मोदीलाई जनकपुरमा तीन ओटा १२१ किलोको माला



जनकपुर । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुर अवतरण गरेका मोदीलाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र बुझाएका हुन् । सो क्रममा उनले जनकपुर उपमहानगरपालिकाको साँचो समेत मोदीलाई हस्तान्तरण गरेका थिए ।

अभिनन्दनका क्रममा मोदीलाई तीन ओटा १ सय २१ किलोको माला पहियाएर अभिनन्दन गरिएको थियो । प्रदेश नं २, वीरगञ्ज उद्योग वाणिज्य महासंघ र जनकपुर उद्योग वाणिज्य महासंघले क्रमशः १ सय २१ किलोको माला पर्हियाएर अभिनन्दन गरेका हुन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: