पूजाले पछ्याउने लिस्टमा प्रियंकादेखि अनमोलसम्म



काठमाडौं । अभिनेत्री पूजा शर्मा ‘प्रेमगीत’ रिलिज अगाडिसम्म दर्शकमाझ खासै परिचित थिइनन् । तर, यो फिल्मले उनको करिअर हाक्ने गाडीको रुट नै परिवर्तन गर्‍यो । अहिले उनलाई ‘स्टार’ अभिनेत्री भन्न थालिएको छ । उनमा अहिले आफ्नै तागतले फिल्म सफल बनाउन सक्ने सामर्थ छ भनिन्छ ।

‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्ममा काम गरिसकेकी पूजाको यस वर्षको भाद्र २२ गते प्रतिक्षीत फिल्म ‘रामकहानी’ रिलिज हुँदैछ । हरेक नयाँ फिल्ममा नयाँ अभिनेतासँग जोडी बाँध्दै आएकी उनी यसमा आकाश श्रेष्ठको ‘पियारी’ बनेकी छन् ।

युट्युब रिलिजको दुई हप्तामा यस फिल्ममा समावेश ‘तिम्रो लागी म छु’ बोलको गीतलाई १७ लाखभन्दा बढी पटक हेरिसकिएको छ । यो गीत पूजाको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको थियो । गीतले दर्शकमा फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ ।

रिल वा रियल, चुलबुले नायिकाको रुपमा चिनिने पूजाको यो फिल्म पनि बक्सअफिसमा हिट हुने सिनेवृतमा पुर्वानुमान लगाउन सुरु भइसकेको छ । यसका निर्देशक सुदर्शन थापा हुन् ।

हरेक वर्ष एउटा मात्र फिल्म लिएर आउने पूजा इन्स्टा लभर्स हुन् । हरेक दिन उनी आफ्ना क्यूट तश्बिरहरु शेयर गरिरहेकी हुन्छिन् । ८८ हजारभन्दा बढी फलोअर्सकी धनी उनले भने मात्र ३० जनालाई पछ्याउँछिन् । उनले हालसम्ममा इन्स्टामा २२५ वटा तश्बिरहरु पोस्ट गरेकी छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: