंङ्क्वेटले भोजभतेरको समयमा केटाकेटीहरुलाई समेत लक्षित गर्दै छुट्टै उपयुक्त क्षेत्र निर्माणको काम समेत गरेको छ । चराचुरुङ्गीहरुको संरक्षणमा समेत जोड दिँदै आएको यस ब्याङ्क्वेटले सबैलाई उपयुक्त हुने किसिमले सेवा प्रवाहमा जोड दिएको छ । प्रयाप्त पार्किङ, एकैपटकमा २ ओटा हलमा पार्टी गर्न सकिने व्यवस्था, एउटै छानामुनि अन्य विविध सुविधाहरु लगायत उपलब्ध रहेको कारण यस ब्याङ्क्वेटले छोटो समयमा नै सेवाग्राहीहरुमा राम्रो छाप पार्न सफल भएको छ । व्यावसायिक प्रयोजनको अलावा समुदायको विकास र सामाजिक दायित्व निर्वाहको निम्ति समेत यो पार्टी प्यालेस निकै नै जागरुकताको साथ सक्रिय रहँदै आएको छ । आगामी दिनमा समेत आफूहरुले ग्राहकको चाहना बमोजिमका थप सेवाहरु विस्तार गर्दै जाने श्रेष्ठ बताउनुहुन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: