पेट्रोल, डिजल र मट्टितेलमा मूल्यबृद्धि


काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको छ । निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यबृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ मूल्य बृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ मूल्य बृद्धि भएको छ ।

यसअघि पेट्रोलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर थियो भने डिजेल र मट्टितेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर थियो । निगमले गरेको मूल्यबृद्धिसँगै पेट्रोलका मूल्य प्रतिलिटर १०८ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: