विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्यु


मकालु एयरको 9N AUJ कार्गो विमान  हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त बिमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ।

उद्दारका लागि खटिएको प्रहरी अझै दुर्घटनाग्रस्त स्थलमा पुग्न सकेको छैन। प्रहरी टोली केही समयमै  दुर्घटनाग्रस्त स्थलमा पुग्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मकालु एयरको 9N AUJ कार्गो विमान आज बिहान ६ः१२ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेको थियो ।

विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्यु
सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुदाँ चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।

उक्त कार्गाे जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।  मकालु एअरको 9N–AJU C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

उक्त विमान सुर्खेत विमानस्थलबाट बिहान ६ः१२ बजे सिमिकोट विमानस्थलका लागि उडेकोमा ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: