राम्राे सम्भावना बाेकेकाे नेपालकाे पर्यटन, व्यवसायी देवकाेटा भन्छन्, स्वास्थ्य पर्यटन नयाँ माध्यम बन्न सक्छ


चेवन देवकोटा एक पुराना अनुभवी पर्यटन व्यवसायी हुन् । उनको जन्म गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा एक किसान परिवारमा बुबा प्रेम प्रसाद देवकोटा र आमा सावित्री देवकोटाका ३ छोराहरु मध्ये माइला छोराको रुपमा वि.सं २०२७ मा भएको हो । उनले निम्न माध्यमिक स्तरको शिक्षा सोही गाऊँबाट र माध्यमिक स्तरको शिक्षा छिमेकी गाऊँ नम्जुङको श्री जनशक्ति मा.वि.बाट ग्रहण गरेका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तरगत व्यवस्थापनमा स्नातक तहको अध्ययन गरेका देवकोटा प्राकृतिक चिकित्सा र योग विद्यामा समेत रुचि राख्ने व्यक्ति हुन् । हाल मनास्लु एड्भेन्चर ट्रेक्स प्रा.लि.का प्रबन्ध निर्देशकको रुपमा विगत २० बर्ष भन्दा बढी समय देखि नेपालको पर्यटन क्षेत्रमा संलग्न रहेका देवकोटा विगतमा पर्यटन सेवा संघको कार्यसमिति सदस्य र नेपाल पर्वतारोहण संघको केन्द्रीय कार्यसमितिको साथै सचिवालय सदस्यको रुपमा समेत रही जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

चेवन देवकोटा, प्रबन्ध निर्देशक, मनास्लु एड्भेन्चर ट्रेक्स प्रा.लि

नेपालको पर्यटन क्षेत्रको भविष्य उज्ज्वल र विविध सम्भावनायुक्त रहेकोमा विश्वास गर्ने देवकोटा नेपालमा नै पाइने कच्चा पदार्थको बढी भन्दा बढी प्रयोग गरी मौलिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिन्छन् । हाम्रो भू–बनौट र प्राकृतिक विविधताको समेत अधिकतम प्रयोगबाट गर्दै पर्यटनको विकास गर्नुपर्ने उनको धारणा छ । साथै पर्यटन क्षेत्रबाट आर्जन गरेको विदेशी मुद्रा बाहिरिनबाट रोक्नको निम्ति समेत सरकार र व्यवसायीहरु मिलेर काम गर्नुपर्ने देवकोटाको धारणा छ ।

प्रस्तुत छ देवकोटासँगको बसाईमा रहेर नेपालको पर्यटन सम्बन्धमा तयार पारिएको सामाग्री :

द्वन्द्व सकिएसँगै गति लिँदै औद्योगिक वातावरण :
वि.सं २०५० देखि नै पर्यटन क्षेत्रमा प्रवेश गरेका देवकोटा नेपालमा द्वन्द्वको कारण लामो समय यहाँको औद्योगिक तथा व्यावसायिक वातावरणमा निकै नै प्रभाव पारेको भएपनि नेपालको द्वन्द्व किनारा लागेपछि भने अहिले मुलुकमा पर्यटन लगायतका अन्य क्षेत्रहरु समेत निश्चित दिशामा अघी आइरहेका छन् । अहिले भने नेपालमा व्यावसायिक गतिविधिहरु सहज बन्दै गएका छन् ।

नेपाल एयरलायन्सको गन्तव्य क्षेत्रलाई थप विस्तार गर्दै नेपालको पर्यटन बजारलाई वृहद बनाउने काम पनि नेपालको निम्ति निकै नै महत्वपूर्ण छ । अहिले वायु सेवा निगमले नयाँ जहाज थप्ने क्रममा आवश्यक रकमको अपुग भएको भन्ने कुरा छ । यसलाई सम्बोधन गर्नको निम्ति सरकारी वायु सेवा कम्पनीमा निजी लगानीका व्यवसायीहरुलाई समेत संलग्न गराई सेवा विस्तार गर्ने काम गर्न सकिन्छ । राज्यले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हो भने नेपालको वायु सेवा प्रदायक कम्पनीको निम्ति प्रयाप्त रकम जुट्न सक्छ । यसको निम्ति सबैभन्दा पहिले राज्यले नीतिगत व्यवस्था गर्नु जरुरी छ ।

नेपालमा अहिलेको पर्यटन व्यवसाय :
नेपालमा अहिले पर्यटन क्षेत्र विगतको तुलनामा केही राम्रो तवरले अघी बढेको छ । पर्यटन क्षेत्रको विकासको निम्ति अहिले सम्म राज्यले पूर्वाधार विकासमा खासै ध्यान दिन सकेको छैन । यसको साथै नेपालमा पर्यटन क्षेत्र जुन रुपमा विकास हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । नेपालमा पर्यटन क्षेत्र फस्टाउनको निम्ति प्रयाप्त सम्भावना हुँदाहुँदै पनि यसलाई दिगो योजनाको साथ अघी बढाउन नसक्दा नेपालको पर्यटन क्षेत्रले गति लिन सकेको छैन ।

नेपालमा अहिले प्राकृतिक अवस्थितिमा आधारित पर्यटनमूलक गतिविधिहरु मात्रै सञ्चालन हुँदै आएका छन् । आगामी दिनमा भने यस क्षेत्रलाई व्यापक रुपमा विस्तार गर्दै मानवनिर्मित संरचना, कला संस्कृतिको प्रवद्र्धन, संरक्षण लगायतमा समेत विविधिकरण गर्दै लैजानुपर्ने आवश्यकता छ ।
पर्यटन क्षेत्र अन्तरगत नेपालमा साहसिक पर्यटन अर्को सम्भावनाको क्षेत्र हो । तर नेपालमा अहिले सम्म यस क्षेत्रको विकासको निम्ति खासै पहल भने हुन सकेको छैन । नेपालमा अहिले पर्यटकहरुको सङ्ख्या बढेको भएपनि गुणस्तरीय पर्यटकहरु आउने वातावरण भने बनाउन सकिएको छैन ।

पर्यटन क्षेत्रको विकासको निम्ति अहिले सम्म राज्यले पूर्वाधार विकासमा खासै ध्यान दिन सकेको छैन । यसको साथै नेपालमा पर्यटन क्षेत्र जुन रुपमा विकास हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । नेपालमा पर्यटन क्षेत्र फस्टाउनको निम्ति प्रयाप्त सम्भावना हुँदाहुँदै पनि यसलाई दिगो योजनाको साथ अघी बढाउन नसक्दा नेपालको पर्यटन क्षेत्रले गति लिन सकेको छैन ।

पर्यटन क्षेत्रको लाभ निम्न वर्गमा पुग्नु जरुरी :
नेपालमा पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो छ । तर तल्लो तहका सबैजसो क्षेत्रका जनताहरुसँग भने यसको लाभ पुग्न भने सकेको छैन । बाहिरबाट आएका पर्यटकहरुले नेपालमा बस्ने क्रममा खर्च गर्ने रकम अहिले जुन रुपमा खर्च हुनुपर्ने हो, एकातिर त्यो खर्च गर्न सक्ने क्षमता समेत निकै कम छ ।

आवश्यक वस्तुहरुको स्वदेशमा उत्पादन बढाउनु आवश्यक छ :
पर्यटन क्षेत्रको अन्तिम लाभ नेपाललाई नै कसरी भइरहेको छ भन्ने कुरा समेत निकै महत्वपूर्ण हुने गर्छ । यसको निम्ति पर्यटकीय क्षेत्रको निम्ति आवश्यक पर्ने वस्तुहरु यहीँ नै उत्पादन गर्नुपर्ने कुरामा जोड दिनुपर्ने आवश्यकता छ । तर अहिले भने नेपालमा पर्यटकहरुको निम्ति आवश्यक पर्ने सबैजसो सामानहरु नेपालमा उत्पादित नभई बाहिरबाट आयातित नै अधिक हुने गरेका छन् । यसले गर्दा पनि नेपालले पर्यटन मार्फत जुन लाभ लिनुपर्ने थियो, त्यो लिन सकेको छैन । यस्तो अवस्थामा पर्यटकहरुको निम्ति आवश्यक पर्ने सबैजसो सामानहरु नेपालमा नै उत्पादनको निम्ति प्रोत्साहन गर्नुपर्ने आवश्यकता समेत छ ।

पर्यटकीय क्षेत्रको निम्ति आवश्यक पर्ने वस्तुहरु यहीँ नै उत्पादन गर्नुपर्ने कुरामा जोड दिनुपर्ने आवश्यकता छ । तर अहिले भने नेपालमा पर्यटकहरुको निम्ति आवश्यक पर्ने सबैजसो सामानहरु नेपालमा उत्पादित नभई बाहिरबाट आयातित नै अधिक हुने गरेका छन् ।

हवाई सेवाको गुणस्तरीयता र क्षमता विकास हुनु जरुरी :
नेपालको हवाईसेवा समेत जुन रुपमा प्रभावकारी हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । नेपालमा अहिले हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमसँग ठूला सुविधा सम्पन्न जहाज थप्नको निम्ति र यसको गुणस्तरीयतामा जोड दिनको निम्ति जुन रुपमा काम हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । यस्तो अवस्थामा नेपाल एयरलायन्सको गन्तव्य क्षेत्रलाई थप विस्तार गर्दै नेपालको पर्यटन बजारलाई वृहद बनाउने काम पनि नेपालको निम्ति निकै नै महत्वपूर्ण छ ।
अहिले वायु सेवा निगमले नयाँ जहाज थप्ने क्रममा आवश्यक रकमको अपुग भएको भन्ने कुरा छ । यसलाई सम्बोधन गर्नको निम्ति सरकारी वायु सेवा कम्पनीमा निजी लगानीका व्यवसायीहरुलाई समेत संलग्न गराई सेवा विस्तार गर्ने काम गर्न सकिन्छ । राज्यले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हो भने नेपालको वायु सेवा प्रदायक कम्पनीको निम्ति प्रयाप्त रकम जुट्न सक्छ । यसको निम्ति सबैभन्दा पहिले राज्यले नीतिगत व्यवस्था गर्नु जरुरी छ । यससँगै नेपालको स्वदेशी वायुसेवा प्रदायक कम्पनीकै जहाजबाट हवाई यात्रा गर्न पाउनुपर्ने अवस्था सृजना हुन सक्छ । जसले गर्दा स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै नेपालमा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने वातावरण सृजना हुन सक्छ ।

नेपालको भौगोलिक विविधता :
नेपालको भौगोलिक विविधता पनि पर्यटक आकर्षणको निम्ति निकै नै आकर्षणको माध्यम हुन सक्छ । नेपालमा नै समुद्री सतहबाट ६८ मिटर उचाईदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) समेत रहेको छ । नेपालमा निकै नै फरक किसिमका प्राकृतिक सम्पदाहरु, भौगोलिक बनौट, जीवजन्तु, वनस्पतिहरु छन् । जसबाट पर्यटनमा निकै राम्रो लाभ लिन सकिन्छ ।

फरक प्रजातिका विशेष महत्वका वनस्पतिहरुको प्रवद्र्धन आवश्यक :
नेपालमा एकै प्रकृतिका फरक प्रजातिका रुखविरुवाहरु समेत निकै धेरै सङ्ख्यामा छन् । गुराँसलाई नै यसको उदाहरणको रुपमा लिन सकिन्छ । त्यस्तै हामीले जडिबुटी तथा वनस्पतिजन्य पर्यटनको समेत विकास गर्नु जरुरी छ । यहाँ निकै धेरै प्रजातिका गुराँसहरु छन् । गुराँसको प्रवद्र्धनको निम्ति हामीले नेपालमा गुराँस फेस्टिवल समेत आयोजना गरेर यसको महत्व बारे विभिन्न गतिविधिहरु सञ्चालन गर्न सकिन्छ भने विश्वबजारमा पनि पर्यटन आकर्षणको निम्ति यसलाई अघी ल्याउन सकिन्छ । यसबाट विश्वभर नेपाललाई चिनाउन सकिने अवस्था छ । यद्यपि अहिले सम्म नेपालले राम्रो गति लिन नसक्नुमा हामीले यहाँका सम्भावनाहरु के–के छन् भन्ने कुराको प्रवद्र्धन गर्न नसक्नु नै महत्वपूर्ण कुरा हो ।

सम्भावना बोकेको स्वास्थ्य पर्यटन :
नेपालमा पछिल्लो समय स्वास्थ्य पर्यटन समेत नयाँ क्षेत्रको रुपमा विकास हुन सक्ने सम्भावना छ । कस्तो विरामीलाई कुन तापमान र प्राकृतिक वातावरणमा रहनुपर्ने आवश्यकता रहन्छ भन्ने किसिमले स्वास्थ्य उपचार र विधिलाई प्राकृतिक चिकित्सासँग जोडेर कार्यक्रम ल्याउने हो भने नेपालमा यसले निकै नै फरक तवरले पर्यटनको विकास गर्न सकिन्छ । अहिले सम्म नेपालमा स्वास्थ्य पर्यटनको विकास हुन नसकेको अवस्थामा यस्तो पहल गर्न सकिन्छ । यसबाट विश्वबजारमा नै नेपाललाई नयाँ तवरले चिनाउन समेत सहयोग पुग्नेछ । यसको लागि हाम्रा प्राकृतिक वनस्पति र जडिबुटीहरुलाई प्रयोगमा ल्याई यसको निम्ति नेपालका व्यवसायी र राज्य दुवैको सहकार्यमा यस्ता पहल हुन जरुरी छ ।

पर्यटनको राम्रो भविष्य :
नेपालको निम्ति पर्यटन क्षेत्र निकै नै सम्भावना रहेका फराकिलो क्षेत्र हो । पर्यटन क्षेत्रसँग अन्य निकै धेरै क्षेत्रहरु जोडिएका हुन्छन् । कम लगानीमा नै हामीसँग उपलब्ध प्राकृतिक भूबनौटलाई नै पर्यटन आकर्षणको माध्यम बनाउन सकिने भएको कारण समेत नेपालमा यस क्षेत्रले निकै राम्रो सम्भावना बोकेको छ ।

राज्यको दृष्टिकोण :
पर्यटन क्षेत्रमा संलग्न रहेका व्यवसायीहरुलाई राज्यले जुन रुपमा सहज वातावरण निर्माण गर्नुपर्ने थियो, त्यो वातावरण तयार गर्ने काम अहिले हुन सकेको छैन । यस्तो अवस्थामा नेपालमा रहेर काम गरिरहेका व्यवसायीहरुलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ ।

एयरपोर्टको अवस्था सुधारको पहल गर्नुपर्छ :
पछिल्लो समय नेपालको एयरपोर्ट समेत निकै संवेदनशिल बनेको छ । हवाईमैदानमा हुने दुर्घटनाको कारण समेत अहिले पर्यटन क्षेत्रले राम्रो गति लिन सकेको छैन । आगामी दिनमा नेपालमा यस्ता समस्याहरुलाई न्यूनीकरण गर्नको निम्ति विशेष पहल गर्नुपर्ने जरुरी छ । हरेक देशको पर्यटन प्रवद्र्धनको निम्ति त्यहाँको एयरपोर्टकोे भूमीका निकै महत्वपूर्ण हुने गर्छ । कतिपय अवस्थामा जहाजबाट ओर्लने क्रममा जाम हुने अवस्था समेत पाइन्छ । नेपालको हवाई सेवा राम्रो नभएको भन्दै युरोपियन युनियनले नेपाललाई कालोसूचीमा समेत राखेको छ । यस्तो अवस्थामा हवाई क्षेत्रको समग्र सुधारको निम्ति समग्र गुरुयोजना बनाउँदै तत्काल गर्नुपर्ने कामलाई तत्कालै अघी बढाउनुपर्ने आवश्यकत समेत छ ।

नेपालको निम्ति पर्यटन क्षेत्र निकै नै सम्भावना रहेका फराकिलो क्षेत्र हो । पर्यटन क्षेत्रसँग अन्य निकै धेरै क्षेत्रहरु जोडिएका हुन्छन् । कम लगानीमा नै हामीसँग उपलब्ध प्राकृतिक भूबनौटलाई नै पर्यटन आकर्षणको माध्यम बनाउन सकिने भएको कारण समेत नेपालमा यस क्षेत्रले निकै राम्रो सम्भावना बोकेको छ ।

अध्यागमन चेकजाँच व्यवस्थित हुनुपर्छ :
हाम्रो एयरपोर्टको अध्यागमनमा कहिलेकाहीँ केही कमजोरीहरु हुने गरेको कुरा बाहिर आइरहेका हुनाले त्यसलाई सुधार गर्नुपर्ने जरुरी छ । एयरपोर्ट तथा अन्य क्षेत्रका पर्यटनमूलक गतिविधिहरु सञ्चालनका कार्यहरु केही कुराहरु गृह मन्त्रालय र केही पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत पर्दछन् । यद्यपि यी दुई मन्त्रालयहरुको बीच आपसी समन्वयको अभावको कारण पनि केही समस्याहरु देखिने गरेका छन् । यस्ता केही समस्याहरुलाई तत्काल सुधार गर्दै सोही बमोजिम सुधारको निम्ति पहल हुनु जरुरी छ ।

अन्त्यमा,
अहिलेको सरकार प्रति नेपालका जनता र व्यवसायीहरु निकै नै आशावादी छन् । हाम्रो पर्यटन क्षेत्रको नेतृत्व लिनुभएका मन्त्री रविन्द्र अधिकारी आफैं पनि पर्यटन क्षेत्र राम्रोसँग बुझेका व्यक्ति हुनुहुन्छ, हामी ऊहाँ लगायतका सबै व्यक्तिहरु प्रति निकै नै आशावादी छौं ।
यद्यपि राज्यले आगामी दिनमा नेपालको संस्कृति, इतिहास, प्राकृतिक सुन्दरता, हिमाल, वनस्पति र पशुपंक्षी लगायतका यस्ता सम्भावनाहरुलाई निश्चित योजनाको आधारमा सोही बमोजिम निश्चित बजेट छुट्याएर अघी बढाउनुपर्ने आवश्यकता छ । एउटा क्षेत्रलाई अघीको प्रवद्र्धन भएपश्चात् मात्र अर्को क्षेत्रलाई अघी बढाउने किसिमले काम गर्नु जरुरी छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: