सात प्रदेशमध्ये प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल


काठमाडौं/ नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ । सबैभन्दा थोरै प्रदेश नं २ मा ९ लाख ५८ हजार ९७० हेक्टर क्षेत्रफलमध्ये २ लाख ६३ हजार ६३० हेक्टर (२७.४९ प्रतिशत) जंगल छ ।

यसैगरी प्रदेश नं १ मा २३ लाख १० हजार ९७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ३४ हजार २५० हेक्टर (४३.४४ प्रतिशत), प्रदेश नं ३ मा २० लाख ३० हजार ३०० हेक्टर क्षेत्रफलमध्ये १० लाख ९० हजार ८८० हेक्टर (५ं३.७३ प्रतिशत), प्रदेश नं ४ मा २१ लाख ९५ हजार ८८० हेक्टर क्षेत्रफलमध्ये ८ लाख १७ हजार २९० हेक्टर (३७.२२ प्रतिशत) जंगल छ ।

प्रदेश नं ५ मा १९ लाख ३२ हजार ६० हेक्टर क्षेत्रफलमध्ये ९ लाख ७४ हजार ३८० (५०.४३ प्रतिशत) र प्रदेश नं ६ मा ३० लाख ६७ हजार ८१० क्षेत्रफलमध्ये ११ लाख ८३ हजार ४०० (३८.५७ प्रतिशत) जंगल छ । विभागका सूचना अधिकारी किरण पोखरेलले सन् २०१० देखि २०१४ मा देशभर विभागले गरेको अध्ययनलाई आधार मानेर प्रदेशअनुसार वनको क्षेत्रफल निकालिएको बताएका हुन् । ‘देशभरका हरेक स्थानीय तहमा कति वन छ भन्नेबारे पनि विभागले अध्ययन गरिरहेको छ’ उनले भने ।

स्थानीय तहअनुसार वनलाई छुट्याएपछि ती तहलाई वनसम्बन्धी योजना बनाउन सहज हुने उनको भनाइ थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: