विदेशिने पुँजीलाई नेपालमा रोक्न समेत निजी क्षेत्रको ठूलो भूमीका छ


नेपालमा निजी शिक्षाको महत्व सम्बन्धमा हाल बालाजु स्थित नेशनल मोडल इङ्गलिस सेकेन्डरी स्कुलमा प्रिन्सिपलको भूमीकामा कार्यरत डिएन अधिकारीसँग हामीले संक्षिप्त कुराकानी गरेका थियौं । प्रस्तुत छ सोही कुराकानी :

डिएन अधिकारी, प्रिन्सिपल, नेशनल मोडल इङ्गलिस स्कुल

लामो समय देखि शिक्षा क्षेत्रमा संलग्न रहँदै आउनुभएको छ । निजी शिक्षाको योगदानलाई कसरी विष्लेषण गर्नुहुन्छ ?
नेपालको शिक्षा क्षेत्रमा निजी शिक्षाले निकै ठू्लो योगदान दिँदै आएको कुरा कसैबाट छिपेको छैन । राष्ट्रको विकासको निम्ति अति आवश्यक जनशक्ति उत्पादन गर्ने देखि लिएर अन्तर्राष्ट्रिय जगतमा समेत हरेक क्षेत्रको प्रतिष्पर्धामा उच्च सफलता हासिल गर्न सक्ने विश्व परिवेश सुहाउँदो जनशक्ति निजी क्षेत्रले तयार पार्दै आएको छ । गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्नेमात्र नभई विदेशिने पुँजीदलाई समेत नेपालमा नै रोकेर राष्ट्रिय हितमा लगाउनको निम्ति निजी क्षेत्रले नेपालमा निकै महत्वपूर्ण भू्मीका निर्वाह गर्दै आएको छ । राष्ट्रिय स्तरका विभिन्न परीक्षामा समेत प्रतिष्पर्धात्मक रुपमा निजी विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरुले निकै राम्रो प्रगति गर्न सफल भएका छन् । त्यसैले नेपालमा निजी शिक्षाको योगदान सबैलाई जानकारी भएको विषय नै हो ।

अहिलेको युग वैज्ञानिक युग हो । त्यसैले पाठ्यक्रममा नै परिमार्जन गरी व्यावहारिक, प्राविधिक साथै विद्यार्थीहरुको चाहना र रुचि एवं संस्कार सहितको जीवन उपयोगी शिक्षा सर्वसुलभ रुपमा प्रदान गर्नुपर्ने जरुरी छ । शिक्षालाई खाली सर्टिफिकेट प्राप्त गर्ने, वेरोजगार उत्पादन गर्ने माध्यम नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत उपयोगी हुने जनशक्ति उत्पादन गर्ने माध्यम बनाइनुपर्छ ।

 

निजी शिक्षा प्रति राज्यको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
निजी शिक्षा प्रति राज्यको दृष्टिकोण स्पष्ट हुनुपर्छ । यस क्षेत्रलाई संकुचित रुपमा नहेरी यसले राष्ट्रको शैक्षिक विकासमा पु¥याएको योगदानलाई मूल्यांकन गर्दै सरकारले न्यायोचित रुपमा नीति नियम निर्माण गर्दै अघी लैजानु जरुरी छ । यस क्षेत्रलाई अझ सशक्त रुपमा अगाडि बनाउन राज्यले निजी शिक्षा प्रदायक संस्थाहरुसँग हातेमालो गर्न पनि जरुरी छ । समय–समयमा निजी शैक्षिक संस्थाहरु विरुद्ध देखापर्ने नकारात्मक टिकाटिप्पणी लगायत बन्द, हड्ताल जस्ता क्रियाकलापहरुलाई निर्मूल गरी सरकारले यस क्षेत्रले पु¥याएको योगदानलाई सही रुपमा मूल्यांकन गर्नु जरुरी छ ।

निजी शिक्षाका अहिलेका चुनौतीहरु के के हुन् ?
निजी शिक्षाका चुनौतीहरु मध्ये निजी शैक्षिक संस्थाहरुलाई व्यापारिक दृष्टिकोणबाट मात्र हेरिनु नै मुख्य हो । समग्र क्षेत्रलाई नै नकारात्मक रुपमा प्रस्तुत गरिनु, अस्वस्थ प्रतिष्पर्धा, अनावश्यक बन्द हड्तालको साथै उजथकष्अब ितयचतगचभ जस्ता कुराहरु समेत निजी शिक्षामा चुनौतीको रुपमा देखिएका छन् । यद्यपि यस क्षेत्रले पुर्याएको शैक्षिक योगदानको उचित मुल्यांकन नगरी नकारात्मक कुराहरु मात्रै आउनु भनेको निजी शिक्षा प्रतिको संकुचित दृष्टिकोण नै हो ।

राज्य मातहत सञ्चालित सामुदायिक विद्यालयको शिक्षा र निजी लगानीमा सञ्चालित शिक्षा बीच एकरुपमा नहुनुका कारणहरु के–के हुन् ?
राज्य मातहत सञ्चालित सामुदायिक विद्यालयको तुलनामा निजी शैक्षिक संस्थाहरुको नतिजा एवं शैक्षिक गुणस्तरमा धेरै नै अन्तर देखिएका छन् । राज्यको ठूलो लगानी भएर पनि उपलब्ध स्रोत र साधनहरुको उचित प्रयोग हुन नसक्नु, राजनीतिको प्रभाव पर्नु, सेवामुखि भन्दा पनि सुविधामुखी ढंगले काम गरिनु, अभिभावक पनि विद्यालयको क्रियाकलाप र बालबालिकाको प्रगति बारे जागरुक नहुनु, अभिभावक विद्यालय र विद्यार्थीहरु बीच उचित संयोजनको अभाव हुनु लगायतका समस्याहरु अहिले नेपालमा सामुदायिक विद्यालयहरुमा देखिएका छन् । जसले गर्दा अहिले नेपालमा सामुदायिक विद्यालयहरुले जून रुपमा उपलब्धि हासिल गर्न सक्नुपर्ने हो, त्यो हुन सकेको छैन । त्यसैगरी यी सबै कुराहरुमा उचित संयोजन हुन सकेको कारणले गर्दा नेपालमा निजी शैक्षिक संस्थाहरुको परिणाम भने राम्रो देखिएको छ ।

E-learning, education and university banner, student’s desktop with laptop, tablet and books

बालबालिकाहरुको क्षमता प्रस्फुटन र समष्टिगत विकासको लागि निजी विद्यालयहरुले अझै के–के गर्नुपर्छ जस्तो लाग्छ ?
हरेक विद्यालयमा विभिन्न क्षमता, रुचि र स्वभाव भएका विद्यार्थीहरु अध्ययन गरिरहेका हुन्छन् । उनीहरुलाई केवल शैक्षिक ज्ञानले मात्र पुग्दैन । शैक्षिक ज्ञानको अलावा उनीहरु भित्र लुकेर रहेको अन्तरनिहीत प्रतिभा, क्षमता र रुचिलाई समेत ख्याल गर्दै अब निजी विद्यालयहरुले परिवर्तित शैक्षिक सामाग्री र संरचना बमोजिम विभिन्न क्रियाकलापहरुलाई निरन्तरता दिनुपर्छ । साथै सबै विद्यार्थी एउटै रुचि र क्षमताका हुँदैनन् भन्ने यथार्थलाई ध्यान दिँदै उनीहरुको चौतर्फी विकास र भविष्यलाई सही बाटो देखाउन सकिने किसिमले नयाँ सोच, विधि र कार्यक्रमहरु गर्न आवश्यक छ ।

अबका दिनमा शिक्षालाई व्यावहारिक र गुणस्तरीय बनाउन के–के गर्नुपर्ला ?
अहिलेको युग वैज्ञानिक युग हो । त्यसैले पाठ्यक्रममा नै परिमार्जन गरी व्यावहारिक, प्राविधिक साथै विद्यार्थीहरुको चाहना र रुचि एवं संस्कार सहितको जीवन उपयोगी शिक्षा सर्वसुलभ रुपमा प्रदान गर्नुपर्ने जरुरी छ । शिक्षालाई खाली सर्टिफिकेट प्राप्त गर्ने, वेरोजगार उत्पादन गर्ने माध्यम नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत उपयोगी हुने जनशक्ति उत्पादन गर्ने माध्यम बनाइनुपर्छ ।

अन्त्यमा तपाईंले भन्नुपर्ने कुराहरु के छन् ?
शिक्षा नै समग्र देश विकासको मुख्य मेरुदण्ड हो भन्ने सिद्धान्तका साथ निजी क्षेत्रबाट शिक्षाको समग्र विकासको निम्ति भएको योगदानलाई उच्च मूल्यांकन गर्नु जरुरी छ । सबैका लागि गुणस्तरीय शिक्षा भन्ने नारालाई सबैले मनन गरी गुणस्तरीय शिक्षामा केन्द्रित गर्नु आजको आवश्यकता हो । समयसापेक्ष पाठ्यक्रमलाई परिमार्जन गर्दै आजको विश्वव्यापीकरणको युग सुहाउँदो शैक्षिक जनशक्ति उत्पादन गनर्ने काममा निजी शिक्षा केन्द्रित हुनुपर्ने जरुरी छ । शिक्षा प्राप्त गरिसकेपछि त्यसको माध्यमबाट राष्ट्रिय आवश्यकता समेत पुर्ति गर्ने खालको उच्चस्तरीय, व्यावसायिक एवं प्राविधिक जनशक्ति प्राप्त हुनुपर्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: