एमाले र माओवादीबीच भोलि एकता हुने सम्भावना प्रवल


एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टी एकता हुनेभएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तामा एकता गर्ने सहमति भएको हो । 

श्रोतका अनुसार, भोलि नै पार्टी एकताको घोषणा हुनसक्छ । त्यसका लागि दुबै पार्टी आ–आफ्नो तयारीमा जुटेका छन् ।

एमाले स्थायी समितिको बैठक आज साँझ बस्दैछ भने एमालेले बिहीवार केन्द्रीय कमिटीको बैठक बोलाएको हो । भोलि विहान वैठक ११ बजे हुने कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भने भोलि नै पार्टी एकता हुने जानकारी आफूले नपाएको बताउनुभयो ।

उता, माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक पनि बस्दैछ । भोलि वाम एकता संयोजन समितिको बैठक पनि बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठकअघि संयोजन समितिको बैठकले एकताको घोषणा गर्न सक्ने सम्भावना रहेको श्रोत बताउँछ ।

दुवै अध्यक्षबीच सकारात्मक वार्ता भएको र चाडै घोषणा गर्ने तयारी भएको जानकारी आफूले पाएको श्रेष्ठले बताउनुभयो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: