यसकारण बन्नुपर्छ स्वास्थ्य प्रति सचेत, कसरी बन्ने सचेत


राजन फुयाँल, सञ्चालक, त्रिपल अार हेल्थ क्लब एण्ड रेष्टुरेन्ट

नेपालीहरु स्वास्थ्य प्रति जानकार नै छन् । तर पनि स्वास्थ्य प्रति सचेत बन्न भने सकेका छैनन् । अहिलेको पुस्ता विभिन्न तनावहरु बीच बाँचिरहेको छ । यद्यपि बाह्य बाध्यताको कारण स्वास्थ्य प्रति अर्थात आफू प्रतिकाे साेचाइमा बाधा पारेकाे छ ।

मानिसको सबैभन्दा ठूलो सम्पत्ति भनेकै स्वास्थ्य हो । हामीले स्वास्थ्य प्रति सजगता अपनाउने हो भने ५५-६० बर्षको अवस्थामा पुग्दा समेत ३०-३५ बर्षकै जस्तो शारीरिक अवस्था देखिन्छ । तर यदि स्वास्थ्यमा सचेत नबन्ने हो भने सानै उमेरमा नै विभिन्न रोगहरुबाट ग्रसित हुन्छ । यसैकारण स्वास्थ्य प्रति सबैजना सचेत बन्नु जरुरी छ ।

स्वास्थ्य प्रति सचेत नबन्ने हो यसले मानिसको प्रगतिमा पनि बाधा पुर्याउँछ । साथै परिवार र समाजमा बोझ भएर बाँच्नुपर्ने हुन्छ । त्यसैकारण मानिसहरु आफ्नो स्वास्थ्य प्रति विशेष जागरुक बन्नुपर्ने हुन्छ । मानिस यदि विभिन्न शारीरिक कसरतहरुमा संलग्न छ भने यसले मानिसको मानसिक समस्यालाई पनि कमी ल्याउने काम गर्छ । साथै सानातिना समस्याहरुलाई सजिलै समाधान गर्न सक्ने अवस्था बन्छ ।

सबै उमेरका व्यक्तिहरुको निम्ति स्वास्थ्य निकै नै आवश्यक रहन्छ । नेपालमा स्वस्थ बन्नको निम्ति मर्निङ वाक निकै महत्वपूर्ण रहन्छ भन्ने सल्लाह दिँईंदै आईएको छ । तर नेपालको अहिलेको परिस्थितिमा स्वस्थ बन्नको निम्ति यहाँको वातावरणले साथ दिने अवस्था छैन । नेपालका सडकमा हुने धुलो, धुवाँ तथा फोहोरले गर्दा यहाँ मर्निङ वाक गर्ने क्रममा अन्य स्वास्थ्य समस्या थपिन सक्ने अवस्था छ । मर्निङ वाक गर्ने क्रममा विचार गर्नुपर्ने कुरा भनेको विहानको चिसो समयमा मर्निङ वाक गर्नु समेत स्वास्थ्यको निम्ति घातक मानिन्छ । तर अहिले मानिसहरु यस कुरामा समेत जानकार हुन सकेका छैनन् ।

अहिले स्वास्थ्य बारे सचेत बन्ने व्यक्तिहरु विहानको समयमा १ घण्टा मर्निङ वाकमा जानु भन्दा २० मिनेट नजिकको क्लबमा गएर शारीरिक व्यायाम गर्नु निकै महत्वपूर्ण हुन्छ । यस बारेमा पनि सचेत बन्नु जरुरी छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: