ग्यास विक्रेता संघ काठमाडाैंकाे अधिवेशन सम्पन्न, व्यवस्थित काराेबारमा जाेड


देशैभरका ग्यास विक्रेताहरूकाे सामुहिक एेक्यवद्दता, अात्मनिर्भर र व्यवस्थित काराेबार हाम्राे प्रतिवद्दता भन्ने मूल नाराकाे साथ ग्यास विक्रेता संघ नेपालको पाँचाै साधारण सभा तथा अधिवेसन कार्यक्रम  शनिवार काठमाडाैंकाे ठूलाे भर्याङ स्थित क्वालिटी क्याफेमा सम्पन्न भएकाे छ । ग्यास व्यवसायी तथा नेपाल सरकार मातहत विभिन्न निकायका प्रतिनिधिहरू बीचकाे वृहद कार्यक्रम अायाेजना गरी व्यवसायीहरूले अाफ्ना समस्याहरूकाे बारेमा सरकारकाे ध्यानाकर्षण गराएकाछन् ।

प्रदेश नम्बर ३ का उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री अरूण नेपालकाे प्रमुख अातिथ्यतामा अायाेजना गरिएकाे उक्त कार्यक्रममा गुणस्तर तथा नापताैल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, वाणिज्य तथा उपभाेक्ता हित संरक्षण विभागका याेगेन्द्र गाैचन, LP ग्यास उद्याेग संघका अध्यक्ष गाेकुल भण्डारी, ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्याल , महासचिव चन्द्र थापा, अर्जुन खत्री लगायतका सम्पूर्ण कार्यसमितिकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे दाेस्राे चरण अन्तरगत  १५ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा निर्वाचित भएकाे छ ।

नयाँ कार्यसमितिकाे अध्यक्षमा  गेहेन्द्र रिजाल हुनुहुन्छ । यसैगरी प्रथम उपाध्यक्ष राजेश दाहाल, उपाध्यक्ष राधिका महर्जन, महासचिव विष्णु दुलाल, सचिव पुरुषोतम खनाल, सहसचिव पुष्पा न्याैपाने, कोषाध्यक्ष राम कुमार खड्का लगायत हुनुहुन्छ । नयाँ निर्वाचित  कार्यसमितिलार्इ ग्यास विक्रेता महासंघ नेपालले हिजै हार्दिक बधाई र शुभकामना दिइसकेकाे छ ।

उत्कृष्ट व्यवसायीहरू सम्मानित ः

ग्यासकाे प्रयाेग सम्बन्धमा सचेतना विस्तारकाे निम्ति काम गर्दै अाउनुभएका ग्यास विक्रेता महासंघ नेपालका महासचिव चन्द्र थापा र ग्यास विक्रेता महासंघ नेपालका काेषाध्यक्ष अर्जुन खत्रीलार्इ अझ सशक्त रूपमा सचेतनामूलक गतिविधिहरूमा संलग्न हुन प्रेरणा मिल्ने अपेक्षाकाे साथ सम्मान समेत गरिएकाे छ ।

कार्यक्रमका कसले के भने ?

कार्यक्रममा वाणिज्य विभागका महानिर्देशक याेगेन्द्र गाैचनले स्वच्छ  र र व्यवस्थित बजार कायम हुनुपर्ने कुरामा जाेड दिनुभएकाे छ । गुणस्तरीय सेवा प्राप्त गर्न पाउनु उपभाेक्ताकाे अाधारभूत अधिकार रहेकाे बताउँदै उपभाेक्तालार्इ कसरी स्वस्थ र गुणस्तरीय सेवा दिन सकिन्छ भन्नेमा अाफूहरू निरन्तर रूपमा लागिरहेकाे बताउनुभयाे । नेपालमा अहिले ग्यासकाे बजार अाकार यसकाे उपलब्धता सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्नुपर्ने अावश्यकता अाैंल्याउँदै तत्काल नै व्यवसायीकाे उपस्थितिमा तत्काल नै ग्यास सम्बन्धी नीति तय गर्ने काम अघी बढाउने बताउनुभयाे ।

कार्यक्रममा प्रदेश नम्बर ३ का वाणिज्य मन्त्री अरूण नेपालले नेपालका सबै क्षेत्रहरू अब क्रमिक रूपमा व्यवस्थित हुँदै जाने बताउनुभएकाे छ । हरेक क्षेत्रमा सिन्डिकेट रहेकाे बताउँदै उपभाेक्ता अधिकार स्थापित गर्ने काममा कमि हुन नदिने बताउनुभएकाे छ । नेपालीहरू सचेत, बाैद्दिक भएकाे बताउँदै अब नेपालीहरूमा म सक्छु भन्ने जागरण अावश्यक रहेकाे बताउनुभयाे ।

अब राज्य राज्य जस्ताे हुनुपर्ने, राज्य राज्य जस्ताे नै हुनुपर्ने, व्यवसायी व्यवसायी जस्ताे हुनुपर्ने कुरामा उहाँकाे जाेड छ । हरेक क्षेत्रमा सिन्डिकेट रहेकाे बताउँदै केही व्यक्तिले देश र जनतालार्इ बन्धक बनाउने काम अब अन्त्य हुने बताउँदै स्वस्थ काराेबारमा लाग्न ग्यास व्यवसायीहरूलार्इ मन्त्री नेपालले अाग्रह गर्नुभएकाे छ ।

कार्यक्रममा  निवर्तमान अध्यक्ष विनाेद काफ्लेले ग्यासमा भ्याट छुट, विक्रेता प्रमाणिकरण र मापदण्ड निर्धारण, उद्याेगहरूसँगकाे सहकार्य तथा ग्यास प्रयाेगकाे क्रममा न्यूनतम ज्ञानकाे अावश्यकता लगायत सम्बन्धमा केन्द्रित रहेर अाफ्नाे मन्तव्य राख्नुभएकाे थियाे ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: