ग्रोवेन तौजले पतञ्जलि योग समिति ३ नम्बर प्रदेशको अध्यक्षमा मनोनित


मे ५ मा भारतको हरिद्वारमा योगगुरु स्वामी रामदेवको सानिध्यतामा भएको एक कार्यक्रम बीच ३ नम्बर क्षेत्रको पतञ्जलि योग समिति ३ नम्बर प्रदेशको अध्यक्षमा ग्रोवेन तौजले मनोनित हुनुभएको छ ।

नेपालबाट २२ जना नेपालीहरुको प्रतिनिधित्व हुनेगरी हरिद्वारमा प्रस्थान गरेको नेपाली टोली मध्ये संघीय संरचना बमोजिम नेपालका ७ ओटा प्रदेशहरुको निम्ति ७ जना व्यक्तिहरुलाई स्वामी रामदेवबाट प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको छ ।

३ नम्बर क्षेत्रको अध्यक्षको जिम्मेवारी बनेपाका प्रतिष्ठित सामाजिक अभियन्ता गोलबेन तौजलेले प्राप्त गर्नुभएको छ ।
ऊहाँलाई भक्तपुर स्थित पतञ्जलि योग समिति अन्तरगतको युवा नेपाल भक्तपुरले सफल कार्यकालको लागि बधाईं तथा शुभकामना प्रदान गरेको युवा नेपाल भक्तपुरका उपाध्यक्ष राज कुमार वनमालाले सेतोघर डट कमलाई जानकारी दिनुभयो । अन्य संस्थाहरुबाट समेत ऊहाँलाई बधाईं तथा शुभकामना प्राप्त भइरहेको छ ।

लामो समय देखि बनेपा क्षेत्रमा विद्यालयहरुमा योग कार्यक्रम सञ्चालन गरी योग सन्देश प्रवाह गर्दै आउनुभएका तौजले स्वामी रामदेव ज्यूबाट मनोनित भएसँगै ३ नम्बर प्रदेशको लागि पतञ्जलि योग समितिलाई संघीय संरचना बमोजिम अघी बढाउनको निम्ति चुस्त नेतृत्व चयन गर्ने जिम्मेवारी तौजलेले प्राप्त गर्नुभएको छ । साथै अबको १५-२० दिन भित्रमा नै नयाँ कार्यसमिति चयन गरिसक्ने समेत तौजलेले बताउनुभएको छ ।

बनेपा स्थित उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहनुभएका तौजले हृदय रोग निवारण प्रतिष्ठान, महा चण्डेश्वरी ज्येष्ठ नागरिक वृद्धाश्रम लगायतका थुप्रै सामाजिक संस्थाहरु मातहत रही सामाजिक कार्यमा संलग्न रहँदै आउनुभएको छ ।

तौजले नेपालमा पतञ्जलि योग शुरु भएदेखि नै सक्रिय रुपमा यस कार्यक्रममा सहभागि हुँदै आउनुभएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: