बाैंडेश्वरकाे पर्यटकीय विकासकाे लागि बहुउद्देश्यीय याेजनाकाे रूपमा काम अघी बढाइने, कसरी बढ्ला ?


टोखा नगरपालिका स्थित बौडेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासको निम्ति विस्तृत योजना बनाइने भएको छ । बौंडे क्षेत्रको विकासको लागि विस्तृत योजना बनाइएको छ । बौंडेश्वर क्षेत्रलाई चण्डेश्वरी बौडेश्वर पदमार्ग सहित बहुउद्धेश्यीय परियोजनाको रुपमा अघी बढाउन लागिएको अहिलेको परिप्रेक्ष्यमा उक्त परियोजना अघी बढाउनको निम्ति सम्बन्धित सबै पक्षलाई आग्रह समेत गरिएको छ । हाल बौडेश्वर क्षेत्रमा विशेष सजावटको साथ मन्दिरको दर्शन, चिल्डे«न पार्क, फन पार्क, मनोरञ्जन, योगध्यान केन्द्र, खाजाघर, लगायतका कार्यहरु गर्न लागिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, काठमाडौं क्षेत्र नम्बर ६ (ख) का प्रदेशसभा सदस्य योगेन्द्र सङ्ग्रौला, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोरा, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायत उद्योगी, व्यवसायी, विज्ञहरु तथा अन्य सरोकारवालाहरु सहितका व्यक्तिहरुको उपस्थितिमा नेपाल पर्यटन वोर्डको हलमा आयोजना गरिएको विशेष कार्यक्रम बीच उक्त परियोजनालाई अघी बढाउनको निम्ति केन्द्र सरकार, प्रदेश स्थानीय तह तथा अन्य सरोकारवाला संघसंस्थाहरुको सहयोग हुनुपर्नेमा विशेष जोड दिइएको छ ।
कार्यक्रममा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको बौंडेश्वरको विकास र दिगो योजना अघी बढाउने क्रममा स्थानीय मौलिकता झल्कने कुरामा विशेष जोड दिनुपर्ने सम्बन्धमा प्रदेश सभा सदस्य योगेन्द्र सङ्ग्रौलाले आफ्नो धारणा राख्नुभएको छ ।
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले योजना कागजमा मात्र सीमित हुन नहुने भन्दै व्यावहारिक रुपमा पूरा गर्न सकिने किसिमका योजनाहरु बन्नुपर्ने कुरामा जोड दिनुभयो ।

चण्डेश्वरी बौंडेश्वर क्षेत्रको सम्भावनाबारे पदमार्ग सहितको विस्तृत योजना अघी सार्नुभएकोमा स्थानीय समाजसेवी कृष्ण प्रसाद अधिकारी प्रति विशेष सांसद सङ्ग्रौलाले विशेष आभार व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा कृष्ण प्रसाद अधिकारीले टोखा तथा बौंडेश्वर क्षेत्रको विकासको निम्ति पदमार्ग क्षेत्रको विकास कार्य समेत सँगसँगै अघी बढाउनुपर्ने बारे सबैलाई सचेत बताउनुभयो । उक्त पदमार्गलाई नगरकोट क्षेत्र सम्म विस्तार गर्न सकिने सम्भावना बारे समेत ऊहाँले धारणा राख्नुभयो । स्थानीय व्यवसायी मनिराज डंगोलले पदमार्गलाई बढाएर गोसाईंकुण्ड क्षेत्र सम्म पु¥याउन सकिने बारे धारणा राख्नुभयो । कार्यक्रममा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुले यसको वृहद विकास सम्बन्धमा आफ्नो धारणा तथा सुझावहरु राख्नुभएको थियो ।


अहिले सम्म बजेट हेरेर सोही बमोजिम योजना तर्जुमा हुँदै आएका भएपनि अब भने त्यस किसिमको प्रचलनको अन्त्य गर्दै पहिले विस्तृत योजना बनाएर सोही बमोजिम बजेट समेत विनियोजन गर्दै जानुपर्नेमा विशेष जोड दिइएको छ ।
साथै आयोजनाको लागि आवश्यक पर्ने रकम एकैपटकमा जुटाउन सकिने अवस्था नरहेको बताउँदै यसलाई सम्पन्न गर्नको निम्ति प्राथमिकता तय गर्दै सोही बमोजिम कामहरु गर्नुपर्नेमा समेत जोड दिइएको छ । भिरालो र कम जग्गाको बावजुद विस्तृत विवरण अघी बढाउनु निकै चुनौतीपूर्ण रहेको समेत बताइएको छ ।

कार्यक्रमको अवसर पारेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले परियोजना टोखाको मात्र नभई काठमाडौं उपत्यकाकै निम्ति निकै महत्वपूर्ण रहेको बताउँदै आफूले काठमाडौं महानगरपालिकाको तर्फबाट १ करोड रकम उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
बांैडेश्वर क्षेत्रको कार्यक्रमलाई विस्तृत अध्ययन सँगै उक्त क्षेत्रको सम्भावना बारे एउटा छोटो भिडियो समेत प्रस्तुत गरिएको छ । भिडियोमा बौंडेश्वर क्षेत्रको विस्तृत नक्साङ्कन सहित त्यस क्षेत्रका पर्यटकीय तथा धार्मिक महत्वका वस्तुहरु, चराचुरुङ्गी, वन्यजन्तु, झरना उल्लेख गरिनुका साथै आगामी दिनमा बौडेश्वर क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत कुराहरु उल्लेख गरिएको थियो ।
साथै आगामी दिनमा यस क्षेत्रको विस्तृत विकास बारे गहन अध्ययन गरी प्राथमिकताको आधारमा विकास कार्य अघी बढाइने भएको छ ।
Image may contain: 2 people, people sitting, crowd and indoor

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: