रेनो क्याप्चर नेपाली बजारमा छिट्टै आउँदै , प्रि बुकिङ्ग खुल्ला


काठमाडौं, २५ बैशाख । एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली बजारमा आउन लागेको रेनो क्याप्चर नयाँ प्रिमियम फिचर सहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको छ ।
आर्कष डिजाइन सहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा रहेको छ । पूर्ण स्टनिङ डिजाइन सहितको एसयुभी रेनोको ग्लोबल डिजाइन हो । जसमा आर्कष दोहोरो कलर दिइएको छ ।
यो प्रिमियम एसयुभी प्रिमियम फिचरसहित आउन लागेको हो । रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाईट र डिएलआर लाईट लगाइएको छ । अन्य फिचरमा फुल्ली अटोमेटिक टेम्पेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, कि लेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट जस्ता फिर्चस छन् ।

रेनो क्याप्चरमा दुई इन्जिनमा उपलब्ध हुने छ । यसमा १.५ लिटर द लिजेन्ड्री के ९ के डिजेल इन्जिन दिइएको छ । यसले ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्ने छ । एच४के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ ।

रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचर सहित आउने छ । भने यसको पर्फमेन्स अकल्पनिय हुने छ । सुरक्षाको लागि कुनै किसिमको सम्झौता गरिएको छैन । जसमा स्टेट अफ आर्ट टेक्नोलोजि अन्र्तगतको क्रुज कन्ट्रोल, स्पिड मिटर र सटेरिङ ह्वाइल कनट्रोल दिइउको छ । यसको अलावा डियुल एयर व्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेनस्जस्ता सुरक्षा फिचर रहेका छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: