बैंग्लोरले मुम्बइ इन्डियन्सलाई १४ रनले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बइ इन्डियन्सलाई १४ रनले हराएको छ ।

बैंग्लोरमा गएराति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ७ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

उसका लागि मनन भोहराले ४५ रन जोड्दा ब्रेण्डन म्याक्कुलमले ३७ रन तथा विराट कोहलीले ३२ रन जोडे । बलिङतर्फ मुम्बईका हार्दिक पाण्डेले ३ विकेट लिए ।

जवाफमा १ सय ६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका हार्दिक पाण्डेले ५० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले निर्णायक पारी खेल्न सकेनन् ।

जितसँगै बैंग्लोरले प्ले अफ्मा पुग्ने सम्भावना जिवित राख्दा मुम्बई भने दबाबमा आएको छ ।

आईपिएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र राजस्थान रोयल्स भिड्नेछन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: