फस्टाउँदै गएकाे साैन्दर्यकला व्यवसाय, उद्ममी महराकाे सङ्घर्ष कथा


नेपालमा व्युटीपार्लरलाई नयाँ तवरले सञ्चालन गर्ने व्यवसाय शुरु गरेकी अनुकरणीय महिला पात्र हुन् सुष्मा महरा । २०५५ देखि यस क्षेत्रमा रहेर काम गरेकी महराले हाल काठमाडौंको सुन्धारा स्थित काठमाडौं मलमा यो व्यवसाय गर्दै आएकी छिन् । उनको यो व्यवसाय अहिले सम्म आइपुग्दा निकै नै विस्तार हुँदै र नेपालको चर्चिच पार्लरको रुपमा समेत चिनिन पुगेको छ ।
हाल फेसियल हाउसका शाखाहरु काठमाडौं मल, सिटिसी मल, बागबजार, चावहिल, काकडभिओटा शाखाहरु सञ्चालनमा छन् ।

शोखले बनेकी उद्यमी ः
काठमाडौंको सम्पन्न परिवारमा जन्मिएकी महरालाई कुनै किसिमको समस्या थिएन । न त जागिरको चिन्ता लिनुपर्ने न त घरपरिवार चलाउन व्यवसाय गनुपर्ने कुनै बाध्यता नै थियो । उनले सामान्य रुपमा व्युटी पार्लर सिकेकी थिइन् । महराले आफूले डा. पदमा लामाबाट सिकेको पार्लर सीपलाई व्यवसायिक रुपमा अहिले सम्म आइपुग्दा नेपालको उत्कृष्ट व्यवसायको रुपमा अगाडि आउला भनेर सोचेकी पनि थिइनन् ।

लगानी ः
करिब ४० लाख रकम लगानीमा शुरु गरेको यो व्यवसाय सञ्चालनको निम्ति हङकङ, बैंकक, मलेसिया र चीनबाट विभिन्न उच्चगुणस्तरीय सामानहरु नेपालमा आफैंले भित्र्याइन् सुष्मा महरा । ती सामानहरु आफ्नै प्रयोगको निम्ति नेपालमा भित्र्याइएको थियो ।

नेपालमा चुनौती ः
नेपालमा रहेर व्यवसाय सञ्चालनको क्रममा निकै धेरै समस्याहरु रहेको महसुस सुष्मा आफैंले पनि गरेकी छिन् । आफूलाई व्यावसायिक तवरले अघी बढाउने क्रममा समाजले हेर्ने दृष्टिकोण शुरुका दिनमा त्यति सकारात्मक थिएन । व्यावसायिक रुपमा सफल, सामाजिक रुपमा प्रतिष्ठित र नैतिक रुपमा जिम्मेवार हुँदाहुँदै पनि कहिलेकाहीँ व्युटीपार्लर भन्ने बित्तिकै आफन्त र छिमेकीले फरक तवरले सोच्ने प्रचलन अहिले पनि रहेको प्रति भने उनी खेद व्यक्त गर्छिन् । जे होस्, निकै जोखिम लिएर महिला पात्रले नेपालको निम्ति नयाँ व्यवसायको रुपमा शुरुवात गरेको यो क्षेत्र अहिले निकै नै फस्टाउँदै गएको छ ।

प्रविधिको प्रयोगले सबै शाखाको निगरानी राख्न सहज ः
आधा दर्जन शाखा समेत विस्तार गरिसकेकी सुष्माले आफ्नो व्यवसायलाई नियमित रुपमा निरीक्षण गर्नको निम्ति प्रविधिको समेत प्रयोग गर्दै आएकी छिन् । सबै शाखाहरुमा सिसिटिभीको प्रयोग गरेकी हुनाले कहाँ के भइरहेको छ भन्ने कुरा सजिलै थाहा पाउन सकिने अवस्था रहेको महरा बताउँछिन् ।

सफल व्यवसायी ः
नेपालमा अवसर छैनन् भन्ने व्यक्तिहरुको निम्ति उदाहरणीय महिला पात्रको रुपमा सुष्मालाई लिन सकिन्छ । तर समाजमा विभिन्न प्रवृत्तिका मानिसहरु रहेको कुरा महराले अनुभवबाट बुझ्ने मौका पाइन् । उनी भन्छिन्, ‘नेपालमा कसैले गरेको राम्रो कामबाट अन्य व्यक्तिहरु पनि श्रम प्रति उत्प्रेरित हुनुपर्नेमा आफूले पनि काम नगर्ने अरुले गरेको राम्रो काममा पनि इष्र्या गर्ने अवस्था नेपालमा अहिले पनि विद्यमान रहेको मैले पाएकी छु ।’

महिलालाई सन्देश दिँदै यसो भन्छिन् सु ष्माः

सुस्मा महरा, प्रबन्ध निर्देशक, फेसियल हाउस

महिलाहरु आफैंमा स्वाबलम्बी हुनुपर्छ । कुनै सीप र प्रविधिमा दक्ष हुने हो भने महिलाहरु श्रीमानको कमाईमा निर्भर हुनुपर्दैन । समाजमा कसैको दबाबमा बस्नु पनि पर्दैन । महिलाहरु प्रयत्न गर्ने हो भने आफ्नो क्षेत्रमा असफल हुनुपर्दैन । यद्यपि तुलनात्मक रुपमा महिलालाई जुनसुकै क्षेत्रमा पनि अघी बढ्नको निम्ति विभिन्न बाधाअवरोधहरु पक्कै छन् । यस्तो अवस्थामा हरेक महिलाहरुले आफूअनुकुल सानोठूलो नभनी कामलाई माया गरेर काम गर्ने हो भने त्यसै क्षेत्रबाट राम्रो प्रगति गर्न सकिन्छ ।

सधैं जागरुक ः
विश्वबजारमाा सौन्दर्यताको क्षेत्रका नयाँ प्रवधिहरु के विस्तार भएको छ भन्ने कुरा अहिले इन्टरनेटको माध्यमबाट सहजै जानकारी पाउन सकिन्छ । अहिले सुष्मा पनि यसरी नै प्रविधिको माध्यमबाट विश्वबजारमा विकास भएबमोजिमका नयाँ प्रविधिहरु नेपालमा भित्र्याउने काममा निकै नै जागरुक समेत बनेकी छिन् ।

हजारौंलाई प्रशिक्षण ः
नेपालमा करिब १० बर्षको अवधिमा करिब २ हजार व्यक्तिहरुलाई फेसियल सम्बन्धी सीप सिकाइसकेकी छिन् । हाल काठमाडौं उपत्यका बाहिर समेत २ ठाऊँमा व्यवसाय विस्तार गरेकी सुष्मा आगामी दिनमा पनि यसै क्षेत्रका नयाँ सेवाहरुको अनुसन्धान तथा विस्तारमा काम गर्ने योजनामै रहेको बताउँछिन् । नेपालमा यसै क्षेत्रमा रहेर काम गर्दै गर्दा विभिन्न सम्मान तथा पुरष्कारहरु प्राप्त गरिसकेकी महरालाई नेपालीहरुको चेतनास्तर अझै पनि त्यति माथि उठ्न सके जस्तो भने लाग्दैन ।

उच्च प्रतिष्पर्धा माझ सदावहार अग्रस्थान ः
बजार त प्रतिष्पर्धी नै छ । नेपालमा अत्यधिक धेरै सङ्ख्यामा व्युटीपार्लर तथा सौन्दर्य केन्द्रहरु सञ्चालित छन् । तर महरा आफैं नयाँपन चाहने जागरुक महिला भएकै कारण हुन सक्छ, उनलाई प्रतिष्पर्धात्मक बजारले भने कत्ति पनि प्रभाव पारेको छैन । जुनसुकै सिजनमा पनि त्यत्तिकै व्यस्त तवरले चलिरहेको छ सुष्माको व्यवसाय ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: