गुणस्तरीय बन्दै गएकाे नेपालकाे हस्पिटालिटी क्षेत्र, अनुभवी सेफ विक्रम श्रेष्ठकाे दृष्टिकाेण


विक्रम श्रेष्ठ, सेफ, थर्ड आई रेष्टुरेन्ट ठमेल

हस्पिटालिटी क्षेत्रमा बदलिएको छ परिस्थिति ः
नेपालमा हस्पिटालिटी क्षेत्र विगत र अहिलेमा केहि परिवर्तन हुँदै गएकाे छ । विगतमा आफूले सिकेको काम अरुलाई सिकाउने हो भने आफू माथि जान सकिँदैन भन्ने अवस्था रहेको बताउने विक्रम श्रेष्ठ हाल भने आफूले धेरै मानिसहरुलाई काम सिकाउन सकेको खण्डमा मात्र आफूलाई थप प्रतिष्ठा मिल्ने परिस्थिति बन्नुबाट समय निकै नै बदलिएको श्रेष्ठ दाबी गर्नुहुन्छ ।

दक्ष जनशक्ति पाउनै गाह्रो ः
नेपालमा अहिले पनि हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति आवश्यकता बमोजिम पाउन गाह्रो छ । यद्यपि विगतको तुलनामा अहिले यस क्षेत्रमा काम गर्ने मानिसहरु निकै नै क्षमतावान् बनिसकेका छन् । मानिसहरुको क्षमता समेत विश्वस्तरीय बनेको छ ।
अहिले नेपालमा हस्पिटालिटी सम्बन्धी शैक्षिक कार्यक्रम तथा छोटो अवधिका प्रशिक्षणहरु सञ्चालन गर्ने संस्थाहरु निकै धेरै सङ्ख्यामा खुलिसकेका छन् । यद्यपि नेपालमा यहाँको निम्ति आवश्यक जनशक्ति उत्पादन गर्न र नेपालमा नै टिकाउन भने निकै नै चुनौतीको रुपमा देखिएको छ । अहिले नेपालमा भएका युवाहरु कामको निम्ति विदेशिइरहेको अवस्था छ ।

नेपाली युवाहरु विदेशिनुमा नेपालमा उपयुक्त काम पाउन गाह्रो हुनुको अलावा नेपालमा क्षमता बमोजिमको तलब सुविधा प्राप्त गर्न नसक्नु लगायतका समस्याहरु छन् । यद्यपि नेपालमा पनि हरेक क्षेत्रमा क्षमतावान् मानिसले भने निकै नै राम्रो तवरले गरिरहेका छन् ।

शैक्षिक कार्यक्रमहरुको बढ्दो पहुँच ः
नेपालमा हस्पिटालिटी क्षेत्रको बारेमा अध्ययन गर्ने कार्य विगतमा निकै गाह्रो थियो । अहिले भने नेपालमा होटल म्यानेजमेन्ट सम्बन्धी अध्ययन हुने कलेजहरु समेत दर्जनौं सङ्ख्यामा खुलिसकेका छन् । यद्यपि यी संस्थाहरुले नेपालमा उत्पादन गर्ने जनशक्ति तत्कालको लागि आपुर्ति हुने किसिमले भने उत्पादन गर्न सकिने अवस्था छैन । अहिले अध्ययन गराइरहेका कलेजहरुबाट उत्पादित प्रशिक्षार्थीहरु नेपाली हस्पिटालिटी बजारमा आगामी ८-१० बर्ष पछिको लागि तयार हुन सक्ने अवस्था रहन्छ ।

नेपालका आफ्नै मौलिक खानाहरु समेत स्वास्थ्य र पौष्टिकताको हिसाबले निकै महत्वपूर्ण मानिन्छन् । यस्ता खाद्यान्नहरु विदेशीहरु माझ पनि लोकप्रिय बन्दै गएका छन् । तर नेपालीहरुलाई भने आफ्ना मौलिक खानाप्रतिको रुचि र पहुँच घट्दो छ । नेपालमा नै उत्पादन हुने कोदोको ढिँडो, फापरको रोटीहरु बारे अहिले अधिकांश नेपालीहरु बेखबर छन् । यद्यपि नेपालीहरुले दिनहुँ प्रयोग गर्ने दाल, भात, तरकारी, अचार सहितको भोजन मानवीय आवश्यकता परिपुर्ति गर्ने पूर्ण भोजन मानिन्छ । यसलाई अब विश्वबजारमा ब्राण्डिङ गर्नुपर्ने जरुरी छ ।

विश्वस्तरीय प्रचलित खाद्य वस्तुमा आकर्षण बढ्दो ः
अहिले नेपालीहरु नेपाली उत्पादनमा मात्र होइन, विदेशी खानालाई आफ्नो रुचिमा पारिरहेका छन् । नेपालमा पनि इण्डियन, चाइनिज, इटालियन, कन्टिनेन्टल लगायतका खानाहरु प्रति नेपालीहरुको मोह बढ्दो छ । यसो हुनुमा नेपालीहरुमा पनि बाह्य संस्कारको प्रभाव पनि हो ।

नेपाली खाद्यान्नको विश्व बजारमा ब्राण्डिङको सम्भावना ः
यद्यपि नेपालका आफ्नै मौलिक खानाहरु समेत स्वास्थ्य र पौष्टिकताको हिसाबले निकै महत्वपूर्ण मानिन्छन् । यस्ता खाद्यान्नहरु विदेशीहरु माझ पनि लोकप्रिय बन्दै गएका छन् । तर नेपालीहरुलाई भने आफ्ना मौलिक खानाप्रतिको रुचि र पहुँच घट्दो छ । नेपालमा नै उत्पादन हुने कोदोको ढिँडो, फापरको रोटीहरु बारे अहिले अधिकांश नेपालीहरु बेखबर छन् । यद्यपि नेपालीहरुले दिनहुँ प्रयोग गर्ने दाल, भात, तरकारी, अचार सहितको भोजन मानवीय आवश्यकता परिपुर्ति गर्ने पूर्ण भोजन मानिन्छ । यसलाई अब विश्वबजारमा ब्राण्डिङ गर्नुपर्ने जरुरी छ । साथै नेपाली खाद्यान्न बारे नेपालीहरुमा पनि एक किसिमको जागरण आउनु जरुरी छ । यसै मान्यता साथ नेपालका केही सीमित ग्रामीण भेगमा प्रचलित खानाहरुलाई छनौट गरी ती खानाहरुको विश्व बजारमा प्रवद्र्धन गर्ने कामको शुरुवात गर्न लागिएको छ । यसबाट नेपाली खानाको विश्वभर पहुँच पुग्नुपर्छ भन्ने मान्यताले सञ्चालनमा ल्याइएको यस कार्यक्रमलाई ‘नेपाली फुड ग्लोबलाइजेसन’ नाम दिइएको छ भने यस कार्यक्रमलाई तत्काल होटल एसोसिएसन नेपाल –हान) र सेफ एसोसिएसनले अघी बढाएका छन् । कार्यक्रमको संयोजन कर्ण शाक्य र गोविन्दनरसिंह केसीले गर्नुभएको छ । यसबाट नेपाली खानालाई संसारमा पुर्याउन र चिनाउन सहज हुनेछ ।

नेपालमा अहिले विभिन्न वर्ग र स्तरका रेष्टुरेन्टहरु सञ्चालनमा छन् । ती रेष्टुरेन्टहरुको क्याटागोराइज्ड गर्नु जरुरी छ । नेपालमा निकै सानो लगानी देखि निकै ठूलो लगानी सम्मका रेष्टुरेन्टहरु छन् । यद्यपि ती सबै रेष्टुरेन्टहरु प्रतिको मानिसहरुको दृष्टिकोण एउटै छ । यदि रेष्टुरेन्टलाई क्याटागोराइज्ड गर्ने हो मानिसले आफ्नो चाहना र आवश्यकता बमोजिमको रेष्टुरेन्ट छनौट गरी सेवा उपयोग गर्न पाउँछन् ।

खाना प्रतिको रुचि र धारणामा परिवर्तन हुँदै ः
विगत केही बर्ष पहिले र अहिले नेपालीहरुमा पनि खाना खाने प्रचलनमा निकै नै परिवर्तन आएको छ । मानिसहरुको लाइफस्टाइलमा समेत परिवर्तन आएको छ । नेपालीहरुमा समेत खानाको स्वाद र परिकारको चयनमा समेत निकै नै विविधता आएको छ । विगतमा मानिसहरु पेट भर्नको लागि खाना खाने प्रचलन थियो । अहिले भने मानिसहरु पेट भर्नको लागि नभई स्वाद, स्टाइल र स्वास्थ्यको लागि खाना खाइरहेका छन् । अर्थात विश्वबजार बमोजिम नेपालीहरु पनि सोही दिशामा खाना प्रति आकर्षित भइरहेका छन् । यसले गर्दा खानाको गुणस्तरमा समेत निकै नै वृद्धि भएको छ ।
मानवीय आवश्यकता पूरा गर्नको निम्ति सफल रहेको नेपाली खाना निकै नै राम्रो हुँदाहुँदै पनि यसको प्रवद्र्धनमा जोड दिन नसक्दा नेपाली खानाको विश्वबजार प्रवद्र्धन कमजोर भएको हो । आगामी दिनमा नेपाली खानालाई कुन गतिमा प्रवद्र्धन गर्न सकिन्छ भन्ने कुरा अर्को महत्वपूर्ण पक्ष हुन सक्छ ।
रेष्टुरेन्टहरुको वर्गिकरण आवश्यक ः
नेपालमा अहिले विभिन्न वर्ग र स्तरका रेष्टुरेन्टहरु सञ्चालनमा छन् । ती रेष्टुरेन्टहरुको क्याटागोराइज्ड गर्नु जरुरी छ । नेपालमा निकै सानो लगानी देखि निकै ठूलो लगानी सम्मका रेष्टुरेन्टहरु छन् । यद्यपि ती सबै रेष्टुरेन्टहरु प्रतिको मानिसहरुको दृष्टिकोण एउटै छ । यदि रेष्टुरेन्टलाई क्याटागोराइज्ड गर्ने हो मानिसले आफ्नो चाहना र आवश्यकता बमोजिमको रेष्टुरेन्ट छनौट गरी सेवा उपयोग गर्न पाउँछन् । रेष्टुरेन्टको वर्गिकरण गर्दा त्यसले उपलब्ध गराएको सुविधा र निश्चित पुर्वाधारलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । यसो हुन सकेको खण्डमा उपभोक्ताले आफ्नो आवश्यकता र चाहना बमोजिम सेवा लिन सक्ने अवस्था बन्छ ।

थर्ड आई रेष्टुरेन्ट ः गुणस्तर र हाइजिनमा विशेष सतर्क
विश्वभरका होटलहरुमा राम्रो मान्यता पाएको इकोल्याब नामक केमिकलले किचनका सामानहरु सफा गर्ने काम यस रेष्टुरेन्टले गर्दै आएको छ । यस स्टाण्डर्डमा खानाको निम्ति आवश्यक सम्पूर्ण कुरालाई समेटिएको छ । यसले विशेष गरी खानाको स्वास्थ्यमा विशेष जोड दिन्छ । खानामा प्रयोग हुने वस्तुहरुको मात्रा, तापक्रम, भण्डारनको तरिका, अन्य व्यवस्थापन लगायतमा यसले विशेष जोड दिएको हुन्छ । यसले गर्दा खानाको मूल्यमा समेत निकै अन्तर पारेको हुन्छ ।

१५ दिन देखि ६ महिना अवधि सम्मका यस्ता कार्यक्रमहरुमा अध्ययन गरेपश्चात् भने आफूले जीवन धान्नुको साथै नेपाल भित्र र बाहिरका होटलहरुमा निकै राम्रो गर्न सक्ने अवस्था छ । यसैकारण लामो समय पूर्ण शैक्षिक कार्यक्रम अध्ययन गरेको व्यक्तिले समेत केही महिनाको छोटो अवधिको तालिम लिनुपर्ने अवस्था छ ।

जनशक्ति उत्पादनमा शैक्षिक कार्यक्रम ः
नेपालमा अहिले हस्पिटालिटी क्षेत्रमा अध्ययन गराउने संस्थाहरु निकै धेरै छन् । नेपालको शैक्षिक कार्यक्रम पनि विश्वबजारमा राम्रै मानिन्छ । यद्यपि नेपालमा अहिले अध्ययन गराइने शैक्षिक कार्यक्रम हाम्रो वर्तमान आवश्यकता परिपुर्ति गर्नुपर्ने कुरामा भने केन्द्रित हुन सकेको छैन । नेपालमा शैक्षिक कार्यक्रम अन्तरगत सम्बन्धित क्षेत्रका सबै विषयवस्तुको धेरथोर जानकारी समेटिएको त हुन्छ तर नेपालमा कुनै एउटै क्षेत्रमा विज्ञ बन्न सकिने शैक्षिक कार्यक्रममा भने ध्यान दिन सकिएको छैन । जसले गर्दा कुनै क्षेत्रमा राम्रो गर्न सकिने परिस्थिति सृजना हुन सकेको छैन ।

शैक्षिक कार्यक्रमको तुलनामा छोटो अवधिका तालिमको प्रभावकारिता बढ्दो ः
१५ दिन देखि ६ महिना अवधि सम्मका यस्ता कार्यक्रमहरुमा अध्ययन गरेपश्चात् भने आफूले जीवन धान्नुको साथै नेपाल भित्र र बाहिरका होटलहरुमा निकै राम्रो गर्न सक्ने अवस्था छ । यसैकारण लामो समय पूर्ण शैक्षिक कार्यक्रम अध्ययन गरेको व्यक्तिले समेत केही महिनाको छोटो अवधिको तालिम लिनुपर्ने अवस्था छ । यसो हुन नसक्नुमा शैक्षिक कार्यक्रमले व्यावहारिक पक्षलाई समेट्न नसक्नु नै मुख्य हो ।

व्यापक सम्भावनाको क्षेत्र ः
नेपालमा अहिले आवश्यकता बमोजिम होटल तथा रेष्टुरेन्टहरु स्थापना हुन सकेका छैनन् । यद्यपि अबको दिनमा यस क्षेत्रमा निकै धेरै होटलहरु सञ्चालन हुने अवस्था छ । नेपालमा विश्वबजारका राम्रा चर्चित होटलहरु सञ्चालनमा आउँदैछन् । नेपालमा नै हिलटन, शेराटन, रेडिसन, म्यारिट लगायतका होटलहरु आउने क्रममा छन् । यी विश्वबजारमा नै चर्चित होटलहरु नेपालमा सञ्चालनमा आएपछि विश्वबजारका गुणस्तरीय पर्यटकहरु समेत नेपालमा आउने परिस्थिति सृजना हुनेछ । नेपालमा अहिले पर्यटन क्षेत्रले राम्रो प्रगति गर्न नसक्नुमा समेत नेपामला अहिले आकर्षित होटल तथा सेवासुविधा उपलब्ध गराउन नसक्नु नै मुख्य कुरा हो ।

होटल व्यवसायमा सम्भावना ः
नेपालमा होटल क्षेत्र निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रबाट निकै राम्रो प्रगति गर्न सकिने अवस्था पनि छ । यद्यपि नेपालमा अध्ययन गरेका युवाहरु नेपालमा काम सिकेपश्चात् अधिकांश विदेशिइरहेका छन् । काम सिक्न र बाहिरी वातावरण बुझ्नको निम्ति युवाहरु बाहिरिनुलाई नराम्रो भन्न मिल्दैन । यद्यपि नेपालका युवाहरु केही समयको अन्तरालमा भने नेपालमा पुन आउन सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता छ ।

सेवा र गुणस्तरीयता बारे तथ्याङ्क सङ्कलन आवश्यक ः
नेपाल सरकारले अहिले सञ्चालनमा रहेका होटलहरुले कस्तो सेवा दिइरहेका छन् भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्नुपर्ने आवश्यकता छ ।
करिब ३ दशक पुग्न लागेको थर्ड आई रेष्टुरेन्टले नेपालमा नै राम्रो र हाइजेनिक खानामा केन्द्रित हुनुपर्छ भन्ने मान्यताले यो रेष्टुरेन्ट सञ्चालनमा आएको हो । करिब ३ सयलाई गुणस्तरीय खाना सुविधा उपलब्ध गराउने यस रेष्टुरेन्टले डाइनिङ हल, २ ओटा सिटिङ एरिया, टेरिस गार्डेन लगायतबाट सुविधा दिएको छ । प्रयाप्त पार्क तथा अन्य सुविधा भएको यस रेष्टुरेन्टले अब छिटै नै काठमाडौंका अन्य क्षेत्रमा पनि शाखाहरु सञ्चालनमा ल्याउन लागेको छ । हाल यस रेष्टुरेन्टमा ५५ जना कर्मचारीहरु कार्यरत छन् । विश्व बजारमा नै नेपाली ब्राण्ड पुर्याउन सकिन्छ भन्ने मान्यताले अघी बढेको यो रेष्टुरेन्ट विश्व प्रतिष्पर्धामा समेत पुरष्कृत भएको थियो । यसले अमेरिकामा समेत शाखा सञ्चालनमा ल्याएको थियो ।

 

काे हुन् विक्रम श्रेष्ठ ः

एसएलसी सम्मको अध्ययन पश्चात् नेपालमा नै रोजगारीको निम्ति रेष्टुरेन्ट क्षेत्रमा जोडिनुभएका विक्रम श्रेष्ठ हाल सेफको भूमीकामा रही ठमेल स्थित थर्ड आई रेष्टुरेन्टमा कार्यरत हुनुहुन्छ । सन् १९९२ देखि रेष्टुरेन्ट क्षेत्रमा संलग्न रहनुभएका श्रेष्ठ लामो समय विदेशमा समेत रहेर हस्पिटालिटी सम्बन्धी विश्वस्तरीय ज्ञान र अनुभव हासिल गर्नुभयो । लामो समय सिङ्गापुर बस्नुभएका श्रेष्ठ मलेसिया, इण्डोनेसिया, फिलिपिन्स लगायतका देशहरुबाट समेत काम गर्नुभएका ऊहाँ नेपालमा नै रहेर काम गर्दा आफूलाई नभई अन्य व्यक्तिहरुलाई समेत उत्प्रेरित गर्न सकिने मान्यता बमोजिम ऊहाँ नेपालमा फर्किएर काम गरिरहनुभएको छ ।

 

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: