निर्माण व्यवसायी हुँदै समाजसेवा सम्म जमेको जयराम


‘निर्माण व्यवसाय क्षेत्रमा जयराम लामिछाने एक अर्को बिचमा एक सुपरिचित नाम हो । काठमाडौंको सीमासँग मकवानपुर चित्लाङमा जन्मिएका उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रको निर्माण काममा दख्खलता हासिल गरेका छन् । झट्ट हेर्दा शालीन र जतिसुकै बेलाम पनि हँसिलो अनुहारमा देखिने लामिछाने तर्कसंगत विषय राखेर सार्वजनिक बहसमा सबैलाई उछिन्न सक्ने खुबि भएको व्यक्ति हुन् । देश विकासका लागि विभिन्न परियोजना सम्पन्न गरेर राष्ट्रमा ठुलो योगदान दिएका लामिछाने निम्न वर्गीय पृष्ठभूमिबाट माथि उठेका हुन् । धुलोबाट उठेर केन्द्रमा स्थापित हुने थोरै व्यक्तिमा उनी अग्र पक्तिमा देखिनमा आएका एक असल र देशभक्त पात्र हुन् । भर्खरै विकासको मुहार देख्न थालेको चित्लाङमा वि.सं. २०२२ सालमा बुबा जीवनाथ र आमा देवकुमारी लामिछानेको गर्भबाट कान्छा सन्तानको रूपमा उनको जन्म भएको हो । काठमाडौंबाट नजिकै रहेर पनि त्यतिखेर चित्लाङ अत्यन्तै विकट बस्तीमा गनिन्थ्यो । विकासको धेरै टाढा रहेको बस्तीमा जन्मिनु उनको दुर्भाग्य त छँदै थियो, जन्मेको २ वर्षमै बुबा जीवनाथ स्वर्गवास हुँदा सिंगो परिवारका लागि बज्रपात बन्यो ।

बुबाको माया कस्तो हुन्छ भन्ने आभाष गर्नै नपाएका उनको गरिबीसँगै लड्दै भिड्दै बाल्यकाल व्यतित गर्नु बाध्यता बन्यो । उनको परिवारको आकार ठूलो थियो । ‘६ दाजुभाइ र ४ दिदीबहिनीमध्ये कान्छो छोराको रुपमा मेरो जन्म भएको कुरा लामिछाने बताउँनुहुन्छ ,’ सामान्य किसानको छोराका रुपमा जन्मिएका उनी र परिवारलाई बुबाले छाडेर गएपछि आमा देवकुमारीले नै लालनपालन गरेर हुर्काएको उनी थिन । विकट भएकाले गाउँमै ठूला विद्यालय हुने कुरा भएन । गाउँमा ५ कक्षासम्म मात्रै पढाइ हुने प्राथमिक विद्यालय थियो । विद्यालय जाने उमेर भएपछि उनी भर्ना भए । त्यहाँको पढाइ सकेपछि एकतर्फी डेढ घण्टा पैदल दूरीमा रहेको स्वच्छन्द भैरव निम्नमाध्यमिक विद्यालयमा पढ्न थाले, जहाँ ८ कक्षासम्म पढाइ हुन्थ्यो । उनले बिहानभरि गृहकार्य गर्ने र समय भएपछि विद्यालय जाने सौभाग्य कहिले पाएनन् । ‘हामी गाउँमा गोठालो जानुपर्दथ्यो । बच्चा अवस्थामै बिहान ६ बजे उठेर मकै गोड्न जानुपर्दथ्यो । घाँस काट्न जानुपर्दथ्यो । जंगलमा गएर स्याउला लिएर आउनुपर्दथ्यो । दाउरा पनि ल्याउनुपर्दथ्यो,’ उनी सम्झन्छन्, ‘बिहान ८ बजेसम्म यी सबै कुराको जोहो गरिसकेर विद्यालय हिँडेर जाने गरिन्थ्यो ।’

बिहानभरि थकित हुन्जेल काम सकेर डेढ घण्टा हिँड्दै विद्यालय जानुको कष्ट उनी जीवनभर भुल्न सक्दैनन् । पीडाको पोको उनीसँग अर्का पनि छ । भन्छन्, ‘पढाइसँगै गोठालो नगई नहुने परिस्थिति थियो । त्यसैले कहिले दाइ गोठालो जाने र म विद्यालय जाने, कहिले म गोठालो जाने र दाइ विद्यालय जाने गरेर पालैपालो विद्यालय जाने पनि गरियो । यसरी शिक्षा हासिल गर्ने प्रयत्न गरियो ।’ त्यस वस्तीका धेरैले ८ कक्षासम्म पढेपछि थप अध्ययनका लागि विद्यालयको अभावका कारण पढाइ नै त्याग्ने गर्दथे । मध्यम वर्गीय परिवारका केही विद्यार्थी काठमाडौं आएर पढ्ने गर्दथे । हामी नेपालीको भगवानप्रति एउटा अटल विश्वास छ, त्यो के भने आपूmले चिताउनुपर्छ, भगवानले साथ दिन्छन, स्वयं उनलाई पनि थाहा छैन । तर, उनको पढ्ने इच्छालाई भगवानले साथ दिए । उनी ७ कक्षा पढ्दै गर्दा निम्नमाध्यमिक तहसम्म मात्रै अध्यापन हुने स्वच्छन्द भैरवले माध्यमिक तहसम्मको स्वीकृति लिएर कक्षा १० सम्म अध्यापन गराउन थाल्यो । त्यसपछि उनले गोठालो जाने र विद्यालय जाने गर्दैै सोही विद्यालयबाट २०३७ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

त्रिशूली सडक आयोजनामा काम गर्दा उनी बिहान ४ बजे उठ्ेर काममा जाने कुरा अहिले पनि उनी सुनाउँछन् । त्यो ठाउँको पानी छुन सकिन्नथ्यो । तर, बिहान उठेर दिनभरि लाग्ने हिसाब, किताबको काम थाल्थे । त्यहाँ ८ सय जना मजदुर, इन्जिनियर काम गर्थे । ती सबैको खर्चको हिसाब राख्थे,’ उनी भन्छन्, ‘नून, तेल, चामल, बिडी, चुरोट सबैको हिसाब राख्थे । बिहानभरि यी सामान सबैलाई वितरण ग¥यो । दिनभरि फिल्डमा गएर आफैंले काम गर्यो र बेलुका आएर कम्पनीले दिएको ढाँचामा लेखा राखेर मात्रै सुत्ने गर्दथे ।’ त्यो बेलाको युवा जोसमा कुन दिन कति समय काम गर्थे, उनलाई पत्तो हुँदैनथ्यो । फिल्डमा आवश्यकताअनुसार काम गरे । कहिले १६ घण्टा, कहिले १८ घण्टा वा वर्षभर ३ सय ६५ दिन नै काम गरे भन्ने आपूmलाई नै थाहा छैन । उनी भन्छन् । त्यहाँ काम गर्दा उनले मानविकी संकायमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन सकाएका थिए ।
परियोजना क्षेत्रभित्र एउटा कयाम्पमा बसेर उनी निरन्तर काममा खटिए । उनले जिम्मेबारी पाएपछि झण्डै डेढ वर्षजति त्यही दत्तचित्त भएर काम गरे । मित्तल समूहले कमलादीमा हाल सेन्चुरी बैंक बसेको भवन पनि बनाउने जिम्मा पायो, लामिछानेले त्यहाँ पनि काम गरे । यी कामले सडक निर्माणको ज्ञान, ठूला संरचनाको जग राख्ने ज्ञान, भवनको ज्ञान उनले हासिल गरे । ‘एउटा इन्जिनियरले जति नै व्यावहारिक रुपमा ज्ञान मैले मित्तल समूहमा बसेर हासिल गर्न सके,’ उनी भन्छन् । मेहनत गर्नेको जसले पनि कदर गर्छ र क्षमतावान व्यक्तिलाई अगाडि बढ्न सहयोगी हातहरु आपैंm अघि सर्छन् । लामिछानेको जीवनमा पनि एउटा त्यस्तै सहयोगी हात अघि स¥यो र कुलेखानी दोस्रो परियोजना सम्पन्न भएपछि बनवरिलाल मित्तलले उनको प्रशंसा गर्दै आपैंm कम्पनी सञ्चालन गर्न उनलाई सुझाए । त्यसैले उनले शिक्षा आर्जन गरेको विद्यालयकै नामबाट कम्पनीको नाम राखे, स्वच्छन्द निर्माण सेवा प्राइभेट लिमिटेड । मेहनत गरेर काम गर्नुपर्छ भन्ने भावना सुरुदेखि नै थियो,’ उनी भन्छन्, ‘आफ्नो अघिल्तिर आइपुगेका सबै चिजलाई समाधान गर्दै सम्पादन गर्नुपर्ने काममा समर्पित भइयो भने सफलता हासिल गर्न सकिन्छ भन्ने लाग्छ ।’

परियोजनामा उनको अनुभवः
लामिछाने २३ वर्षको छँदा आपैंmले स्वच्छनन्दा निर्माण कम्पनी खडा गरी काम गर्न थालेका हुन् । उनले अहिलेसम्म झण्डै १ हजार ५ सयवटा आयोजना सम्पन्न गरिसकेका छन् । कम्बोडियामा जापान सरकारको सहयोगमा सडक निर्माणको काम गरेका छन् । दुबईमा संसारकै सबैभन्दा नवीन प्रविधिमा आधारित दुवई मेट्रो उनकै कम्पनीले निर्माण गरेको हो । काठमाडौं उपत्यकाको ११ वटा पुल जापान सरकारको सहयोगमा बनाएका छन् । काठमाडौं र ललितपुरलाई जोड्ने थापाथलीको पुल धेरै छोटो समयमा उनकै कम्पनीले बनाएको हो । पुल्चोकमा रहेको कर्मचारी सञ्चयकोषको तीनवटा भवन लामिछानेकै कम्पनीले सम्पन्न गरेको हो । अहिले करेक निर्माण कम्पनी र ठेक्का पट्टाहरुमा विभिन्न खालको गलत विचार भएका केही व्यक्तिहरुको कारण यस क्षेत्र दिनपरतिदिन बदनाम हुँदै गएको छ । स–सानो पेटि ठेक्का लिनको लागि पनि धेरै नै मिहिनेत गर्नु पर्ने कुरा लामिछाने बताउँनुहुन्छ ।

मकवानपुरकाे विकासकै लागि निर्वाचन लडेँः लामिछाने
उनी जन्मेको चित्लाङ थानकोटदेखि १५ किलोमिटरको दूरीको बीचमा पर्दछ । राणाकालमा भारतबाट नेपाल प्रवेश गर्ने मूल बाटोका रुपमा चित्लाङलाई प्रयोग गरिन्थ्यो । त्यही जन्मिएका उनले व्यक्तिगत रुपमा उचाइ लिए । तर, त्यो ठाउँका जनताले गरिबीबाहेक अन्य कुनै कुरा अहिलेसम्म प्राप्त गर्न सकेका छैनन् । थानकोटबाट १५ किलोमिटरको दूरीमा रहेको बाटो अहिलेसम्म मोटर चल्न सक्ने अवस्थामा छैन । उनले त्यो ठाउँको विकासलाई मुख्य एजेण्डा बनाएर ०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्पmबाट मकवानपुरमा २ वटा निर्वाचन लडेका थिए । ‘राजनीतिमा गन्तव्य पहिल्याउन सक्ने जो पनि अगाडि जान सक्छ भन्ने लाग्छ,’ उनी भन्छन्, ‘यो विश्वमा प्रजातन्त्र भएको मुलुक अमेरिका सबैभन्दा अघि छ । तर उनको बुझाईमा सोझा सिधाहरुले राजनीतिमा अग्रस्थान ल्याउनको लागि धेरै नै कसरत र ठुलो नै पसिना बहगाउनु पर्ने कुरा पनि उनको अनुभवले देखाएको छ । तसर्थ गन्तव्य पहिचान गर्न सकेपछि प्रजातन्त्र, कम्युनिष्ट वा राजा जो भए पनि देश अघि बढ्छ भन्ने लाग्छ ।’ उनको बुझाइमा राजनीतिबाट नेपाली जनताले खोजेको आर्थिक उन्नति हो । यस भित्र शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधारलगायतका आधारभूत आवश्यकता पूरा हुनकै लागि हामीहरुले विकास निर्माणको सँगसँगै राजनीतिलाई पनि बुझ्न जरुरी रहेको कुरा लामिछाने सुनाउँछन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: