इनोभेटिभले ल्यायो पानी नाप्ने अन्तरास्ट्रिय स्तरको केबल वे प्रबिधी


इन्नोभेटिभ इन्जिनियरिङ्ग सर्भिसेस प्रा.लि.ले ठुला खोलाको पानी नाप्ने अन्तर्रास्ट्रिय स्तरको केबल वे प्रबिधि नेपालमै बिकास गरेको छ।

अपर अरुण (३३५ मेगावाट ) तथा इखुवा खोला (३० मेगावाट) हाइड्रोपावर प्रोजेक्टको पानी नाप्नको लागि तयार पारिएको उक्त प्रबिधि हिजाे एक विशेष कार्यक्रमका माझ उद्घाटन सम्पन्न गरिएको छ।

कार्यक्रमको उद्घाटन अपर अरुण हाड्रोपावरका आयोजना प्रमुख विश्वध्वज जोशी तथा चिनिया परामर्शदात्री संस्थाका टिम लिडर हु ले संयुक्त रुपमा रिबन काटेर गर्नुभएकाे हाे। कार्यक्रममा हाइड्रोपावर सम्बन्धी कार्यरत बिभिन्न संस्थाका प्रतिनिधिहरु, अपर अरुण, दुधकोशी साथै मोदी खोला हाइड्रोपावरका आयोजना प्रमुखहरु तथा अन्य हाइड्रोपावर बिज्ञहरु को उल्लेखनीय सहभागिता रहेको थियो।

इन्नोभेटिभ संस्थामा कार्यरत नेपाली सिर्जनशिल युवा इन्जिनियरहरु मिलेर खोलाको एक किनारामै बसेर अर्को किनारा सम्मकै पानी नाप्न मिल्ने केबल वे को निर्माण गरेका हुन्। यस अघीका केबल वे प्रबिधिहरुमा पानी नाप्नको लागि तारको लठ्ठामा टेकेर वारीपारी गर्नुपर्ने हुँदा उक्त प्रबिधि असाध्यै असुरक्षित मानिँदै आएको थियो। इन्नोभेटिभले निकालेको नयाँ प्रबिधिमा भने खोलाको एक किनारामा बसेरै सम्पूर्ण नापजाँच गर्न सकिने, डायल गजको माध्यमबाट खोलाको चौडाइ तथा गहिराइ सहीसँग नाप्न सकिने तथा काम गर्न सजिलो र एकदमै सुरक्षित रहेको कम्पनीका म्यानेजिङ डाइरेक्टर अनुप खनालले बताउनुभयो । उक्त प्रविधि पानी नाप्न मात्रै नभइ खाेलाको सेडिमेन्ट नाप्न समेत प्रयोगमा ल्याउन सकिने खनालले जानकारी गराउनुभयो।

कार्यक्रममा सहभागी हुनुभएका हाइड्रोपावर बिज्ञ लीलानाथ भट्टराईले इन्नोभेटिभले बिकास गरेको नयाँ केबल वे प्रबिधि ठुला तथा तर्न नसकिने खोलाको पानी नाप्न तथा सेडिमेन्ट नाप्नको लागि अत्यन्तै उपयोगी तथा प्रभाबकारी हुने बताउनुभयो।

इन्जीनियरिङ्ग क्षेत्रसँग सम्बन्धित इन्भेस्टिगेसनहरुको गुणस्तरीय सेवा प्रदान गर्ने उद्देस्य लिएर स्थापना गरेको इनोभेटिभ इन्जीनियरिङ्ग सर्भिसेस प्रा.ली. सँग यस बर्ष मात्रै करिब ३००० मेगावाट हाइड्रोपावर प्रोजेक्ट को हाइड्रोलोजी तथा सेडिमेन्ट सम्बन्धी काम रहेको खनालले बताउनु भयो।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: