जनकपुर ओर्लिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने धार्मिक भ्रमणका लागि अहिले भर्खरै जनकपुर ओर्लिएका छन् । एयर इन्डियाको विमानबाट प्रधानमन्त्री मोदी जनकपुर आइपुगेका हुन् ।

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् । विमानस्थलबाट उनी सीधै जानकी मन्दिर जाँदैछन् । जहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दैछन् ।

जानकी मन्दिरमा पुजाअर्चना गरिसकेपछि रामायण सर्किटको संयुक्त रुपमा शिलन्यास गर्नेछन् । त्यसपछि रामायण सर्किटमा जनकपुर पनि जोडिनेछ ।

मन्दिरमा पुजा गरिसकेपछि प्रधानमन्त्री मोदीलाई जनकपुरस्थित बाह्रबिघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । नागरिक अभिनन्दनपछि उनले त्यहाँ सम्बोधन गर्नेछन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: